कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भदौ ९, २०७९
लामो कसरतपछि नेकपा माओवादी केन्द्रले हालै टुंगो लगाएको पार्टी पदाधिकारीमा लुम्बिनी प्रदेशले २५ प्रतिशत ‘स्पेस’ पाएको छ ।
२० सदस्यीय पदाधिकारीमा लुम्बिनी प्रदेशबाट १ उपाध्यक्ष, २ उपमहासचिव र २ सचिवसहित पाँच पदाधिकारी परेका हुन् ।
उपाध्यक्षमा दाङबाट कृष्णबहादुर महरा, रोल्पाबाट उपमहासचिवमा वर्षमान पुन, उपमहासचिवमै अर्घाखाँची जन्मस्थान भएकी पम्फा भुसाल लुम्बिनीबाट परेका छन् ।
तर, उपमहासचिव भुसालले राजनीति भने ललितपुरबाट गर्दै आएकी छिन् । जन्मस्थान अर्घाखाँची भए पनि उनको राजनीतिक थलो ललितपुर नै हो ।
त्यस्तै सचिवमा कपिलवस्तुबाट चक्रपाणि खनाल र अर्घाखाँचीबाट डिलाराम आचार्य पनि परेका छन् ।
लुम्बिनीबाट प्रतिनिधित्व गर्ने पदाधिकारी नेताहरू आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन लड्ने दौडमा छन् ।
यसअगाडि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सचिव आचार्यबाहेक सबै नेताहरू निर्वाचित भएका थिए । आचार्य रूपन्देही क्षेत्र नम्बर ५ बाट कांग्रेसका नेता भरतकुमार शाहसँग पराजित भएका थिए ।
आउँदो निर्वाचनमा लुम्बिनीबाट प्रतिनिधित्व गर्ने पाँचजना पदाधिकारी कहाँ–कहाँबाट चुनाव लड्दैछन् त ?
दाङ क्षेत्र नम्बर २ बाट महराको तयारी
उपाध्यक्ष महरा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने तयारीमा जुटेका छन् । त्यसका लागि महराको बढी समय अहिले दाङतिर बित्न थालेको छ ।
महरा यसअघि एकपटक रोल्पा र २ पटक दाङबाट निर्वाचित भएका थिए । आउँदो निर्वाचनमा महरा र एमाले महासचिव शंकर पोखरेल आमनेसामने हुने देखिन्छ । महराको क्षेत्रमा गठबन्धनको मत हेर्दा एमालेको भन्दा धेरै छ ।
२०७४ मा महरा विजयी हुँदा एमाले र माओवादी केन्द्रबीच गठबन्धन थियो । अहिले समीकरण फरक छ । यतिबेला पाँचदलीय गठबन्धन एकातिर छ भने एमाले अर्कातिर छ ।
गठबन्धनबाट यसपटक महरा नै दाङ क्षेत्र नम्बर २ मा उम्मेदवार बन्ने सम्भावना रहेको माओवादीका जिल्ला सह–इञ्चार्ज निर्मल आचार्यले बताए ।
त्यो अवस्थामा महासचिव पोखरेल र महराबीच रोचक भिडन्त हुने देखिन्छ ।
अघिल्लो निर्वाचनमा महराले कांग्रेसका उम्मेदवार राजु खनाललाई १४ हजार १४५ मतान्तरले हराएका थिए । महराले ४० हजार ४२ मत पाएका थिए ।
रोल्पाबाट उपमहासचिव पुन
रोल्पाबाट उपमहासचिव वर्षमान पुन नै उम्मेदवारका रूपमा दोहोरिँदै छन् । रोल्पा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो । पुन साविक जंकोट– १ माडीचौरका हुन् ।
पुनले २०६४ र ०७४ मा रोल्पाबाट निर्वाचन जितेका छन् । पूर्व अर्थमन्त्री समेत रहेका पुनको गृहजिल्लामा माओवादीको संगठन बलियो छ । गएको निर्वाचनमा उनी फराकिलो मतान्तरले विजयी भएका थिए ।
कांग्रेस उम्मेदवार अमरसिंह पुनले भन्दा उनले २० हजार ७४१ मत बढी ल्याएका थिए । वर्षमानले ४० हजार ६४७ मत प्राप्त गरेका थिए भने अमरसिंहले १९ हजार ९०६ मत ल्याएका थिए । २०७० को निर्वाचनमा वर्षमान मोरङबाट पराजित भएका थिए ।
