जेठ १९, २०८०
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
बैशाख १५, २०७९
देशकै राजधानीमा अवस्थित काठमाडौं महानगरपालिका यतिबेला चुनावी रंगमा रंगिएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरू प्रचार-प्रसारमा जुटिसकेका छन् ।
सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकामा कांग्रेसकी सिर्जना सिंह उम्मेदवार बनेकी छिन् । चुनावी घोषणा पत्र सार्वजनिक गर्न बिहीवार कार्की ब्याङ्क्वेटमा उपस्थित भएकी सिंहसँग थोरै फुर्सद निकालेर लोकान्तरका लागि अजय अनुरागी र विश्वास खनालले छोटो अन्तर्वार्ता लिएका छन् ।
प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
लामो समय सक्रिय राजनीतिबाट टाढा रहेपछि एक्कासि राजधानी शहर काठमाडौंको मेयर बन्छु भनेर अगाडि बढ्नुभएको छ । सक्रिय राजनीतिमा आउनैपर्ने आवश्यकता किन देख्नुभयो ?
म सक्रिय राजनीतिमा थिइनँ भनेर भन्दिनँ । सक्रिय राजनीतिमा थिएँ, तर पद लिएको थिइनँ । महिलाको अधिकारका लागि म जहिल्यै पनि लागिरहेको थिएँ । महिलाको सशक्तीकरणका लागि, महिलाको उत्थानका लागि सधैं लागिरहेको महिला हुँ म । त्यही मूल्यांकन गरेर मलाई पार्टीले मेयरको उम्मेदवार बनाएको हो ।
स्थानीय चुनावमा नेताले आफ्ना परिवारका सदस्यलाई अगाडि सारे भनेर आलोचना भइरहेको छ । तपाईंले पनि प्रभावशाली नेताकी श्रीमती भएकाले टिकट पाउनुभयो भन्ने आरोप लागेको छ । यसबारे तपाईंको प्रतिक्रिया के छ ?
एकदमै झुटो कुरा हो यो । म प्रकाशमान सिंहलाई चिन्नुभन्दा अगाडिदेखि नै यो देशमा लोकतन्त्र ल्याउनु पर्छ, प्रजातन्त्र ल्याउनुपर्छ भनेर आन्दोलनमा होमिएको महिला हो । मैले यही शिलशिलामा धेरैपटक प्रहरीको गिरफ्तारीदेखि हनुमानढोकाको चिसो छिँडीमा दिन बिताएकी छु ।
प्रकाशमान सिंहसँग विवाह गरेपछि मात्र नेताको श्रीमती भएँ । त्यसपछि कहिल्यै पद नलिएर काम गर्दै आएको हो । म चुप लागेर कहिल्यै बसेको थिइनँ । तपाईंले सबैलाई सोध्नुभए पनि थाहा हुन्छ, म जहिल्यै महिलाको हक अधिकारका लागि, नेपाली कांग्रेसको उत्थानका लागि, प्रजातन्त्रका लागि पद नलिइकनै निरन्तर लागिरहेको थिएँ ।
नेता प्रकाशमान सिंह सक्रिय राजनीतिमा छँदासम्म तपाईंले घरबार सम्हालेर साथ दिनुभयो । अब उहाँलाई राजनीतिक व्यस्तताबाट फुर्सद मिल्न थालेपछि तपाईं अगाडि बढ्नुभयो भन्ने चर्चा पनि सुनिन्छ नि !
त्यो कुरा सरासर गलत हो । हामीले यो मुद्दा उठाउँदै आइराखेको हो । महिलाहरूलाई आरक्षणमा मात्र राख्ने होइन, महिलालाई उपमेयरमा, वडा सदस्यमा मात्र होइन कार्यकारी पदमा अवसर दिनुपर्छ भनेर आवाज उठिरहेको हो । नेपाल महिला संघले काठमाडौं जिल्लामा महिला मेयर चाहिन्छ, महिला उपमेयर चाहिन्छ, कार्यकारी पदमा ३३ प्रतिशत चाहिन्छ भनेर निरन्तर आवाज उठाइरहेको थियो ।
नेपाल महिला संघ काठमाडौं जिल्लाको म सल्लाहकार भएको नाताले पनि त्यो कुरा महिला संघले निरन्तर उठाइरहेको थियो । म महिलाको हक अधिकारका लागि निरन्तर आवाज उठाइरहेको हुनाले आजको दिनमा आएर पार्टीले मेयरमा प्रस्ताव गरेको हो । प्रकाशमान सिंहको राजनीतिक व्यस्तता वा फुर्सदसँग यसको कुनै साइनो छैन ।
काठमाडौंको मेयर बन्नका लागि पार्टीमा आकांक्षीहरू धेरै थिए, तर अन्तिममा तपाईंले बाजी मार्नुभयो । अन्य आकांक्षीहरूको असन्तुष्टिलाई कसरी सम्बोधन गरेर अगाडि बढ्दै हुनुहुन्छ ?
