×

NMB BANK
NIC ASIA

शीर्षकले झुक्किए दर्शक, मजदुरले गर्ने कामबारे होइन फिल्म ‘कारखाना’

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, २२ असार – चलचित्रले बालबालिकाको मनोविज्ञानमा कस्तो असर पार्ला ? के फिल्मको माध्यमबाट बच्चालाई दिइने ज्ञानले उनीहरुको सचेतनालाई प्रभाव पार्ला ? सामाजिक सन्देशमाथि बनेका सिनेमालाई आजभोलि विद्यालयले पनि बडो चासोका साथ देखाउने गर्छन् । किनकि, प्रोत्साहनका लागि सिनेमा उपयुक्त माध्यम पनि हो ।

बुधवार काठमाडौंको पिङ्गलास्थानस्थित माइती नेपालको टेरेसा एकेडेमीको हलमा चलचित्र ‘कारखाना’ प्रदर्शन गर्दा सानादेखि ठूला सबै विद्यार्थीले बेलाबेलामा पररर ताली पिटिरहेका हुन्थे । उनीहरुको ध्यान सिनेमाभन्दा बाहिर जान सकेको थिएन । माइती नेपालमा अध्ययनरत कक्षा पाँचदेखि दशसम्मका विद्यार्थीले खुबै ध्यान दिएर सिनेमा हेर्दै थिए ।

सरोगेसी (भाडामा बच्चा जन्माउने आमा) को कथामा आधारित चलचित्र ‘कारखाना’ सन्देशमूलक पनि छ । दुई सय विद्यार्थी र माइती नेपालमा कार्यरत केही कर्मचारी गरी लगभग दुई सय पचासले सिनेमा हेर्दा सबैको ध्यान सिनेमाको विषयवस्तुमा केन्द्रित थियो ।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले यस्ता सिनेमा हेर्दा बालबालिकाको चेतनास्तर वृद्धि हुने बताइन् । ‘यसरी सिनेमा देखाउनु पनि हामीप्रतिको सहयोग हो, सहयोगका लागि धन्यवाद ।’ उनले भनिन्, ‘बच्चाहरु हिंसाप्रति सचेत पनि भए, मनोरञ्जन पनि लिए ।’

निर्माता सुदीप खड्काले आफूले सिनेमाको माध्यमबाट सन्देश पुर्‍याउन पाएकोमा खुशी व्यक्त गरे । ‘फिल्मले राम्रो व्यापार गरोस् या नगरोस्, त्यो अर्को कुरा भयो तर सिनेमा प्रदर्शन गर्दा धेरै खुशी लाग्यो ।’ खड्काले थपे, ‘यी साना बच्चाहरुको खुशी देख्दा फिल्म बनाएकोमा खुशी लाग्यो ।’

सिनेमा हेरिसकेपछि खुशीका साथ हलबाट बाहिरिँदै गरेका विद्याथीलाई इंगित गर्दै सुदीपले सुनाए ।

हिंसाविरुद्धको जीत हुँदा बीचबीचमा ताली पिटिरहेका विद्यार्थीले आफूलाई सिनेमा राम्रो भएको बताए । साथै यस्तो राम्रो सिनेमा प्रदर्शन गरेकोमा विद्यार्थीले निर्मातालाई धन्यवाद पनि दिइरहेका थिए ।

आफूलाई थाहा नभएका कुरालाई फिल्ममार्फत बुझ्न पाएकोमा विद्यार्थीले खुशी व्यक्त गरिरहेका थिए । माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला भन्दै थिइन्, ‘बच्चाहरुले यस्ता फिल्म फेरि पनि हेर्न पाऊन् ।’

संस्थाकी प्रिन्सिपल फ्लोरा गुरुङ पनि आफूले चलचित्र ‘कारखाना’ बाट राम्रो सन्देश पाएकोमा खुशी लागेको बताइन् । यस्ता चलचित्र बसपार्क, गाउँघर तथा अन्य स्थानमा पनि प्रदर्शन गर्ने हो भने सिनेमाको माध्यमबाट सन्देश दिन सकिने तर्क राख्छिन् फ्लोरा ।

‘यस्ता खालका सिनेमाले बच्चामा सचेतता ल्याउँछ, हलमै चलेको सिनेमा यसरी प्रदर्शन गरिएको यो पहिलो हो ।’ फ्लोराले खुशी व्यक्त गर्दै भनिन्, ‘नेपालमा यस्ता घटना हुने गरेपनि बच्चाहरु यसबारेमा अनभिज्ञ हुन सक्छन्, यहाँका बच्चामध्ये कसैलाई थाहा भएपनि अन्य बच्चालाई थाहा नहुन सक्छ ।’

निर्माता सुदीप खड्काले चलचित्रलाई धेरैले मजदुरले काम गर्ने कारखाना बुझेको बताए । ‘चलचित्रको शीर्षकले दर्शक झुक्किनुभएको जस्तो पनि लागिरहेको छ । हामीले जतिमाझ सन्देश पु¥याउन खोजिरहेका थियौं, त्यो समूहमाझ अझै पुग्न सकेका छैनौं ।’ उनी भन्छन्, ‘हामीले जुन म्यासेज लिएर सिनेमा बनायौं, त्यसको हुनुपर्ने जति चर्चा भएन ।’

फिल्मले भाडामा बच्चा जन्माउने आमाको कथालाई केन्द्र बनाए पनि चलचित्रलाई धेरैले मजदुरको कथा बुझेको सुदीपले बताए । उनले भने, ‘फिल्मले गतिलो म्यासेज दिएको छ । हेरेका दर्शकले चलचित्रले मन छोएको सुनाउनुहुन्छ ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x