×

NMB BANK
NIC ASIA

‘गत साउन १२ गते काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्‍यो । सूचनामा काठमाडौंभित्र नक्सा पास नगरिकन, नक्साविपरीत वा मापदण्डविपरीत संरचना बनाएको छ भने ३५ दिनभित्रमा भत्काउन भनिएको थियो । 

Muktinath Bank

त्यसो हुँदा नक्सा पास भएको वा तोकिएको सबै शर्त पूरा भएको अवस्थामा हामीले भत्काएनौं । तर पछि ९ तारिखको दिन महानगरको टोली डोजरसहित जय नेपाल हल परिसरमा जम्मा भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि उनीहरूले यहाँ उत्खनन् गर्नुपर्ने भयो भने । तर के उत्खनन् गर्ने भन्नेबारे केही बोलेनन् । हलको आँगन खन्दै जाँदा टुकुचा देखियो । 


Advertisment
Nabil box
Kumari

ऐतिहासिक दस्तावेजहरूका आधारमा हामीले हेर्दा हामी कतै पनि गलत छैनौँ । हामीले जग्गाको नापी गराएका छौं । भवनको नक्सा पास गराएका छौं । हरेक वर्ष राजस्व बुझाएका छौं । तर पनि महानगरले हामीलाई दुःख दियो ।  

Vianet communication

भन्नलाई अनाधिकृत मात्रै भत्काउने भन्यो । तर पछि सबै कानूनबमोजिम बनाइएका भवन तथा त्यहाँ चलाइएका व्यवसायलाई नै खत्तम गर्ने काम महानगरबाट गरियो ।

खोलामाथि घर बनाए भनेर अहिले महानगरले भनेको छ । 

पहिलाचाहिँ सरकारी अधिकारीहरूले खोलामा घर बनाउन दिन हुँदैन भनेर किन नसोचेको ? नक्सा पास किन दिएको ? भवनको राजस्व पनि किन लिएको ? 

यी सबै कुरा हेर्ने हो भने कतै पनि तालमेल देखिएको छैन । 

महानगर आफैंले निकालेको सूचना आफैंले काटेर मापदण्डमा रहेको भवन पनि भत्काउन पुगेको छ । महानगरको मेयरले ठूलै काम गरेको देखाउने प्रपञ्च रचेको मात्रै हो जस्तो लाग्छ ।

उनको नियत हिरो बन्ने, भूमाफिया भनेर हामीलाई तनाव दिने तथा डिमोरलाइज गराउने मात्रै देखियो । यहाँ अहिले सबै स्थानीय तथा व्यवसायी आतंकित भएको अवस्था छ । 

हामीले हाम्रो कुरा सुन्दिनुस् पनि भन्यौं । हामीलाई उचित क्षतिपूर्ति तथा मुआब्जाको व्यवस्था गर्ने हो भने हामी यो जग्गा छोड्न तयार छौँ पनि भनेका छौँ । तर उनीहरूले त्यो सुनेनन् । 

सरकारले हामीमाथि निकै जाल गरेको जस्तो भयो ।’

जय नेपाल हल क्षेत्रका स्थानीय बासिन्दा योगेश मिश्रले लोकान्तरसँग गुनासो पोखे ।

राणाकालमै अन्डरग्राउन्ड गरिएको टुकुचा खोतल्ने अभियान शुरू भएपछि अहिले विभिन्न कोणबाट चासो र चर्चा व्यक्त भइरहेको छ ।

कतिपयले बालेनको कदमको समर्थन गरेका छन् भने कतिपयले विरोध गरिरहेका छन् ।

****

काठमाडौं महानगरपालिकाले केही दिनअघि जय नेपाल हलको आँगनमा डोजर चलायो । सो ठाउँमा खोतल्ने क्रममा सधैँ चर्चा र बहस भइरहने टुकुचा खोलाको भूमिगत अंश फेला पर्‍यो । 

निकै लामो समयदेखि खोजी भइरहेको टुकुचाको केही अंश सो ठाउँमा फेला परेपछि महानगरका मेयर बालेन्द्र शाहको चर्चा थप चुलियो ।   

सो ठाउँमा उपमेयर सुनिता डंगोलसमेत देखिइन् । अन्य अवैध संरचना भत्काउने अभियानमा सुनिता सार्वजनिक रूपमा देखिएकी थिइनन् ।

टुकुचा खोला उत्खनन् भएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतले समेत बालेन–सुनिताको प्रशंसा गरे । 

टुकुचा खोलाको केही अंश नारायणहिटी दरबार संग्रहालयबाट बाहिर निस्केपछि सतहमा देखिँदैन । भूमिगत रूपमा बग्दै तीनधारा मार्गको काठमाडौं प्लाजा आएपछि मात्रै टुकुचा बाहिर निस्किन्छ । 

अहिले त्यही भूमिगत टुकुचालाई उत्खनन् गर्ने नाममा बालेन सय वर्षभन्दा अघिदेखिका संरचना भत्काउन कस्सिएका छन् ।

सो क्षेत्रमा रहेका भवन नभत्काउन उच्च अदालत पाटनले अन्तरिम आदेश समेत दिएको छ, तर बालेन रोकिएका छैनन् ।

गत असोज २ गते उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरुङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । 

जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानूनी रीत नपुर्‍याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

अदालतको अन्तरिम आदेशको पनि मेयर बालेनले कुनै प्रवाह गरेका छैनन् । उनले हालै मात्र त्यहाँ रहेको लक्ष्मी बैंकको भवन समेत भत्काएका छन् । 

जय नेपालको आँगनमुनि टुकुचा, के हो वास्तविकता ?

