×

NMB BANK
NIC ASIA

मधेश प्रदेशमा अनियमितताको जालो

मधेशको मुख्यमन्त्री कार्यालयमा झेलैझेल : कोभिड अस्पताल निर्माणदेखि पोखरीसम्म अनियमितता

साउन १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै करोडौं रकम अनियमितता भएको पाइएको छ ।

Muktinath Bank

सुशासनको नारा जप्दै आएका मुख्यमन्त्री लालबाबु राउतकै कार्यालयमा कोभिड अस्पताल निर्माण, पोखरी सौन्दर्यीकरण, जानकी मन्दिर सौन्दर्यीकरण लगायतका कार्यक्रमहरूमा व्यापक अनियमितता भएको पाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साइकल खरिद प्रकरणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्कल फाइल नियन्त्रणमा लिएर छानबिन गरिरहेको अवस्थामा थप कार्यक्रममा पनि अनियमितता भएको खुलेको हो ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री 'बेटी पढाऊ, बेटी बचाऊ' अभियानअन्तर्गत आर्थिक वर्ष २०७७/०७८ मा १५ करोड १ लाख रुपैयाँको साइकल खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । विद्यालय स्तरका छात्राहरूलाई साइकल खरिद गरी वितरण गर्ने कार्यक्रमका लागि १५ करोड १ लाख रुपैयाँ खर्च गरिएको थियो ।

Vianet communication
Laxmi Bank

आर्थिक वर्ष २०७७/०७८ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट विभिन्न शीर्षकमा भएको खर्चमा व्यापक अनियमितता भएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा औंल्याइएको छ ।

कोभिड अस्पताल निर्माणमा व्यापक अनियमितता

मुख्यमन्त्री राउतले कोभिड व्यवस्थापनका लागि खर्चेको करोडौं रकममा अनियमितता भएको पाइएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलियास्थित मणिपाल मेडिकल कलेजको भवनमा कोभिड अस्पताल निर्माण गर्दा अनियमितता भएको खुलेको हो । विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रमबाट खर्च गर्ने गरी भवन मर्मत, मेडिकल उपकरण तथा अन्य सामग्री खरिद गर्दा अनियमितता भएको पाइएको छ ।

मुख्यमन्त्री कार्यालयले उक्त भवन मर्मत, मेडिकल उपकरण तथा अन्य सामग्री आपूर्ति गर्नका लागि एक निजी कम्पनीको २ करोड ५७ लाख ३७ हजार रुपैयाँको बोलपत्र स्वीकृत गरी २ करोड ५३ लाख ३३ हजार रुपैयाँ भुक्तानी समेत गरिसकेको छ ।

सार्वजनिक निकायले निर्माण व्यवसायीलाई दिएको पेश्की खरिद सम्झौतामा उल्लेख भएबमोजिम रनिङ बिलबाट कट्टा गर्नुपर्ने हुन्छ । मोबिलाइजेसन पेश्की २८ लाख ३९ हजार रुपैयाँ कट्टा गरी बाँकी रकम भुक्तानी हुनुपर्नेमा पेश्की कट्टा नगरी मुख्यमन्त्री कार्यालयले भुक्तानी दिएको पाइएको छ । कतिसम्म छ भने पेश्कीको बैंक जमानतको म्याद समेत समाप्त भइसकेको छ ।

त्यसैगरी उक्त भवनको खानेपानी व्यवस्थापन, विद्युत् व्यवस्थापन, सेनिटेसनलगायतका कार्य गर्न बिल अफ क्वान्टिटीको प्रोभिजनल सममा रहेको २० लाख रुपैयाँबाट १९ लाख ४८ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।

'उक्त रकम भुक्तानी भएपनि सम्पन्न गरेको कामको विवरण नखुलेको, कार्यालयबाट पूर्व स्वीकृति नलिएको, खर्चको बिल भरपाई र नापी विवरण पेश नभएकाले उक्त रकमबाट कुनै काम भएको देखिएन । भुक्तानी गरिएको उक्त रकम असुल हुनुपर्दछ,' महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी सम्झौताअनुसार सिलिङ पंखा, वाटर डिस्पेन्सर, हस्पिटल बेड, बेडसाइड लकर, बेडसिट, ब्ल्यांकेट, म्याट्रेस, प्लास्टिक कुर्सी, काठको कुर्सीलगायतको सामान बुझाएको तथा दाखिला गरेको प्रमाण पेश नहुँदै मुख्यमन्त्री कार्यालयले १ करोड ५९ लाख ९३ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

