×

NMB BANK
NIC ASIA

विश्वमा २०० थरिका आलु पाइन्छन् र नेपालमा मात्र ३० थरिका आलु उपलब्ध छन् । आलु सम्बन्धी अनुसन्धान गरिरहेकी फ्रान्सेली नागरिक मथिल्डे भन्छिन्, ‘पहाडी र हिमाली आलु राम्रो हुन्छ ।’

Muktinath Bank

मुडेको आलु र पश्चिम दार्चुलाको आलु उत्तम रहेको उनको भनाइ छ । आलु उत्पादन गर्न जति समय लगायो, उति राम्रो हुने उनको अनुसन्धानले बताउँछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मध्यम एउटा आलुमा ११२ क्यालोरी ऊर्जा हुन्छ । आलुमा २० प्रतिशत स्टार्च, २ प्रतिशत प्रोटिन, १ प्रतिशत खनिज र ८० प्रतिशत पानी हुन्छ ।


Advertisment
Nabil box
Kumari

सय ग्राम आलुको खानयोग्य भागमा २२.९ प्रतिशत कार्बोहाइड्रेट, १.६ प्रतिशत प्रोटिन, ७४.७ प्रतिशत पानी, ०.०१ ग्राम बोसो, ०.६ ग्राम मिनरल्स, .०१ प्रतिशत क्याल्सियम, ०.०३ प्रतिशत फस्फोरस हुन्छ । यस्तै प्रतिसय ग्राम आलुमा भिटामिन ‘ए’ ४० आईयू र फलाम ०.७ मिलिग्राम समेत पाइन्छ । 

Vianet communication

राजधानी नजिक साली नदी आसपासमा उत्पादन हुने आलु पनि राम्रो मानिन्छ । रामेछापको थान्सिङ र सिन्धुपाल्चोक मुडेको आलुलाई पनि उत्तम आलु मानिएको छ । सोलुखुम्बुमा पनि आलु त्यतिकै प्रसिद्ध छ ।

कोइरालोलाई संस्कृतमा कोविदार भनिन्छ र यो फूल फुल्ने वर्गमा पर्ने एक वनस्पति हो । यो वनस्पति दक्षिणी चीनदेखि दक्षिण एसियाका राष्ट्रहरू पाकिस्तान, भारत तथा नेपालको रैथाने प्रजाति हो । यो पतझड वर्गको वनस्पति हो । यसलाई डालेघाँसको रूपमा हांगा प्रयोग गरिन्छ भने फूल अचार तथा तरकारीको रूपमा प्रयोग गरिन्छ । 

कोइरालो र आलुको अचार निकै पुरानो रैथाने परिकार हो, जुन पूजाआजा हुँदा या श्राद्धमा बनाइने चलन छ । होटल–रेस्टुरेन्ट र घरको भान्सा आलु विना अधुरो रहन्छ । विश्वमा सबैभन्दा धेरै परिकार बनाउन मिल्ने पनि आलुकै हो । नेपाली मौलिक खानामा पनि आलुका धेरै परिकार छन् । 

यहाँ हामीले हाम्रो मौलिक मुडेको आलु र कोइरालोको अचारका विषयमा पूर्ण चर्चा गरेका छौं ।

मुडेको आलु र कोइरालोको अचार बनाउन चाहिने सामग्री :

मुडेको रातो आलु आधा किलो, कोइरालोको फूल ३०० ग्राम, नून स्वादअनुसार, कागतीको रस या चुक अमिलो ३ चिया चम्चा, मेथी १ चिया चम्चा, तिल या सिलमको छोप ५ टेबल चम्चा, हरियो खुर्सानी ६ पिस, प्याज २ पिस, हरियो छ्यापी आधा मुठा, तोरीको तेल ३ चिया चम्चा, हरियो धनिया आधा मुठा, खुर्सानीको धुलो आधा चिया चम्चा, बेसार आधा चिया चम्चा ।

मुडेको आलु र कोइरालोको अचार बनाउने विधि :

आलु उसिनेर चिस्याउने र डाइसमा काट्ने, कोइरालोको फूललाई बफ्याएर चिस्याउने । 

माथि उल्लेखित सामग्री हालेर मोल्ने र अन्त्यमा तोरीको तेल तताएर मेथि फुराइ बेसार, चिरेको हरियो खुर्सानी हालेर झान्ने । हरियो धनिया छ्यापी काटेर माथिबाट छर्कने र सर्भ गर्ने । यो अचार खाजाको रूपमा चिउरासँग, स्न्याक्सको रूपमा या भुजासँग पनि लिन सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...

माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

बैशाख २२, २०८१

प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x