कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
चैत १९, २०७८
भारतका उद्योगी व्यवसायीहरूले नेपालको संसदबाट अनुमोदन भएको अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसीबारे चासो राखेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा नयाँ दिल्लीमा भएको अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो चासाे राखेका हुन् ।
नेपालमा भारतीय लगानीकर्ताको ध्यानाकर्षणका लागि नेपालका उद्योगीहरू र भारतीय उद्योग परिसंघको पहलमा आयोजित अन्तक्रियामा नेपालका प्रधानमन्त्रीसहित भ्रमण दलमा रहेका मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र उद्योगी व्यवसायीहरूको सहभागिता छ ।
नेपालका उच्चपदस्थ अधिकारीहरूसँगको अन्तरक्रियामा भारतीय लगानीकर्ताले नेपालमा एमसीसी कार्यान्वयन भइसकेपछि लगानीको वातावरणबारे प्रधानमन्त्री देउवासँग जिज्ञासा राखेका हुन् ।
त्यसैगरी, नेपालीमा लगानीका लागि जग्गा अधिग्रहण प्रक्रिया कठिन रहेको उनीहरूले गुनासो गरेका छन् । त्यसबाहेक अन्तरदेशीय कारोबार पनि नेपाल कठिन रहेको भारतीय लगानीकर्ताहरूको भनाइ छ ।
तर, अहिले यूपीआई र रुपे जस्ता पेमेन्ट प्लेटफर्म नेपालमा उपलब्ध भएकाले नेपाल र भारतबीचको कारोबारमा सहजता हुन सक्ने उनीहरूको अनुमान छ ।
विगतमा भारतले नेपाललाई विद्युत दिनुपर्ने अवस्था रहेको र अहिले भारतलाई विद्युत निर्यात गरिरहेको भन्दै नेपालमा भइसकेको आर्थिक सुधारको प्रशंसा पनि भारतीय लगानीकर्ताहरूले गरेका छन् ।
अन्तरक्रिया कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भारतीय उद्योगी व्यवसायीहरूलाई नेपालमा लगानी गर्नका लागि आग्रह गरेका छन् ।
नेपाल युवा तागतसहित प्रशस्त ऊर्जा भएको देश भएकाले पनि विदेशी लगानीकर्ताको लागि आकर्षणको केन्द्र बन्नसक्ने गोल्छाले बताए ।
नेपालमा अरूण तेस्रो परियोजनामा लगानी गरिरहेका एक व्यवसायीले उक्त परियोजना सन् २०२५ सम्ममा बनाइसक्नुपर्ने भए पनि कम्पनीले सन् २०२३ भित्रमै सम्पन्न गर्ने अवस्थामा रहेको अन्तरक्रिया कार्यक्रममा बताएका थिए । तोकिएको समयभन्दा दुई वर्ष अघि नै परियोजना सम्पन्न गर्ने अवस्था रहनुले नेपालमा लगानीको वातारण भएको उनको भनाइ थियो ।
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...