×

NMB BANK
NIC ASIA

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर साहसिक जीपलाइन चढेपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरू भए । जनता बाढीपहिरोको मारमा परेका बेला प्रचण्डले यसरी जीप लाइनको आनन्द लिनु सही नभएको धेरैको तर्क थियो । 

Muktinath Bank

तर, प्रचण्डले जीपलाइन चढेपछि धुलिखेलको पर्यटनमा भने यसले निकै फाइदा पुर्‍याएको छ । अहिले धुलिखेलमा जीपलाइन चढ्न आउने आन्तरिक  पर्यटकहरूको संख्या ह्वात्तै बढेको जीपलाइनका सञ्चालक वर्ल्ड वाइड एड्भेन्चर प्रालि अध्यक्ष केदार थापाले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विगतमा भन्दा दोब्बर तेब्बर मानिसहरू आउनु भएको छ, धेरै परिवारसहित नै आउनु भएको छ,’ उनले भने, ‘देशैभर प्रचारप्रसार भएर होला हिजो र आज त भ्याईनभ्याई भयो, धेरैले लोकेसनको लागि फोन गरेर पनि बुझिरहनु भएको छ ।’


Advertisment
Nabil box
Kumari

उनका अनुसार धेरैलाई धुलिखेलमा जीपलाइन छ भन्ने प्रचण्ड आएपछि मात्रै थाहा भयो । ‘उहाँको अनावश्यक विरोध भइरहेको देखेको छु तर आन्तिरक पर्यटनको लागि त राम्रो भएको छ,’ उनले भने । 

Vianet communication
Laxmi Bank

जीपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जीपलाइन दूरी  ११ सय मिटर छ । भर्टिकल ड्रप २४० फिट रहेको जीपलाइन ७० किलोमिटर प्रतिघण्टाको औसत गतिमा पार हुन्छ ।

काठमाडौंबाट करीब ३५ किलोमिटर दूरीमा रहेको जीपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा शुरू भएको हो । धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जीपलाइनको ल्याण्डिङ स्टेसन छ । क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरी ३ प्रकारका जीपलाइन खेल्न पाइन्छ । 

खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्ससहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचूलगायतका हिमालसमेत अवलोकन गर्न सकिनेछ ।

कोरोना कहरले बन्द भएको धुलिखेल जीपलाइन ६ महिना बन्द भएको थियो । क्लासिक जीपलाइनको २ हजार ५ सयमा छुट गरी १ हजार ७ सय ५०, सुपरम्यान  जिपलाइनको ३ हजार पाँच सयमा छुट गरी २ हजार ४ सय ५० र टेण्डम ९जोडी० जीपलाइनको ४ हजार ५ सयमा छुट गरी ३ हजार १५० शुल्क लाग्छ । जीपलाइनसँगै फोटो-भिडिओ प्याकेजमा समेत छुटसमेत छ । 

क्लासिक र सुपरम्यान जीपलाइनमा फोटो र भिडिओको लागि ७०० रूपैयाँ लाग्ने भए पनि हाल २०० रूपैयाँ कायम गरेको र  टेन्डम (जोडी) जीपलाइनमा फोटो र भिडिओको लागि एक हजार रूपैयाँ लाग्ने भए पनि हाल ३०० रूपैयाँ कायम गरिएको छ । 

२०७५ फागुनदेखि व्यवसायिक रूपमा धुलिखेल जीपलाइन शुरू भएको हो । धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जीपलाइनको ल्याण्डिङ स्टेसन छ । क्लासिक, सुपरम्यान र टेण्डम (जोडी) गरी ३ प्रकारका जीपलाइन खेल्न पाइन्छ । 

जीपलाइनसँगै ट्रि अप (रूखमाथि नै बसेर खान मिल्ने गरी बनाइएको) रेस्टुरेन्ट पनि छ । खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्ससहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायतका हिमाल समेत अवलोकन गर्न सकिनेछ।

सिन्धुपाल्चोकका केदार थापा अध्यक्ष र काठमाडौका भुपेश श्रेष्ठले वर्ल्ड वाइड एड्भेन्चरमार्फत् धुलिखेल जीपलाइन, रिसोर्ट र एडभेन्चर पार्क सञ्चालनमा ल्याएका हुन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x