×

NMB BANK
NIC ASIA

EXCLUSIVE

गाउँपालिका अध्यक्ष-उपाध्यक्षले राज्यकोषबाट किने २६ मोबाइल; लगे टिभी, फ्रिजदेखि कूलरसम्म !

काठमाडाैं | जेठ १८, २०७९

NTC
Premier Steels

महोत्तरीको पिपरा गाउँपालिकाका निवर्तमान अध्यक्ष विक्रम चौधरी र उपाध्यक्ष ननुकुमारी दासले गाउँपालिकाको स्रोतको दुरुपयोग गरेर निजी प्रयोजनका लागि दर्जनौं मोबाइल खरिद गरेको पाइएको छ।

Muktinath Bank

त्यति मात्र होइन, आफ्नो घरमा सीसी क्यामेरा जडानदेखि वासिङ मशिन, फ्रिज, एलईडीलगायत विलासिताका थुप्रै वस्तुहरू खरिद गरेको तथ्य पत्ता लागेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७६ मंसिरको उपनिर्वाचनमा नेकपाबाट निर्वाचित भएका अध्यक्ष चौधरीले आफ्नो कार्यकालको झन्डै ३ वर्षमा मात्र गाउँपालिकाको बजेटबाट लाखौं रुपैयाँका सामानहरू खरिद गरेर घरमा प्रयोग गर्दै आएको तथ्य खुलेको हो।


Advertisment
Nabil box
Kumari

२०७९ को निर्वाचनमा नेकपा एमालेबाट फेरि पनि उम्मेदवार बनेका चौधरी र दास पराजित भएका छन्। उनीहरू दुवै तेस्रो स्थानमा सीमित भए ।

Vianet communication

पिपरा गाउँपालिकाका एक कर्मचारीले लोकान्तरलाई दिएको जानकारीअनुसार गाउँपालिकाका निवर्तमान अध्यक्ष चौधरीले गाउँपालिकाबाट खरिद गरिएका कुल २१ थान मोबाइल बुझेका छन् भने उपाध्यक्ष दासले पनि ५ वटा मोबाइल लिएकी छन्।

पिपरा गाउँपालिका वडा नम्बर ३ पिपरा गाउँमा अध्यक्ष चौधरीको घर छ। त्यसैगरी उपाध्यक्ष दासको घर वडा नम्बर ७ बनौलीमा छ ।

चौधरीको घरमा ७ वटा सीसी क्यामेरा गाउँपालिकाको बजेटबाट नै जडान गरिएको गाउँपालिकाका स्टोरकिपर अशोककुमार झाले पनि पुष्टि गरे।

'मोबाइल अध्यक्ष आफैंले किनेर ल्याउनुहुन्थ्यो । उहाँले ल्याएको बिलबमोजिम प्रमुख प्रशासकीय अधिकृतहरूले भुक्तानी गर्नुहुन्थ्यो,' झाले लोकान्तरसँग भने, 'भुक्तानी भएपछि बिलसहित दाखिला गर्न भनेपछि निर्देशनबमोजिम मैले दाखिला गर्ने गरेको थिएँ ।

स्याओमी, सामसङदेखि विभिन्न ब्रान्डका मोबाइलहरू अध्यक्ष र उपाध्यक्षले लिएका थिए। 

स्टोरकिपर झाका अनुसार तत्कालीन अध्यक्ष चौधरीले विभिन्न मितिमा रेडमी, सामसङ, एमआई, भिभो ब्रान्डका २० थान मोबाइल लिएकोमा भरपाई गरी बुझेको एक थान मोबाइल मात्र फिर्ता गरेका छन्। बाँकी मोबाइल उनले बुझे पनि भरपाई भने नगरेको उनले बताए।  डेल कम्पनीको १ थान ल्यापटप र अर्कै कम्पनीको १ थान गरी दुई थान ल्यापटप पनि उनले बुझेका थिए, जसमध्ये डेलको ल्यापटप गाउँपालिकाको अस्पतालमा कार्यरत आफ्नै भतिज प्रविणकुमार चौधरीको नाममा भरपाई गर्न लगाएका थिए। अर्को ल्यापटप आफैँ लिएका थिए । ती ल्यापटप समेत निवर्तमान अध्यक्ष चौधरीले फिर्ता गरेका छैनन् ।

