मंसिर ८, २०८०
दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...
हाम्रो गाउँघरमा सजिलै पाइने कर्कलोलाई निजी क्षेत्रको क्यानेडियन अनुसन्धान केन्द्र टोरन्टो तथा प्रयोगात्मक अनुसन्धानका प्रमुख नेपाली वैज्ञानिक नारायण घिमिरेले ‘सुपर फूड’ भनेर नामकरण गरेका छन् ।
सल्फर, एमोनिया, नाइट्राइट, जिंक, क्याल्सियम अक्जालेट जस्ता तत्व पाइने कर्कलो धेरै हिपिएको सब्जी हो । कोक्याउँछ भनेर यसलाई गाउँघरमा कमैले खाने गरेका छन् र धेरैलाई यसबाट के–के परिकार बन्छ भन्ने ज्ञान पनि छैन ।
स्वास्थ्यका हिसाबले धेरै नै लाभदायक यो सब्जीको महत्त्व पछिल्लो समय बढ्दै गएको छ । कर्कलोको आफ्नै नेपाली मौलिक परिकारहरू पनि छन् । कर्कलोको गाभा र भटमासको तरकारी खुब स्वादिष्ट हुन्छ तर यहाँ हामीले चर्चा गर्न खोजेको परिकार भने अलि भिन्न र पृथक छ ।
डामेको कर्कलोको ढुंग्री बनाउन अलि गाह्रो र समय पनि लाग्छ तर खान निकै स्वादिष्ट हुन्छ । देख्दा पनि निकै आकर्षक देखिन्छ । कर्कलो खान जानेमा हाम्रो दैनिक जीवनको अभिन्न अंग नै हो । यसका थरिथरि मौलिक लोक परिकारहरू बनाएर खान सकिन्छ ।
चाहिने सामग्रीः कर्कलोको पात ४ वटा, कालो मास ५०० ग्राम, अदुवा–लसुन पेस्ट डेढ चिया चम्चा, नून स्वाद अनुसार, खुर्सानीको धुलो आधा चिया चम्चा, जिरा धनियाँको धुलो आधा चिया चम्चा, तोरोको तेल ४० एमएल, हरियो धनियाँ आधा मुठा ।
बनाउने विधिः कर्कलाको पातलाई हल्का बफ्याएर एक साइड लगाउने । एक रात पहिला मासको दाल भिजाएर राख्ने र हातले मुछेर छिल्का फ्याक्ने । ब्ल्यान्डरमा राखेर राम्ररी पिस्ने र सम्पूर्ण मसला हालेर मोल्ने । अन्त्यमा हरियो धनियाँ काटेर मिसाइदिने र कर्कलोको पातमा लेपन गरी बिस्तारै रोल गरी ढुंग्री बनाउने । स्टिमरमा राखेर १०–१२ मिनेट बफ्याउने । केहीबेर चिस्याएर चक्ला–चक्ला काट्ने र तावा वा ग्रिलरमा डाम्ने । दुवै साइड डामेर गोलभेडाको चट्नी या धनियाँको चट्नीसँग सर्भ गर्ने ।
दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...
राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...
प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...
(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...