×

NMB BANK
NIC ASIA

दशैंमा माछाका परिकार ज्यादै स्वास्थ्यमैत्री छन् भन्ने चेतना नेपाली समाजमा पनि आउन थालेको छ । पूर्वतिर माछाको मात्र थरिथरिका परिकार बेच्ने र स्टुरेन्ट खोल्न थालिएको छ ।

Muktinath Bank

नेपालमा खासै सि–फूड रेस्टुरेन्ट नभए तापनि फाट्टफुट्ट माछाको परिकार भने सबै रेस्टुरेन्टले पस्कने गरेका छन् । माछाका धेरै परिकार बनाउन सकिन्छ भन्ने ज्ञान पनि कमैमा छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वास्तवमा भन्ने हो भने तपाईंले खसी र कुखुराको जति परिकार बनाउन सक्नुहुन्छ, त्योभन्दा धेरै माछाको परिकार हुन्छ । स्वास्थ्यका दृष्टिले पनि माछाकै परिकार धेरै फाइदाजनक छ । 


Advertisment
Nabil box
Kumari

माछा पानीमा बस्ने जन्तु भएका कारण उसले पानीमा घोलनशिल सबै लवणहरू खान पाएको हुन्छ । तसर्थ माछामा अन्य मासुमा भन्दा ज्यादा प्रोटिन र मिनरल्स हुन्छ ।

Vianet communication

नेपालमा समुद्र नभए तापनि पछिल्लो समय पोखरीमा माछाको व्यवसाय गर्ने ह्वात्तै बढेका छन् र भारत, बंगलादेश र भियतनामबाट पनि धेरै मात्रामा माछा र अन्य सि–फूड आयात गरिन्छ । 

अब तपाईं रेस्टुरेन्ट जानुभयो भने मटन, चिकन मात्र होइन, फिसका परिकार पनि सहज अर्डर गर्न सक्नुहुन्छ । माछा ग्रिल, फ्राइ, बिर्यानी, पिज्जा, छिल्ली, करी जे पनि बन्छ तर हामी नेपालीमा माछाको परिकार कम खाने आदत कायम नै छ ।

आज हामीले दशैंका लागि केही उपयोगी माछाका परिकारका विषयमा चर्चा गर्ने छौं । खसीको मासु खाँदा–खाँदा वाक्क लागेका बेलामा माछाका नरम र मुलायम परिकार पचाउन पनि सजिलो र स्वास्थ्यमा पनि रातो मासुभन्दा दोब्बर फाइदा पुर्‍याउने हुँदा माछा र सि–फूडका परिकार खाने गर्नुपर्छ । 

ठूलाठूला सुपर मार्केटमा विश्वमा पाइने प्रायः सबै माछा र सि–फूड नेपालमा पनि पस्किन थालिएको छ ।

ट्राउट ग्रिल

ट्राउट ग्रिल बनाउन चाहिने सामग्रीः फ्रेस मिडियम साइजको माछा २ पिस, सि–साल्ट आधा चिया चम्चा, मरिचको धुलो पिन्च, कागतीको रस १ र आधा चिया चम्चा, सर्स्युको पाउडर आधा चिया चम्चा, जैतुनको तेल २ चिया चम्चा, लसुन मसिनो गरी काटेको आधा चिया चम्चा, सुकेको खुर्सानीको च्याख्ला पिन्च ।

ट्राउट ग्रिल बनाउने विधिः ट्राउट माछालाई होल सफा गरेर पानी सुक्खा गरी माथि दिइएका सम्पूर्ण सामग्री हाली ४५ मिनेट पहिला मोलेर राख्ने । ग्रिलर यानन स्टिक प्यान तताएर थोरै तेल हाली डाम्ने र १ साइड ब्राउन हुनासाथ फर्काएर पकाउने । माछा पाक्न एकदम सहज हुने हुँदा ग्रिल ट्राउट पनि ५–७ मिनेटमा सहज पाक्छ । ग्रिल गरेको ट्राउटमा लेमोन बुटर सस हालेर गर्निस गरी तातो–तातो पस्कने । ग्रिल ट्राउट जस्तै यो माछाको अन्य धेरै परिकार बनाउन सकिन्छ । जस्तैः ट्राउट चिल्ली, ट्राउट करी, ट्राउट टिक्का, ट्राउट तन्दुरी, ट्राउट तावा, ट्राउट गोवन करी, ट्राउट थाइकरी, ट्राउट फ्राई इत्यादि ।

बटर फ्रा प्राउन

बटर फ्रा प्राउन बनाउन चाहिने सामग्रीः मध्यम साइजको झिङ्गे माछा आधा किलोग्राम, लेमन ७ एमएल, सि–साल्ट स्वाद अनुसार, मस्टड पेस्ट १ चिया चम्चा, हेर्ब्स पिन्च, फिटेको अन्डा ३ चिया चम्चा, मैदा २ चिया चम्चा, वर्सेस्टर शायर १ चिया चम्चा, सेतो मरिचको धुलो पिन्च, चिल्ली मायो सस ३ चिया चम्चा, ब्रेड कम आवश्यकताअनुसार ।

बटर फ्रा प्राउन बनाउने विधिः प्राउनलाई राम्ररी सफा गरेर दुखा बनाउने र माथि दिएका सम्पूर्ण सामग्री हालेर मोली एकछिन रेस्ट गराउने । ब्रेडकमा चिप्काएर हत्केलाले थिचि बटर फ्लाइसेब फिने र मध्यम तातेको तेलमा फ्राइ गर्ने । गोल्डन ब्राउन हुनासाथ निकालेर तातो–तातो चिल्ली मायोनिज सस राखेर गार्निस गरी सर्भ गर्ने । फ्राइ प्राउन जस्तै झिङ्गे माछाको प्राउन चिल्ली, प्राउन गर्लिक, प्राउन हनी, प्राउन हट गर्लिक, प्राउन बिर्यानी, प्राउन टिक्का, प्राउन बर्बक्यु, प्राउन ग्रिल, प्राउन करिजस्तो पनि डिस बनाउन सकिन्छ । प्राउन परिकार मटन चिकनको भन्दा पनि बढी हुन्छ ।

फिस तन्दुरी टिक्का

फिस तन्दुरी टिक्का बनाउन चाहिने सामग्रीः कुनै पनि बोन लेस फिस आधा किलोग्राम, अदुवा लसुन पेस्ट डेढ चम्चा, ह्याङ कर्ड ४ चम्चा, खुर्सानीको धुलो आधा चम्चा, कागतीको रस २ चिया चम्चा, बिरेनून स्वाद अनुसार, जिराधनियाँ पाउडर १ चम्चा, मसिनो गरी काटेको धनियाँ आधा मुठा, तोरीको तेल २ चिया चम्चा, गरम मसलाको धुलो आधा चम्चा, बटर २ चम्चा, पहेंलो फूड कलर पिन्च, चाट मसला १ चम्चा ।

फिस तन्दुरी टिक्का बनाउने विधिः माछालाई डाइस काटेर पानीबाट सुक्खा बनाउने र माथि दिइएका सम्पूर्ण सामग्री हालेर मोल्ने । ३–५ घण्टा रेस्ट गराउने र झिरमा उनेर झरिलो तन्दुरी भट्टि या चारकोल ग्रिलमा सेकाउने । ६–८ मिनेटमा फिस तन्फुरी टिक्का ओएल डन हुन्छ । बगालेको बटर, चाट मसला, धनियाँ र कागतीको रस छर्केर पुदिनाको अचारसँग खान निकै स्वादिष्ट हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x