उक्त भवनमा अक्सिजन प्लान्ट खरिदमा पनि अनियमितता भएको छ । कोभिड अस्पतालमा अक्सिजन प्लान्ट दुई थान खरिद गर्नका लागि मुख्यमन्त्री कार्यालयले एक निजी कम्पनीसँग १ करोड ४६ लाख ९० हजार रुपैयाँको खरिद सम्झौता गरेको थियो । २०७८ असार १५ गते मा सम्झौता गर्दा ११ दिनमा नै सबै सामान दिने गरी सम्झौता गरेको थियो ।

तर, २०७८ असार ३० गते जनकपुरस्थित एक बैंकमा प्रतितपत्र खोली समान नै आपूर्ति नभएको अवस्थामा समेत मुख्यमन्त्री कार्यालयले सबै रकम भुक्तानी गरेको देखिन्छ । खरिद सम्झौतामा सामान प्राप्त भएपछि भुक्तानी गरिने उल्लेख भएपनि मुख्यमन्त्री कार्यालयले प्रतितपत्रमार्फत पेस्की समेत कायम नगरी भुक्तानी गरेको पाइएको हो ।

जडान गरिएको अक्सिजन प्लान्ट अहिले पनि खुला आकाशमुनि प्रयोगविहीन अवस्थामा छ ।

मुख्यमन्त्री कार्यालयले कोभिड अस्पतालका लागि अक्सिजन भ्याकुमलगायतका ३७ प्रकारका उपकरण खरिद तथा जडान गर्नका लागि एक निजी कम्पनीलाई ९५ लाख १२ हजार रुपैयाँ भुक्तानी गरेको छ । उक्त कार्यका लागि १ करोड ८३ हजार रुपैयाँको लागत अनुमान तयार गरी विशेष परिस्थितिमा खरिद गर्नुपरेको कारण जनाइ २०७८ जेठ १७ गतेका दिन ५ दिने सूचना प्रकाशित गरेको थियो ।

उक्त सूचना प्रकाशित भएपछि एक मात्र बोलपत्र पेस भए अनुसार २०७८ असार १४ गते ९८ लाख ८३ हजार लागत अनुमानभन्दा १.९८ प्रतिशत घटीमा खरिद सम्झौता गरेको थियो ।

विशेष परिस्थिति उल्लेख गरी ५ दिनको सूचना प्रकाशित गरेकोमा बोलपत्र मूल्यांकन गरी सम्झौता गर्न भने २४ दिन लगाइएको थियो । विशेष परिस्थिति भने पनि कुनै खास निजी कम्पनीलाई मात्र बोलपत्र पार्नका लागि मिलेमतो गरी दिएको देखिएको छ । बोलपत्र पेस गर्ने अवधि कम दिएर प्रतिस्पर्धात्मक रूपमा खरिद नभएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको कोभिड अस्पतालका लागि भवन मर्मत सम्भार, मेडिकल उपकरणहरू र अन्य सामग्री तथा सेवाबापत मुख्यमन्त्री कार्यालयबाट ४ करोड ९५ लाख ३४ हजार रुपैयाँको सामान खरिद गरी हस्तान्तरण गरिएको छ ।

त्यसैगरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट ७ करोड ३ लाख ९८ हजार रुपैयाँको उपकरण र १८ लाख ४५ हजार रुपैयाँको रेमडिसिभिर, अक्सिजन फ्लोमिटर, मास्क, सेनिटाइजर, बेडसिट , पर्दालगायतका सामग्री खरिद गरी हस्तान्तरण गरिएको छ ।

दुवै निकायले खरिद गरेका ती सामानहरू प्रतिष्ठानको जिन्सी खातामा आम्दानी गरेको देखिएन । खरिद भएका ती सबै सामानहरू स्पेसिफिकेसनबमोजिम अस्पतालमा मौजुदा रहे नरहेको सम्बन्धमा पनि कुनै अभिलेख नदेखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

