×

NMB BANK
NIC ASIA

पछिल्लो समय नेपालमा पनि डिटक्स वाटरको निकै चर्चा छ । स्वास्थ्यमा निकै सचेत हुन थालेका नेपालीहरू ‘डिटक्स वाटर’ पिउनु भनेको धेरै राम्रो कुरा हो । स्वच्छ पिउने पानीलाई काँचको जार, डिसपेन्सर, बोटल या कुनै बाटामा विभिन्न जडीबुटी, लेमोन, स्याउ, सुन्तलाको स्लाइस हालेर छोपी पूरा रात राखी बिहान पिउनु नै डिटक्स वाटर सेवन गर्नु हो । पटक–पटक पानी थपेर घटीमा ६ घण्टा पछाडि पिउनाले शरीरका अंग शुद्ध गर्न धेरै सहयोग पुग्छ ।

Muktinath Bank

उमालेर चिसो गरेको या जारको स्वच्छ पानीमा यो डिटक्स वाटर बनाउन सकिन्छ । बिहानको खाजा खानुअगाडि डिटक्स वाटर २ गिलास पिउनु उत्तम हुन्छ । ठूलाठूला तारे होटलको ब्रेकफास्ट बोफेटमा दशैं लिटर यस्तो खालको डिटक्स पानी अनिवार्य रूपमा राखिदिएको हुन्छ । ग्राहकको इच्छाअनुसार एक गिलास या २ आफैंले डिस्पेन्सरबाट या जगबाट सारेर पिउने चलन छ । यो डिटक्स पानी घरमा पनि सजिलै बनाएर पिउन सकिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

कसरी बनाउने डिटक्स वाटर ?

Vianet communication

चाहिने सामग्रीः २ लिटर सफा जारको पानी, २ स्लाइस कागती, २ स्लाइस सुन्तला, जुनार, मौसम, भोगटे या मुन्तला, ३ स्लाइस काक्रो, ३ स्लाइस स्याउ, ताजा अदुवा २ स्लाइस, चुकन्दर २ स्लाइस, गाँजर २ स्लाइस, पुदिना २ मुन्टा, तुलसी २ ।

बनाउने विधिः पानीलाई सफा सिसाको बोतल, जग, जार या डिस्पेन्सरमा राख्ने । यदि सिसाको भाँडो छैन भने एक्रलिकको उपयुक्त भाँडोमा राख्न सकिन्छ । उल्लेखित सम्पूर्ण सामग्री राम्ररी सफा पानीमा पखालेर आफूले रोजेर हालेको जारको पानीको भाँडोमा खन्याउने । बेलुका मिक्स गरेर बिहान खाली पेटमा छानेर पिउने गर्दा उत्तम मानिन्छ । यी काटेका सामग्रीमा अधिकतम ३ पटकसम्म पानी मिसाएर पिउनु उत्तम मानिन्छ तर घटीमा पनि ३ घण्टा सामग्रीलाई डुबाइराख्नुपर्ने हुन्छ ।

डिटक्स पानी पिउँदा के फाइदा ?

नियमित रूपमा डिटक्स पानी पिउँदा स्वास्थ्य सम्बधी धेरै फाइदा पुग्ने विज्ञको ठहर छ र प्रमाणित पनि भएका छन् । ताजा फलफूल, तरकारी र जडीबुटी मिसाएर बनाउने हुँदा यसले पूर्ण रूपमा शरीरलाई फाइदा पुग्ने वैज्ञानिक तथ्यहरू पनि पुष्टि छन् । शरीरमा रहेको टक्सिनलाई हटाएर डिटक्स गर्ने हुनाले नै यो घुलित मिश्रण पानीलाई डिटक्स पानी भनिएको हो । तौल घटाउन र उच्च रक्तचापलाई सन्तुलनमा राख्न पनि यो खालको पानीले धेरै मद्दत पुर्‍याउँछ । खाना पचाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुर्‍याउन सहयोग पुर्‍याउँछ । शरीरमा ताजगी जगाउनुका साथै हँसिलो फुर्तिलो बनाउँछ । इनर्जीले बल बढाइ शरीरको रूपरंग नै परिवर्तन गर्न मद्दत पुर्‍याउँछ । अनुहारको चमकमा परिवर्तन ल्याउँछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...

बैशाख २२, २०८१

प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x