त्यसबाहेक उनले ७ थान सीसी क्यामेरा, १ थान एलजी कम्पनीको रेफ्रिजिरेटर, एलजी कम्पनीकै १ थान वासिङ मशिन, क्रम्प्टन कम्पनीको १ थान कूलर पनि गाउँपालिकाबाट नै खरिद गरी घरमा लगेर जडान गरेका थिए । अहिले निर्वाचनमा पराजित भएपछि पनि उनले ती सामान फिर्ता गरेका छैनन् ।

त्यसैगरी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोका लागि जनकपुरधाम उपमहानगरपालिकास्थित भ्रमरपुरा चोकमा गाउँपालिकाकै खर्चबाट क्वार्टर भाडामा लिइएको थियो। गाउँपालिकाकै खर्चबाट उक्त क्वार्टरका लागि खरिद गरिएका फर्निचरसहितका सामानहरू पनि अध्यक्ष चौधरीले पछि आफ्नै घरमा लगेका छन् ।

स्टोरकिपर झाका अनुसार उक्त क्वार्टरका लागि रेक्जिनको २ जना बस्ने सोफा ४ थान, १ जना बस्ने सोफा २ थान, कम्प्युटर टेबल ३ थान, मूभिङ चेयर ५ थान, प्लास्टिक कुर्सी २ थान, दराज १ थान, बुक केस १ थान, क्यानोनको प्रिन्टर १ थान, इक्सनको प्रिन्टर १ थान, प्लाइउडको लो बेड २ थान, काठको पलङ १ थान, पर्दा १० थान, इन्भर्टर १ थान, ब्याट्री २ थान, सिलिङ फ्यान ३ थान, तोसक ३ थान, सिरक ३ थान, तन्ना ३ थान, इलेक्ट्रिक जग १ थान खरिद गरिएको थियो । 

२०७९ सालको स्थानीय तह निर्वाचनको मतगणना चल्दै गर्दा चौधरी हार्ने निश्चितजस्तै भएपछि उनले ती सबै सामानहरू जनकपुरको क्वार्टरबाट आफ्नो घरमा लगेको स्टोरकिपर झा बताउँछन् । ती सबै सामानमध्ये रेक्जिनको सोफा सेट क्वार्टरमा राखिएको भए पनि स्टोरमा भने दाखिला गराइएको छैन। बाँकी सामानहरू भने स्टोरमा दाखिला गराइएको झाले बताए ।

उपाध्यक्ष दासले आफ्नो घरमा २ थान रेफ्रिजिरेटर, १ थान एलजी टीभी, १ थान वासिङ मशिन, ३२ इन्चको एलईडी टिभी १ थान, राइस कूकर १ थान, आइरन १ थान, मिक्स्चर १ थान, थर्मस १ थान, कूलर १ थान, स्ट्याण्ड फ्यान १ थान, सिलिङ फ्यान १ थान गाउँपालिकाको पैसाबाट किनेर आफ्नो निजी घरमा प्रयोग गरेको समेत स्टोरकिपर झाले बताए, जसमध्ये उपाध्यक्ष दासले २ दिनअघि मात्र वासिङ मशिन, फ्रिज, कूलरलगायतका सामानहरू फिर्ता गरेको झाले बताए।

स्टोरकिपर झाकाअनुसार उपाध्यक्षले ५ थान मोबाइल लिए पनि आफूले २ थान मात्र बुझेको र बाँकी तीन थान अध्यक्ष चौधरीकै जिम्मामा रहेको भन्दै २ थान मोबाइल मात्र फिर्ता गरेकी छन् । 

उपाध्यक्ष दासले गाउँपालिकाबाट नयाँ एलईडी किनेर आफ्नो घरमा लगे पनि फिर्ता गर्ने बेला सोही कम्पनीको पुरानो एलईडी फिर्ता गरेको झाले बताए।

'उहाँले पहिले नै आफ्नो घरमा प्रयोग गर्नुभएको सोही कम्पनीको पुरानो एलईडी कार्यालयमा फिर्ता गर्नुभएको छ, जबकि कार्यालयको नाममा खरिद गरिएको नयाँ एलईडी भने उहाँले आफ्नै घरमा राख्नुभएको छ,' झाले लोकान्तरसँग भने । 

सामूहिक कन्यादानको सामान पनि अध्यक्ष-उपाध्यक्षले लगे 

२०७७ फागुन १६ गते ६ जना पिपरा गाउँपालिकाको वडा नम्बर ४ पिपरा गाउँका ४ जना दलित युवती र वडा नम्बर १ ढेकहाका २ दलित र १ गैर दलित गरी ७ युवतीको बिहे गराइएको थियो। गाउँपालिकाकै बजेटबाट ती ७ जनाको बिहे भएको थियो ।