पोखरी सौन्दर्यीकरणमा अनियमितता

मुख्यमन्त्री कार्यालयबाट भइरहेको पोखरी सौन्दर्यीकरण कार्यक्रममा पनि अनियमितता भएको पाइएको छ । मुख्यमन्त्री राउतको आफ्नै गृहजिल्ला पर्साको नगवा, मुरली, लक्ष्मणवा र निचुटा समेत गरी ४ वटा पोखरी सौन्दर्यीकरणका लागि निर्माण व्यवसायीलाई १६ करोड ८ लाख ३० हजार रुपैयाँ भुक्तानी गरिएको छ ।

२३ करोड ९० लाख ११ हजार रुपैयाँको खरिद सम्झौता गरी १६ करोड ८ लाख ३० हजार रुपैयाँ भुक्तानी गरिएको छ । महालेखाको टोलीले स्थलगत अनुगमन गर्दा भुक्तानी गरिएका पोखरीहरूको अधिकांश भाग बाहिरबाट माटो ल्याई पुरेको, कंक्रिट संरचना निर्माण गरेको, ठाउँठाउँमा भत्केको पाएको थियो । गुणस्तरयुक्त काम नभएको, तत्काल माटो फिलिङ गरेको स्थानमा कंक्रिट संरचना निर्माण गरेको पाइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

डीपीआरलाई बेवास्ता गरी काम गराएको, पोखरीको डिलमा पिलरसमेत नराखी भवन निर्माण गरेको, सोलार लाइट जडानको भुक्तानी भएकोमा सबै स्थानमा लाइट जडान नगरेको, २ वटा पोखरीको काम अधुरै अवस्थामा रोकिएको महालेखा प्रतिवेदनमा उल्लेख छ । सौन्दर्यीकरण गरिएका जग्गाको क्षेत्रफल समेत यकिन नगरिएको प्रतिवेदनमा उल्लेख छ ।

फोहोर व्यवस्थापनमा अनियमितता

मुख्यमन्त्री कार्यालयले विपद व्यवस्थापन कार्यक्रमबाट फोहोर व्यवस्थापनका लागि खर्च गरेको ३ करोड २६ लाख ६० हजार रुपैयाँमा समेत अनियमितता भएको पाइएको छ । संघीय सरकारको अर्थ मन्त्रालयले २०७८ वैशाख २९ फोहोर व्यवस्थापनका लागि मुख्यमन्त्री कार्यालयलाई ८ करोड रुपैयाँ विशेष अनुदान उपलब्ध गराएको थियो ।

उक्त विशेष अनुदानबाट खानेपानी शुद्ध गर्ने फिल्टर ४८१ थान र डस्टबिन १ हजार १३७ थान खरिद गर्नका लागि ५ करोड ६५ लाख २९ हजार रुपैयाँको लागत अनुमान तयार गरिएको थियो । जसमध्ये ३ करोड २६ लाख ६० हजार रुपैयाँको बोलपत्र प्रस्ताव मुख्यमन्त्री कार्यालयले स्वीकृत गरेको थियो ।

ती सामानहरू प्रयोग गर्ने स्थान र कार्यालय मुख्यमन्त्री कार्यालयले खुलाएकै छैन । आपूर्तिकर्ताले १ सयवटा फिल्टर सप्लाइ गरेर २६ लाख ८७ हजार रुपैयाँ भुक्तानी प्राप्त गरिसकेको छ । कस्तोसम्म देखिएको छ भने खरिद भएका फिल्टरहरू मधेश प्रदेशअन्तर्गत विभिन्न जिल्लाका सरकारी कार्यालयहरूमा वितरण गरेको उल्लेख गरे पनि सम्बन्धित कार्यालयको जिन्सीमा आम्दानी नै बाँधिएको छैन ।

सुविस्ताको आधारमा बोलपत्र स्वीकृत र रद्द

मुख्यमन्त्री कार्यालयले बर्दिवासस्थित रामजानकी उद्यान कम्पाउन्ड निर्माण गर्न विद्युतीय माध्यमबाट बोलपत्र माग गर्दा स्वीकृत गरी आफू अनुकूल रद्द समेत गरेको देखिएको छ । उक्त बोलपत्र आह्वान गर्दा एक मात्र बोलपत्र दर्ता भए अनुसार ४ करोड ७५ लाख ८४ हजारको बोलपत्र स्वीकृत गरी निर्माण व्यवसायीलाई ८० लाख रुपैयाँ मोबिलाइजेसन पेस्की समेत उपलब्ध गराएको थियो ।