अरू सबैजना योग्य हुनुहुन्छ । सबैजना सक्षम हुनुहुन्छ । तर उम्मेदवार त कुनै एक जनालाई मात्र बनाउन सकिन्छ नि ! आकांक्षीहरूलाई सबै हिसाबले हेर्दा म भए ठीक हुन्छ भनेर पार्टीले निर्णय गर्यो ।
काठमाडौंमा नेपाली कांग्रेसले जित्न नसकेको धेरै समयको ग्याप भएको छ । मलाई अगाडि सार्यो भने नेपाली कांग्रेसले जित्छ भन्ने पार्टीको बुझाइ हो । अर्को कुरा म महिला उम्मेदवार पनि भएँ । काठमाडौंले अहिलेसम्म महिला मेयर पाएको छैन । त्यसकारण सबै हिसाबले उपयुक्त भएकाले नै पार्टीले निर्णय गरेको हो । अन्य सबै उम्मेदवार पनि त्यसका लागि उपयुक्त नै हुनुहुन्छ ।
देशकै शान मानिनुपर्ने राजधानी शहर तमाम समस्याहरूको बीचमा जेलिएको छ । प्रदूषणका कारण राजधानी ग्यास च्याम्बर बनिसक्यो । काठमाडौंको मुहार फेर्नका लागि तपाईंसँग के एजेन्डा छ ?
मसँग थुप्रै एजेन्डा छ । अघि मात्र मैले आफ्नो संकल्प पत्र निकालेको छु । संकल्प पत्र हेर्नुभयो भने पनि थुप्रै एजेन्डा पाउनुहुन्छ । त्यो सबै हेर्नुभयो भने प्रस्ट हुन्छ । अहिले मैले भन्दा लामो हुन जान्छ । मसँग दृढ संकल्प छ । इच्छा शक्ति छ । गरेर देखाउँछु । काठमाडौंको मुहार फेरेर देखाउँछु । काठमाडौं एउटा पर्यटकीय स्थल हो । सभ्य, सुसंस्कृत र विश्व सम्पदा सूचीमा परेको शहर हो । यसलाई म व्यवस्थित शहर, राम्रो शहर, सुन्दर शहर बनाएर देखाउँछु ।
नेताहरूले चुनावअघि ठूल्ठूला वाचा गर्छन्, तर चुनावलगत्तै बिर्सिन्छन् । वाचाअनुसार हुन्थ्यो भने त अहिले काठमाडौंमा मेट्रो र मोनोरेल गुडिरहेको हुन्थ्यो, धूलोधूवाँको नामोनिसान भेटिन्नथ्यो । तपाईंका वाचालाई पनि हामीले ५ वर्षपछि यसैगरी व्याख्या गर्नुपर्ने त हैन ?
होइन, होइन । मलाई जिताउनुस् पहिला, त्यसपछि यो प्रश्न गर्नुस् । मैले अहिले ठूल्ठूलो कुरा गर्दिनँ । मैले ग्राउन्डमा गएर सक्ने कुरा मात्र आफ्नो संकल्पमा राखेको छु । त्यसकारण मलाई पहिले त्यहाँ पठाउनुस् । पठाइसकेपछि नगरे मात्र मलाई त्यो कुरा भन्नुहोला ।
तपाईंका प्रतिस्पर्धीले दोब्बर भोट ल्याएर जित्छु भनिरहनुभएको छ । आफूले २०५४ सालमै ८४ हजार भोट ल्याएकाले अहिले दोब्बर भोट ल्याउन कुनै मुस्किल छैन भन्ने उहाँको तर्क सुनिन्छ । स्वतन्त्र उम्मेदवारहरूको चर्चा पनि जोडतोडले चलेको छ । चुनावलाई लिएर तपाईंको हिसाबकिताबचाहिँ के छ ?