बिहे ७ जोडीको मात्रै भए पनि समान भने १० जोडीका लागि खरिद गरिएको थियो । बाँकी ३ जोडीका लागि खरिद गरिएको सामान अध्यक्ष र उपाध्यक्षले आपसमा बाँडेर घर लगेका थिए ।

सुन चाँदीका गरगहनादेखि लत्ता-कपडा, फर्निचरलगायतका सामानहरू पनि अध्यक्ष चौधरी र उपाध्यक्ष दासले एकआपसमा बाँडफाँड गरेका थिए। प्रतिकन्या सुनको मंगलसूत्र, औंठी र वरका लागि औंठी समेत गरेर ४/४ आना गहना किनिएको थियो ।

बिहेपछि बचेका ती गहना अध्यक्ष चौधरीले आफ्नै घर लगेका थिए । आफू पराजित भएपछि ती गहना भने स्टोरकिपर झालाई जिम्मा लगाएका छन् ।

ती गहना अहिले स्टोरकिपर झाले नै राखेका छन् । सुरक्षाका लागि स्टोरमा नराखेर घरमा राखेको उनी बताउँछन् ।

विवाहका लागि मात्रै ४० लाख रुपैयाँ बजेट छुट्याइएको थियो। दुईजना महिला सदस्यको नाममा १०/१० लाख रुपैयाँ पेस्की उठाएर सामानहरू खरिद गरिएको थियो। विवाहमा कति खर्च भयो त्यसबारे आफू जानकार नरहेको झाले बताए।

'सबै सामान अध्यक्षजीले आफैं किन्नुभएको थियो। विवाहपछि सजावटका लागि दिइएका सामानहरूको मैले भर्पाइ गरेको थिएँ,' झाले लोकान्तरसँग भने, 'प्रति बेहुली ५ वटा साडी दिइएको थियो। सात जोडी बेहुलीका लागि कुल ३५ वटा साडी मात्र गयो।' 

बाँकी रहेको १५ थान साडी उपाध्यक्ष दासले लगेकी थिइन्। उपाध्यक्षले आफ्नो लागि महंगो साडी किनेर त्यसैमा बिल मिलाएको कर्मचारीहरू बताउँछन् ।

बेहुलीहरूलाई बिदाइका बेला दिनका लागि किनेर बचेको तीन थान ट्याङ्क, दराज, सिरक, तोसक, तन्ना लगायतका सामानमध्ये केही बाँकी छन् भने केही गायब भएका छन् । 'तीन थान पलङमध्ये दुई थान मात्र पलङ बाँकी छ,' झाले भने  'सामूहिक विवाह भएको स्थान विद्यालयबाट १ थान पलङ गायब भएको छ ।' 

उक्त पलङ पनि अध्यक्ष चौधरीले आफ्नो घरमा लगेको स्थानीयहरू बताउँछन्। अध्यक्षले विना भर्पाइ ती सामान लगेको र भर्पाइ गर्न पटक–पटक आग्रह गर्दा पनि नमानेको झाले बताए ।​

निवर्तमान अध्यक्ष विक्रम चौधरी

वडाध्यक्षदेखि वडा सदस्यले पनि फिर्ता गरेनन् मोबाइल 

गाउँपालिकाबाट मोबाइल, ल्यापटप लगायतका सामानहरू तत्कालीन वडाध्यक्षदेखि वडा सदस्यहरूले समेत बुझे पनि फिर्ता भने गरेका छैनन्। 

वडा नम्बर ४ का वडाध्यक्ष अरुण ठाकुर र वडा नम्बर ७ का वडाध्यक्ष रुपेशकुमार झाले बुझेका दुई थान मोबाइल भने पुन: उम्मेदवारी मनोनयन गर्ने बेलामा फिर्ता गरेका थिए। तर बाँकी ५ वडाध्यक्ष र वडासदस्यहरूले हालसम्म पनि मोबाइल फिर्ता गरेका छैनन्। 