उक्त निर्माण कार्यका लागि विद्युतीय खरिद प्रणालीमा अपलोड गरेको लागत अनुमान अंक ३ करोड ९३ लाख ३८ हजार रहेकोमा २०.९६ प्रतिशतले बढीको बोलपत्र स्वीकृत गरेको थियो । पछि सुविस्ताको आधारमा २०७८ पुस २८ गते उक्त सम्झौता रद्द गरी निर्माण व्यवसायीलाई जानकारी गराएको देखिन्छ । ठेक्का सम्झौता रद्द गरे पनि निर्माण व्यवसायीलाई उपलब्ध गराएको पेश्कीबापतको ८० लाख रुपैयाँ असुलउपर गरिएको छैन ।

डीपीआरमा अनियमितता

२ करोड ८५ लाख ५ हजार रुपैयाँ खर्च गरी मुख्यमन्त्री कार्यालयले ३२ वटा विस्तृत आयोजना प्रतिवेदन खरिद गरेको छ । ती ३२ वटा योजनाको डीपीआर तयार गर्न उपयुक्त प्याकेज बनाई बोलपत्रको माध्यमबाट प्रतिस्पर्धा गराई खरिद गर्नुपर्नेमा ५ लाख रुपैयाँभन्दा घटीको ३१ वटा टुक्रा बनाई सोझै खरिद गरिएको छ ।

मधेश प्रदेशको पर्यटन प्रबर्द्धन गर्न प्रदेशभित्रका पर्यटकीय स्थल भ्रमण गर्ने एकीकृत कार्यक्रमअन्तर्गत नेपालको आँखीझ्याल नामको पर्यटनसम्बन्धी कार्यक्रमको सम्भाव्यता अध्ययन गर्न २० लाख रुपैयाँभन्दा घटीका ७ वटा प्याकेज बनाई सोझै खरिद गरी १ करोड ३९ लाख ४० हजार रुपैयाँ परामर्शदाताहरूलाई भुक्तानी गरिएको छ ।

सार्वजनिक खरिद ऐन, नियमअनुसार प्रतिस्पर्धात्मकरूपमा खरिद नगरी एउटै कामलाई टुक्राटुक्रा बनाई सोझै खरिद गरेको कार्य नियमसंगत नदेखिएको महालेखा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

करोडौं रुपैयाँमा खरिद गरिएका ती आयोजनाहरू कार्यान्वयन गर्ने गरी कार्यक्रम स्वीकृत नभएको तथा कार्यान्वयन हुने स्थिति समेत नदेखिएको हुनाले उक्त खर्चको औचित्य पुष्टि नभएको महालेखा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यति मात्र होइन, मुख्यमन्त्री कार्यालयले आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको निकायमा समेत करोडौं रुपैयाँ खर्च गरेको छ । त्यसमा पनि निर्माण कार्य सम्पन्न नहुँदै सबै रकम भुक्तानी समेत गरिदिएको पाइएको छ । बारा जिल्लाको जितपुरस्थित नेपाली सेनाको बाहिनी अड्डाको हाताभित्र एकीकृत स्मृति उद्यान निर्माणका लागि एक निर्माण व्यवसायीसँग सम्झौता गरी निर्माण सम्पन्न नहुँदै सम्झौता बराबरको रकम १ करोड ६५ लाख ६४ हजार भुक्तानी गरिदिएको पाइएको छ ।

त्यसैगरी जनकपुरको जानकी मन्दिर सौन्दर्यीकरणको नाममा निर्माण व्यवसायीलाई ४ करोड ३१ लाख १४ हजार रुपैयाँ भुक्तानी गरिएको छ । उक्त कार्यमा पनि अनियमितता भएको पाइएको छ । महालेखाको प्रतिवेदनअनुसार उक्त मन्दिरमा मार्बल बिछ्याउने कार्यमा सम्झौताभन्दा ६० लाख २१ हजार रुपैयाँ निर्माण व्यवसायीलाई बढी भुक्तानी गरिएको छ ।

माथि उल्लेख गरिएका केही उदाहारण मात्र हुन्, महालेखाकै प्रतिवेदनमा अन्य विभिन्न निर्माण कार्यमा मुख्यमन्त्री कार्यालयमा अनियमितता भएको व्यहोरा उल्लेख गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x