×

NMB BANK
NIC ASIA

प्रदेश अध्यक्ष बन्न होडबाजी

माओवादीमा सुदूरपश्चिम प्रदेश अध्यक्ष बन्न होड : बीना, नरेन्द्र वा नेपबहादुर कसले मार्ला बाजी ?

भदौ २५, २०७८

NTC
Premier Steels

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले केन्द्रदेखि वडा तहसम्म धमाधम संगठन विस्तार तथा नेतृत्व चयनलाई तीव्रता दिएको छ ।

Muktinath Bank

केही साता अगाडि मात्रै माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी पार्टीका केन्द्रीय सदस्य खगराज भट्ट (डडेल्धुरा) र सह-इञ्चार्जको जिम्मेवारी लक्ष्मणदत्त जोशी (दार्चुला) तथा तारामान स्वाँर (अछाम) लाई दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौं–सदूरपश्चिम समन्वय समिति विभागको संयोजकको जिम्मेवारी भने वीरमान चौधरीले पाएका छन् ।


Advertisment
Nabil box
Kumari

असोज–कात्तिकभित्र जिल्ला अधिवेशन, मंसिर १५ गतेभित्र प्रदेश अधिवेशन र पुसको ११, १२ र १३ गतेभित्र राष्ट्रिय सम्मेलन गर्ने कार्यतालिका अनुसार माओवादी केन्द्र संगठन विस्तार तथा नेतृत्व चयनमा लागेको हो ।

Vianet communication

इञ्चार्ज तथा सह-इञ्चार्ज तोकिए पनि सुदूरपश्चिममा माओवादीको अध्यक्ष र सचिव को हुने भन्ने टुंगो लाग्न सकेको छैन ।

अध्यक्ष चयनका विषय निकै पेचिलो बनेको चर्चा माओवादी वृत्तमा छ ।

तत्कालीन नेकपामा छँदा अध्यक्ष कर्ण थापा (एमाले) र सचिव नेपबहादुर थारु चौधरी ‘सिंहराज’ (माओवादी) थिए । इञ्चार्जको जिम्मेवारीमा भीम रावल थिए ।

तर सर्वोच्चले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएपछि माओवादीले अध्यक्ष र सचिव तोक्न सकेको छैन ।

प्रदेश अध्यक्षका लागि नेकपा छँदाका सचिव नेपबहादुर थारु (कैलाली), पूर्व खानेपानी मन्त्री बीना मगर (कञ्चनपुर) र नरेन्द्र कुँवर (बैतडी)को नाम चर्चामा छ । 

कसको पल्ला भारी ?

नेकपाकालीन जिम्मेवारीका कारण पनि नेपबहादुरको सम्भावना बलियो रहेको माओवादीका एक नेताले बताए । 

तर, कतिपयले भने पूर्व खानेपानी मन्त्री बीना मगरको नाम चर्चामा ल्याएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी भएका नाताले पनि बीनाको नाम चर्चामा छ ।  

बीनालाई जिम्मेवारी दिँदा परिवारवादको आरोप लाग्ने भएकाले प्रचण्डले त्यस्तो निर्णय लिइहाल्दैनन् भन्नेहरू पनि छन् ।

कैलारी गाउँपालिका अध्यक्ष समेत रहेका नेता लाजुराम चौधरी ‘अंकित’ले प्रदेश अध्यक्षको जिम्मेवारीका लागि नेपबहादुर योग्य रहेको दाबी गरे ।

कैलालीको राजनीति, वरिष्ठता, जनभावना, योगदान र नेकपामा छँदा प्रदेश समिति सचिव रहेर कुशलतापूर्वक निर्वाह गरेको जिम्मेवारीका कारण पनि नेपबहादुर योग्य रहेको उनको जिकिर छ ।

प्रदेश अध्यक्षका लागि चर्चामा रहेका नेपबहादुरले पनि आफूले जिम्मेवारी पाउनुपर्ने आधार प्रस्तुत गरे ।

‘सचिवको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेकाले अध्यक्षको जिम्मेवारी सोपानको आधारमा स्वतः मैले नै पाउनुपर्ने देखिन्छ,’ उनले भने, ‘हामी केन्द्रीय सदस्यमध्ये १ जनालाई सो जिम्मेवारी तोकिने हो । कसलाई कुन जिम्मेवारी दिने भन्ने निर्णय पार्टी अध्यक्ष (प्रचण्ड)मा निहीत छ ।’

यता बैतडीमा पार्टी जिल्ला कमिटी इञ्जार्चको जिम्मेवारी पाइसकेका नरेन्द्र कुँवर प्रदेश अध्यक्षका लागि खास प्रतिस्पर्धा आफू र बीना मगरबीच भएको दाबी गर्छन् ।

‘अध्यक्षको जिम्मेवारी सर्वप्रथम मैले र बीना मगरले निर्वाह गर्नुभएको हो । उहाँसँग नै मेरो प्रतिष्पर्धा हो । तर उहाँले खानेपानी तथा सरसफाइ विभागको जिम्मेवारी पाइसक्नुभएको छ । नेपबहादुरजी हालको बहालवाला सचिव भएकाले उहाँको पनि दाबी हो । हेरौं, पार्टीले कस्तो निर्णय गर्छ ?’

कुँवरलाई अध्यक्ष बनाउन अर्थमन्त्री जनार्दन शर्मा, प्रदेश इञ्चार्ज खगराज भट्टलगायत नेताहरूले लबिङ गरिरहेको बताइन्छ । यता नेपबहादुर थारुलाई भने ऊर्जामन्त्री पम्फा भुसाल, देव गुरुङलगायत नेताहरूको साथ छ ।

अध्यक्षका अकांक्षी धेरै हुनु र गुटउपगुट भित्रको दबाबका कारण पनि अध्यक्ष तोकिन ढिलाइ भएको छ । अध्यक्षको जिम्मेवारी टुंगो लाग्नेबित्तिकै सचिवको जिम्मेवारी पनि सहजै टुंगिने एक नेताले बताए ।

सुदूरपश्चिमबाट नेकपा माओवादी केन्द्रका १३ जना केन्द्रीय सदस्य छन् । १३ जना भित्रैबाट अन्य पदाधिकारीको पनि जिम्मेवारी तोकिने छ । 

भदौ महिनाभित्रै टुंगो लगाउने तयारी भएको बताइएको छ ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले हालसम्म अधिकांश केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी तोकिसकेको छ ।

केन्द्रीय सदस्यमध्ये रूपा चौधरीलाई कैलाली, देवीलाल चौधरीलाई कञ्चनपुर, त्रिलोचन भटट्लाई डोटी, देवराज रेग्मीलाई बझाङ, शरदसिंह भण्डारीलाई अछाम, नरेन्द्र कुँवरलाई बैतडी जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको बताइएको छ । 

बीना मगरले खानेपानी तथा सरसफाइ विभागको जिम्मेवारी पाएकी छन् । हालसम्म जिम्मेवारी नपाउने केन्द्रीय सदस्यमा हालका प्रदेश सचिव थारु र रेणु चन्द (बैतडी) रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x