१ नम्बर वडाका वडाध्यक्ष किशोरी महतो, २ नम्बर वडाका वडाध्यक्ष ब्रम्हदेव यादव, ३ नम्बर वडाका वडाध्यक्ष किशोरी साह, ५ का वडाध्यक्ष शम्भुप्रसाद यादव र ६ नम्बर वडाका वडाध्यक्ष रामदेव हाथीले बुझेका २/२ थान मोबाइल हालसम्म फिर्ता गरेका छैनन्।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रञ्जि​ता झा भएका बेला १/१ थान र शम्भु ठाकुर प्रमुख प्रशासकीय अधिकृत भएका बेला अर्को १/१ थान मोबाइल किनेर वडाध्यक्षहरूलाई दिइएको थियो। 

वडा नम्बर ४ का वडाध्यक्ष अरुण ठाकुरले भर्पाइ नै नगरी बुझेको १ थान ल्यापटप पनि हालसम्म नबुझाएको झाले बताए। त्यसबाहेक सबै वडाका वडा सदस्यहरूले बुझेको १/१ थान मोबाइल पनि फिर्ता गरेका छैनन्।

सरुवा भएर गइसकेका कर्मचारीले पनि फिर्ता गरेनन् मोबाइल र ल्यापटप 

उक्त गाउँपालिकाका तत्कालीन जनप्रतिनिधिबाहेक सरुवा भएर अन्यत्र गइसकेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतदेखि लेखापालसम्मले बुझेका सामान हालसम्म फिर्ता गरेका छैनन्। 

तत्कालीन लेखा अधिकृत रामसागर यादव सरुवा भएर अन्यत्र गएको पनि लामो समय भइसक्यो। तर उनले बुझेका ल्यापटप २ थान, प्रिन्टर १ थान, भिभो मोबाइल १ थान हालसम्म फिर्ता गरेका छैनन् ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो अन्यत्र सरुवा भएर गइसकेका छन् तर उनले बुझेको भिभोको मोबाइल १ थान हालसम्म फिर्ता गरेका छैनन्। 

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन चौधरीले बुझेको १ थान मोबाइल पनि फिर्ता गरेका छैनन्। अन्यत्र सरुवा भएर गएको लामो समय भए पनि उनले मोबाइल फिर्ता नगरेका हुन् ।

यी त केही उदाहरण मात्र हुन्, त्यहाँ कार्यरत प्रायजसो कर्मचारीहरूले गाउँपालिकाबाट खरिद गरिएको मोबाइल बुझेका छन्। सरुवा भएर अन्यत्र गए पनि ती समान फिर्ता गरेका छैनन् ।

उक्त गाउँपालिकाका हालका प्रमुख प्रशासकीय अधिकृत शम्भु ठाकुरले जनप्रतिनिधि र कर्मचारीले बुझेका सामानहरू फिर्ता गर्नका लागि औपचारिक रूपमा पत्र लेख्ने तयारी भइरहेको बताए ।

'साविकमा अध्यक्ष, उपाध्यक्षसहितले भर्पाइ नै नगरी धेरै जिन्सी सामानहरू आफ्नो निजी प्रयोजनका लागि लिनुभएको जिन्सी रेकर्डबाट देखिएको छ,' ठाकुरले लोकान्तरसँग भने, 'कतिपयले भर्पाइ नै नगरेर बुझेका सामानहरू फिर्ता पनि गरेका छन् भने कतिपयले हालसम्म फिर्ता गरेका छैनन् ।'

तत्कालीन कार्यालय प्रमुख र अध्यक्ष समेतको आदेशमा सामानहरू खरिद भएर जिन्सीमा दाखिला भए पनि बुझ्नेहरूले भर्पाइ नगर्दा अप्ठ्यारो स्थिति देखिएको उनले बताए।

निवर्तमान उपाध्यक्ष ननुकुमारी दास

गाउँपालिकाले किनेको ४८० थान झुल अध्यक्ष चौधरीको घरमा 

आर्थिक वर्ष वर्ष २०७७/०७८ मा ज्येष्ठ नागरिक र एकल महिलालाई वितरण गर्ने झुलमध्ये ४८० थान झुल अध्यक्ष चौधरीले लिएको पाइएको छ।

कुल १ हजार ७४० थान झुल खरिद गरेर स्टोरमा दाखिला गराइए पनि ४८० थान झुल अध्यक्ष चौधरीले आफ्नो निवासमा लगेको स्टोरकिपर झा बताउँछन्। 

कोटेसनमार्फत महोत्तरीको जलेश्वरमा रहेको दास वस्त्रालय तथा रिसभ जेनरल अर्डर सप्लायर्सका सञ्चालक कैलाश दासमार्फत १ हजार ७४० थान झुल खरिद गरिएको थियो।

