×

NMB BANK
NIC ASIA

सुदूरको 'छाइल'माथि राजधानीमा विमर्श

बैशाख १७, २०७९

NTC
Premier Steels

डोटीका चर्चित युवा कवि लोकराज भट्टको पहिलो कृती 'छायल' उपन्यासको विमोचन सहितको विमर्श  भएको छ ।

Muktinath Bank

राजधानीको बबरमहलस्थित नेपाल कला परिषदमा शनिवार एक कार्यक्रमका बीच छायलको विमोचन र विमर्श गरिएको हो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपन्यासको विमोचन साहित्यकार अभय श्रेष्ठ, मानवअधिकारकर्मी मोहना अन्सारी, पत्रकार तथा समीक्षक राजकुमार बानियाँ र लेखक भट्ट स्वयंले गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

एक महिना अघि नै बुक्स हिमालयले बजारमा ल्याएको उपन्यास माथि वक्ताहरू साहित्यकार अभय श्रेष्ठ र मानव अधिकारकर्मी मोहना अन्सारी र लेखक स्वयं लोकराज भट्ट विमर्श गरेका थिए ।

Vianet communication

कार्यक्रमको सहजकर्ताको रुपमा  पत्रकार तथा समीक्षक राजकुमार बानियाँ थिए भने कार्यक्रम संचालन सुमन थापाले गरेका थिए ।

साहित्यकार अभय श्रेष्ठले उपन्यासले सुदूरका मौलिक कथाहरूको छायल प्रष्ट रुपमा प्रस्तुत गरेको बताए ।

उपन्यासको मीठो भाषा शैलीले पनि पाठकले उपन्यास एक पल्ट पढ्न सुरु गरेपछि पुरै पढी नसकेर नरोकिन विश्वास व्यक्त गरे ।

यसका साथै उनले द्वन्दकालको कथा,  बाल्यकाल देखि युवा अवस्था सम्मको प्रेम, समाजको यथार्थमा जोडिएका सम्पुर्ण कथाहरूमा संघर्षको कथा जोडिएको पक्ष बढी मन परेको बताए ।

त्यसैगरी माओवादी द्वन्दकालको कथाले माओवादीको न्याय र अन्यायको कथा सन्तुलन रुपमा प्रस्तुत नभएको र माओवादीले गरेको अन्यायको सन्देश मात्रै जोडिएको द्वन्दकालको कथा लघुरूपमा मात्रै समेटेको हुँदा उपन्यासमा द्वन्दकालको कथा कमजोर रहेको बताए ।

त्यसै गरि मानवअधिकारकर्मी मोहना अन्सारीले नेपालको पूर्वी भागको कथाले नेपाली साहित्य बजार छोपी रहदा बजारमा सुदूरपश्चिमको मौलिक कृती आउनु आफैमा सुखद भएको बताए  ।

अन्सारीले लोक कथा माथी लोक भाषा शैली र स्थानीय देखि अग्रेजी शब्दहरू जादुमय प्रयोगले लेखनमा एउटा नयाँ आयाम थपेको र यो नै उपन्यासको बलियो पक्ष भएको बताइन् ।

द्वन्दकालको कथा सहित डोटेली सभ्यता पनि उपन्यासमा छायलको रूपमा प्रस्ट आएको उनले बताइन् ।

सहजकर्ताको 'बाल्यकालकै प्रेम प्रसंगमा घुमेको प्रेम कथा युवाले किन पढ्ने ' भन्ने प्रश्नमा लेखक भट्टले यसमा प्रेम बाल्यकाल हुँदै युवा अवस्था प्रवेश गर्ने हुँदा युवाहरूले पनि भोगेको र जान्नु पर्ने कथा यस उपन्यासमा समेटिएको बताए ।

त्यसैगरि लेखकले उपन्यासमा आफ्नो भन्दा बढी कथा डोटीका भुइँमान्छेहरूको कथा ल्याएको र तत्कालीन परिवेश अनुसार नै कथा समेटेको हुँदा जानाजान कुनै पक्षलाई तल र कुनै पक्षलाई माथि नपरेको प्रस्ट पारे ।

स्थापनाको ६ महिनाको अवधिमा बुक्स हिमालयले प्रकाशन गरेका २ दर्जन पुस्तकहरू मध्य उपन्यासको रुपमा छायल नै पहिलो रहेको संख्यात्मक भन्दा गुणात्मक पुस्तकहरूको प्रकाशनमा जोड दिने लक्ष्य रहेको बुक्स हिमालयका संचालक पवन शाक्यले बताए  ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x