उहाँहरूले के भन्नु हुन्छ, कति भोट ल्याउनुहुन्छ, त्योपट्टि म जान्नँ । म जित्छु । म जितेर देखाउँछु । काठमाडौं शहरको मुहार फेर्नलाई सबैले मलाई साथ र सहयोग गर्नुभएको छ । सबै जना काठमाडौंवासी उत्साही हुनुभएको छ । म त्यसमै ढुक्क छु । त्यसप्रति पूर्ण विश्वस्त छु ।
आजभोलि चुनाव निकै महंगो भयो । तपाईंकै पार्टीका पूर्व महामन्त्रीले ६ करोड खर्च गरेर संसदीय चुनाव जितेँ भनेर सार्वजनिक रूपमै भन्नुभयो । सांसदभन्दा अहिले मेयरमा आकर्षण छ । त्यसमाथि पनि तपाईं राजधानी शहरको मेयर बन्छु भनेर अगाडि बढ्नुभएको छ । कति करोड छुट्ट्याउनुभएको छ चुनावी खर्च ?
अब उहाँको त्यो कुरा मलाई थाहा भएन । मेरो कुरा गर्नुहुन्छ भने म काठमाडौंको बासी हुँ । काठमाडौंबासी सबैले मलाई चिन्नुहुन्छ । सबैले मलाई माया गर्नुहुन्छ । सबैले आ-आफ्नो किसिमले सहयोग गर्दै दिनरात केही नभनी लागिरहनुभएको छ । त्यसैले त्यतापट्टि म जादिनँ । निर्वाचन आयोगले तोकेको न्युनतम खर्चमा नै म पुर्याउँछु, पुर्याउन सक्छु ।
एउटै पार्टीभित्र त नमिलेको अवस्थामा गठबन्धनलाई एकसाथ लिएर अगाडि बढ्ने कुरा निकै चुनौतीपूर्ण देखिँदैछ । नेता, कार्यकर्ता मात्र हैन सहयात्री दलका आममतदाता समेतलाई कसरी समेट्ने सोच्नुभएको छ ?
म समेट्छु, किनभने हाम्रो सरकार नै गठबन्धनमा छ । हाम्रा सबै चिज गठबन्धनमा भएको हुनाले गठबन्धनमा जो–जो उम्मेदवार हुनुहुन्छ उहाँहरू सबैलाई समेटेर जान्छु ।
नेतालाई हेर्ने आमनेपालीको सोचाइ अत्यन्त नेगेटिभ छ । सबैले नेतालाई सराप्छन् । गाली गर्छन् । आफ्नै भुँडी भर्ने, नातागोतालाई जागिर लगाउने, नजिकका ठेकेदार पोस्ने काम मात्र गर्छन् भन्ने आरोप सुनिन्छ । यो सबै कुरालाई चिरेर म फरक छु भन्न तपाईंसँग त्यस्तो के कुरा छ ?
काम गरेर देखाउँछु । म आउँदैछु । काम गरेर देखाउँछु । त्यसपछि मेरो मूल्यांकन गर्नुहोला । यो कुरामा म अहिले केही बोल्दिनँ किनभने हाम्रो महिला संघको दिदी बहिनीलाई सोध्नुस् । मसँग राजनीति गर्नेलाई सोध्नुस् । त्यसबाट तपाईंले छर्लङ्ग बुझ्नुहुनेछ ।
पाँच वर्षपछिको राजधानी शहर कस्तो हुनेछ ? एक, दुई, तीन गरेर बुँदागत रूपमा भनिदिनुस् न ।
पाँच वर्षपछिको राजधानी सुन्दर, सफा, स्वच्छ, हराभरा र पर्यटकीय शहर हुनेछ । देशविदेशबाट यो पर्यटकीय शहर हो, यो गन्तव्यमा जानुपर्छ, एकपटक पुग्नुपर्छ भन्ने बनाएर देखाउँछु ।
अन्त्यमा, काठमाडौंवासीलाई के भन्न चाहनुहुन्छ ?
सम्पूर्ण नगरवासीहरूलाई मलाई भोट दिएर जिताउन आग्रह गर्छु । तपाईंहरूले परिकल्पना गरेजस्तै काठमाडौं शहर कस्तो बनाउने भन्ने दृढ संकल्प लिएर आएको छु । मलाई भोट दिएर जिताउनुस् भनेर यहाँका सम्पूर्ण मतदाता, आमाबुवा, दाजुभाइ तथा दिदीबहिनी सबैलाई आग्रह गर्न चाहन्छु ।
हेर्नुहोस्, भिडियो :
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...