'प्रति बोरामा १४० वटा झुलको दरले कुल ९ बोरा गरी कुल १ हजार २६० झुल मात्र गाउँपालिकामा आपूर्ति गरिएको थियो,' स्टोरकिपर झाले लोकान्तरसँग भने, 'बाँकी झुलसहितको बोरा अध्यक्ष चौधरीको घरमा झारेको आपूर्तिकर्ताले भनेपछि दाखिला १ हजार ७४० थान नै गरियो।' 

आपूर्तिकर्ता दासले पनि १७४० थान झुलमध्ये १२६० थान झुल कार्यालयमा र बाँकी ४९० थान झुल अध्यक्ष चौधरीको निवासमा दिएको लोकान्तरलाई बताए। 

'केही झुल मैले आफैं वितरण गर्नुपर्छ भनेर अध्यक्षजीले भनेपछि मैले उहाँको निवासमा नै आपूर्ति गरेको थिएँ,' दासले लोकान्तरसँग भने। 

अध्यक्ष चौधरीले ती झुलको कुनै हिसाबकिताब नदिएको झाको कथन छ ।

बुझेको सबै सामान फिर्ता गरिसकें : चौधरी 

तत्कालीन अध्यक्ष चौधरी भने निर्वाचन हुनुअघि नै आफ्नो जिम्मामा रहेका सबै सामानहरू तत्कालीन उपाध्यक्ष ननुकुमारी दासमार्फत फिर्ता गरिसकेको दाबी गर्छन्।

२० वटा मोबाइल आफ्नो नाममा स्टोरमा दाखिला भए पनि आफूले १ थान मोबाइल र १ थान ल्यापटप मात्र बुझेको उनले बताए । बुझेको मोबाइल र ल्यापटप पनि कार्यालयमा फिर्ता गरिसकिएको उनले बताए।

जनकपुरको क्वार्टरमा रहेको फर्निचर लगायतका सामान आफ्नो घर लगेको उनले स्वीकार गरे। 

'उक्त क्वार्टरको घर भाडा १ लाख १३ हजार रुपैयाँ बाँकी रहेको हुनाले मैले ती सबै सबै सामानहरू आफ्नो घरमा लगेको हो,' चौधरीले लोकान्तरसँग भने, 'पिपरामा सबै दिन जुलुस गरेर कार्यालय सञ्चालन गर्न असहज भए छि जनकपुरमा कार्यालय सञ्चालन गर्न मासिक १४ हजार रुपैयाँको दरमा क्वार्टर भाडामा लिएको थिएँ।' नयाँ अध्यक्षले उक्त घरको भाडा नतिर्ने भएकाले आफूले घर भाडाबापत ती सामानहरू नियन्त्रणमा लिएको उनको जिकिर छ । 

सामूहिक विवाह कार्यक्रमअन्तर्गत बचेको सामान कार्यालयलाई फिर्ता गरिसकेको उनले बताए। त्यसैगरी झुल खरिददेखि अन्य सबै सामान खरिदमा आफ्नो कुनै भूमिका नरहेको उनले बताए। 

'प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतले आफूखुसी सामान किन्ने गर्थे,' चौधरीले लोकान्तरसँग भने, 'आफैं खरिद योजना बनाएर समान खरिद गर्ने र स्टोर शाखामा दाखिला गर्न लगाउने गरिन्थ्यो। कसैले मेरो नाममा ती सबै सामानहरू स्टोरमा दाखिला गर्दैमा हुन्न । मैले बुझेको वा भरपाई गरेको पनि त हुनुपर्‍यो नि ।'

कर्मचारीहरूले विना प्रमाण आफूमाथि गलत आरोप लगाएको उनको कथन छ। 

तत्कालीन अध्यक्ष चौधरीले आफ्नो कार्यकालमा व्यापक आर्थिक हिनामिना गरेको भन्दै केही स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रसहितका निकायमा उजुरी गरेपछि अख्तियारले सबै फाइल झिकाएर अनुसन्धान गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

फागुन ४, २०८०

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोप लागेका नेपाली कांग्रेसका सांसद तथा डलर अर्बपति विनोद चौधरी केही दिनअघि भारत हानिए । ५ दिनअगाडि उनले भारतका केन्द्रीय जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावतसँग ...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x