गएको वैशाखको चुनावमा स्थानीय स्तरमै भागबण्डा मिलाउन भनिएकाले पनि रोल्पामा विगतका द्वन्द्व प्रभावित क्षेत्रमा कांग्रेस–माओवादीबीच गठबन्धन हुन सकेको थिएन । तर, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भने केन्द्रले नै सीट बाँडफाँड गर्ने भएकाले केही सहज हुने स्थिति देखिन्छ ।
कपिलवस्तु– १ बाट सचिव खनालको तयारी
कपिलवस्तु क्षेत्र नम्बर १ बाट माओवादीका सचिव चक्रपाणि खनाल चुनाव लड्ने तयारीमा छन् । यसअगाडि कांग्रेसका प्रभावशाली नेता दीपकुमार उपाध्यायलाई पराजित गरेका खनाललाई गठबन्धनबाट टिकट पक्का गर्न चुनौती छ ।
अघिल्लो निर्वाचनमा जितेकै आधारमा माओवादी केन्द्रका खनालले सत्तारूढ गठबन्धनबाट उम्मेदवारी दिने भएमा कांग्रेस नेता उपाध्यायले आफ्नो क्षेत्रमा उम्मेदवारी दिन पाउने छैनन् ।
गठबन्धनभित्र खनाल र उपाध्यायमध्ये कसलाई कपिलवस्तु–१ मा उम्मेदवार बनाउने भन्नेबारे अन्योल छ ।
उपाध्याय कपिलवस्तुमा कांग्रेसको ‘ब्रान्ड’ मानिन्छन् । विक्रम संवत् २०३० सालमा तत्कालीन हथौसा गाउँको प्रधानपञ्च निर्वाचित भएर राजनीतिक यात्रा शुरू गरेका उपाध्याय पटक–पटक सांसद बनिसकेका छन् ।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस अगाडि छ । कांग्रेसका वडा अध्यक्षहरूले २८ हजार २७१ मत पाएका छन् भने एमालेले २६ हजार ८२३, जसपाले १३ हजार ५१०, माओवादीले ९ हजार ३३८, नेकपा एकीकृत समाजवादीले ३ हजार ७२२ मत पाएका छन् ।
यस आधारमा पनि यो क्षेत्रमा सत्तारूढ गठबन्धन बलियो देखिन्छ । दीपकुमारका लागि कपिलवस्तु– २ पनि विकल्प हुन सक्छ । उनी निकट नेताहरू १ को विकल्प क्षेत्र नम्बर २ हुनसक्ने बताउँछन् ।
अर्घाखाँची मागिरहेका छन् सचिव आचार्यले
माओवादी सचिव डिलाराम आचार्य आउँदो निर्वाचनमा अर्घाखाँचीबाट उम्मेदवार बन्ने तयारीमा छन् । तर, गठबन्धन भएको हुँदा अर्घाखाँची कांग्रेसले सहज रूपमा छाड्ने अवस्था देखिँदैन ।
अघिल्लो निर्वाचनमा वाम गठबन्धन भए पनि रूपन्देही ५ बाट पराजित आचार्यले गृहजिल्ला अर्घाखाँचीमा माओवादीले यसअगाडि जितेको आधार टिकट पाउनुपर्ने दाबी गरेका छन् । यसअगाडि माओवादीबाट निर्वाचित टोपबहादुर रायमाझी एमालेमा छन् । रायमाझी एमालेबाट चुनाव लड्दैछन् ।
‘यसअगाडि अर्घाखाँची माओवादीले जितेको हुनाले हामीले पाउनुपर्छ भन्ने हाम्रो दाबी हो,’ आचार्यले लोकान्तरसँग भने, ‘माओवादीले टिकट पाउने अवस्था आए म नै चुनाव लड्ने हो ।’
आचार्य सन्धीखर्क नगरपालिका वडा नम्बर– ९ अर्घाका हुन् । आचार्यले थपे, ‘गठबन्धन भएपछि मेरो गोरूको बाह्रैटक्का भन्ने पनि हुँदैन । तर, जिल्लाको प्रतिनिधिसभा क्षेत्रमा हाम्रो दाबी पहिलो हो र हुनु पनि पर्छ ।’
आचार्यले २०५६ मा राष्ट्रिय जनमोर्चाबाट अर्घाखाँचीमा निर्वाचन जितेका थिए । उनी पाँच वर्षअगाडि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...