×

NMB BANK
NIC ASIA

प्रदेश नं १ प्रदेशसभा बैठक– नीति तथा कार्यक्रम छलफल सुरु

जेठ २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश नं १ प्रदेशसभाको  आजको बैठकमा प्रदेश सरकारका तर्फबाट पेश भएको आर्थिक वर्ष २०७९÷८० वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भयो । छलफलमा प्रदेशसभा विभिन्न सदस्यले बोल्ने क्रम सुरु भएको छ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता भीमप्रसाद आचार्यले नीति तथा कार्यक्रममा ठोस कार्यक्रम नभएको र यो कर्मकाण्डी हिसाबले आएकाले सच्याउन सदनको ध्यानाकर्षण गराए।

Muktinath Bank

उनले कृषि, सडक, शिक्षा, स्वास्थ्य, पर्यटन, वनलगायतका क्षेत्रमा हुनपर्ने विकासका सम्बन्धमा क्षेत्रगत हिसाबले  नछुट्याएको धारणा राख्दै भौतिक पूर्वाधारको रुपमा रहेको  सडक, सिँचाइको निर्माण बिना अन्य विकासका कार्य टिकाउ नहुने भएकाले कार्यक्रममा सुधार गर्नुपर्नेमा जोड दिए । आचार्यले मल, बीउ, सिँचाइ, प्रविधि, कृषिको मुख्य आधार भएकाले यस सम्बन्धमा नीति कार्यक्रममा उल्लेख नभएको चर्चा गर्दै यसले प्रदेशको कृषि उत्पादन २० प्रतिशत कम भई आत्मनिर्भर होइन परनिर्भर बनाउने विचार राखे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले प्रदेशको नामकरणका लागि नेकपा एमालेले पूर्वमन्त्री हिक्मतकुमार कार्की सयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको र समिति सबै दलका सदस्यसँग छलफल एवं परामर्श गरी नाम टुङ्गो लगाउन पहल गर्ने जानकारी  सदनलाई दिए ।


Advertisment
Nabil box
Kumari

 छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य उमिता विश्वकर्माले प्रस्तुत नीति कार्यक्रममा कृषि उत्पादनका लागि ‘एक पालिका एक उत्पादन’ले कृषकलाई सक्षम बनाउने विचार राखिन् ।

Vianet communication
Laxmi Bank

प्रदेशसभा सदस्य धीरेन्द्र शर्माले वार्षिक कार्यक्रममा नगदेबाली उत्पादनमा जोड दिनुपर्ने चर्चा गर्दै स्रोत र साधनअनुसार कार्यक्रम रहेकाले सफल हुने विचार राखे ।

प्रदेससभा सदस्य वसन्तीदेवी यादवले कृषकलाई सहजरुपमा मल र बीउ उपलब्ध गराउने सम्बन्धमा कार्यक्रममा उल्लेख नभएको बताउँदै सबैलाई मान्य हुने प्रदेशको नामका लागि विराट, सगरमाथा वा कोसी राख्नुपर्ने सुझाव दिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x