सामाजिक सञ्जाल प्रयोगकर्ता मनोज मनुजले सामाजिक सञ्जाल फेसबूकमा एक ऐतिहासिक दस्तावेज शेयर गरेका छन् । जहाँ उनले टुकुचाको सुरुङ राणाकालमै बनेको विवरणसहितको दस्तावेज शेयर गरेका छन् ।  

मनोजले शेयर गरेको विवरणमा वि.सं. १९४९ मा राणा प्रधानमन्त्री वीर शमशेरको पालामा टुकुचापारि पटांगिनी अर्थात् खुला चौर बनाइएको उल्लेख गरिएको छ । 

जसका लागि इँटाको गुम्बज शैलीको सुरुङ बनाएको हो, जुन आजभन्दा १३० वर्ष पुरानो हो ।  मनोजले सुरुङ ५ सय मिटर लामो भनेका छन् भने राणाकालीन इन्जिनियरिङको ‘मास्टरपिस’ भनेका छन् ।

यसको डिजाइन तत्कालीन इन्जिनियर जोगलाल स्थापितले गरेको उनले उल्लेख गरेका छन् । दस्तावेजका आधारमा हेर्दा कुनै पनि व्यक्तिले टुकुचालाई गुमराहमा राखेर व्यक्तिगत लाभ लिएको देखिँदैन । 

जग्गाको कारोबार पनि त्यतिबेलै भएको ऐतिहासिक प्रमाणहरू भेटिएका छन् ।

त्यति मात्रै नभएर आजसम्म आएका हरेक सरकार वा सरकारी निकायले उक्त जग्गाजमिनका लागि विभिन्न शीर्षकमा राजश्व संकलन पनि गर्दै आएका छन् ।

आजैको अवस्थामा पनि त्यहाँ व्यापार व्यवसाय गर्ने व्यवसायीहरूले नियमित राजस्व तिर्दै आएका छन् । 

महानगरपालिका वा कुनै पनि सरकारी निकायले शुरूमा जग्गाको व्यावसायिक प्रयोग गर्न पाउने निर्णय गरेका छन् भने नियमित रूपमा पनि कर उठाउँदै आएका छन् । 

टुकुचा खोल्दा करीब २ हजार ३ सय घर परिवार तथा व्यवसाय प्रभावित हुने स्थानीयले आकलन गरेका छन् ।

महानगरपालिकाले नै ती घरपरिवार वा व्यवसायलाई नक्सा पास गरी संरचना निर्माण गर्न दिएको छ ।

विगतदेखि नै यो कार्य हुँदै आएको विभिन्न सरकारी कागजातहरूले पुष्टि गर्छन् । 

‘महानगरपालिकाले यस क्षेत्रमा किन घर बनाउन तथा व्यवसाय सञ्चालन गर्न दियो ? नक्सा पास किन गरियो ? राजस्व किन बुझेको ?’ स्थानीयको प्रश्न छ ।

‘हामीसँग जग्गा किनेको, नक्सा पास भएको र व्यवसाय सञ्चालन गरेको तथा कर तिरेको सबै कागजात छ । महानगरपालिकाले हामीमाथि अन्याय गरेको छ,’ एक व्यवसायीले लोकान्तरसँग भने ।

महानगरले ऐन नियमविपरीत उठिबास लगाउन खोजेको गुनासो उनको छ ।

उचित मुआब्जा र क्षतिपूर्ति दिएर, बस्ने र व्यवसाय गर्ने ठाउँको व्यवस्थापन तथा स्थानान्तरण गर्न उपयुक्त समय दिनुपर्ने व्यवसायीहरूको माग छ ।

महानगरपालिकाले चण्डोलदेखि बाग्मती (त्रिपुरेश्वर)सम्म करीब ५ किलोमिटर टुकुचा पर्ने बताएको छ । 

यस क्षेत्रभित्र करीब २ हजार ३ सय घर परिवार र व्यावसायिक प्रतिष्ठानमा हजारौँ व्यक्ति आश्रित रहेको व्यवसायीहरूको दाबी छ । 

उनीहरू सबैलाई उठाउनुपूर्व महानगरपालिकाले सही व्यवस्थापन, उचित क्षतिपूर्ति जस्ता विषयमा ध्यान दिनुपर्ने हुन्छ ।

५ किमीमध्ये ५ सय मिटरको भागलाई मात्रै तहसनहस गर्न नहुने व्यवसायीहरूको माग छ ।

स्थानीय र व्यवसायीले महानगरसँग दोहोर्‍याएर सोधिरहेका छन्– त्यहाँ घर बनाउन दिन हुँदैन भनेर पहिल्यै किन नसोचेको ? नक्सा पास किन दिएको ? भवनको राजस्व पनि किन लिएको ? 

यो पहिले सरकारी तहबाटै भएको काम भएकाले बाल हठ भन्दा सुझबुझपूर्ण निकास खोज्नुपर्ने स्थानीयको माग छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x