×

NMB BANK
NIC ASIA

अर्थतन्त्र संकटउन्मुख भएसँगै सरकारले अत्यावश्यकबाहेकका सामान आयातमा रोक लगाएको करीब ५ महिना भएको छ ।

Muktinath Bank

गत जेठदेखि सरकारले विलाशी वस्तुका रूपमा सूचीकृत भएका सामानहरूको आयातमा रोक लगाएको हो । जसले गर्दा यसपटकको दशैं विलासी सामानविनाको बन्न पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसपटक दशैंका लागि महंगा गाडी पनि नेपाल भित्रन पाएनन् । यति मात्रै नभएर विलाशी वस्तुमा पर्ने महंगा विदेशी रक्सी पनि आयात नहुँदा यसपटकको दशैं व्यवसायीहरूका लागि खल्लो बन्न पुगेको छ । 


Advertisment
Nabil box
Kumari

व्यवसायीहरूका लागि मात्र नभई विलाशी रक्सीका पारखीहरूलाई पनि यसपालिको दशैं खल्लो बन्न लागेको व्यवसायीहरूको गुनासो छ । 

Vianet communication

दशैंको पूर्वसन्ध्यामा प्रायः विदेशी रक्सीको नेपाली बजार सुनसान प्रायः देखिन्छ । 

यसपटक औद्योगिक घराना, बैंकिङ क्षेत्र हुँदै अन्य विदेशी रक्सीको ट्रेन्डलाई पछ्याउने जमातहरूले प्रयाप्त मात्रामा यस्ता रक्सी पाउन सकेका छैनन् । 

‘कोटेसन’ नखुल्दा फिका भयो दशैं

खासमा पछिल्लो समय महंगा रक्सीलाई दशैंमा दिइने उपहारको रूपमा पनि लिन थालिएको छ ।

प्रतिष्ठित औद्योगिक घराना होस् वा बैंकहरू वा अन्य कुनै कर्पोरेट कार्यालयमा समेत ‘ब्रान्डेड’ विदेशी रक्सी उपहारस्वरूप आदानप्रदान गर्ने अवस्था थियो । 

तर यसपटकको दशैंमा आयातकर्ताहरूले त्यसका लागि ‘कोटेसन’ नै खुलाएनन् । 

खासमा, यस्ता कम्पनीहरूले चाडपर्वको अवसरमा कर्पोरेट हाउसहरूका लागि रक्सीको माग औपचारिक रूपमै गर्ने गरेका थिए । 

तर, यसपटक रक्सी आयात नहुँदा त्यो काम रोकिएको नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले जानकारी दिए । 

रक्सी नपाउँदा कर्पोरेट कार्यालयबाट अन्य संस्थाहरूमा पुग्ने मित्रवत उपहारमा समेत कटौती गरिएको अन्य मदिरा व्यवसायीहरूको भनाइ छ  । 

नजिकिँदै दशैं, रित्तिँदै गोदाम 

दशैंको पूर्वसन्ध्यामा व्यवसायीहरूसँगको कुराकानीमा उनीहरूले दशैंअगावै महंगा रक्सीहरूको गोदाम रित्तिन थालेको बताएका छन् । 

‘मौज्दातको रूपमा रहेका केही विदेशी ब्रान्डेड रक्सीहरू सकिसकेको अवस्था छ,’ केटीएम सप्लायर्सका सञ्चालक गणेशबहादुर कटुवालले लोकान्तरसँग भने । 

उनी मात्रै हैन, अन्य व्यवसायीहरूका अनुसार पनि अहिले प्रायः विदेशी रक्सीको मौज्दात खालीखाली रहेको छ । 

लामो समयसम्म रक्सी आयात नहुँदा भएको मौज्दात  समेत सकिएको व्यवसायीहरूको भनाइ छ । 

बजारमा रक्सी नहुँदा व्यवसायीहरू समेत फुर्सदिला बनेका छन् । 

अघिल्ला वर्षहरूमा कारोबार मिलाउँदैमा भ्याइनभ्याइ हुने व्यवसायीहरूलाई यसपटक भने संयोगले फुर्सद मिलेको छ । 

मदिरा व्यवसायी महासंघका अध्यक्ष शेर्पा विगतका वर्षहरूमा निकै व्यस्त हुन्थे । 

तर यसपटक उनको व्यस्तता कम छ । 

दशैंका लागि विदेशी रक्सीको बजार सुनसान रहँदा उनलाई यसपटक केही फुर्सद बनेको उनको भनाइ छ ।

उनले लोकान्तरसँग भने, ‘रक्सी आयात नहुँदाको परिणामका रूपमा मलाई हेर्दा पनि हुन्छ । म अघिल्लो वर्ष दशैंमा निकै व्यस्त थिएँ, व्यापारमा । तर यसपटक फुर्सद जस्तै बनेको छ । म घुम्दै हिँडेको छु ।’

नेपाली रक्सीको माग बढ्यो

नेपालमा रक्सी आयात गर्नेहरूमा विशाल ग्रुप, शारडा ग्रुप लगायत अग्रपंक्तिमा पर्छन् । 

यी ग्रुपका कम्पनीहरूले आयात गर्ने गरेका ती रक्सीहरूमध्ये कतिपय अहिले बजारमा छैन । 

‘सिवास, सिरिकल, एब्सोल्युट भोड्का, डिफिटर जीन लगायत अहिले सक्किएको अवस्था छ,’ शारडा ग्रुपले आयात गर्ने रक्सीहरूको काठमाडौं वितरक केटीएम सप्लायर्सका सञ्चालक गणेशबहादुर कटुवालले भने । 

उनका अनुसार अब बजारमा विदेशी रक्सीको मौज्दात निकै न्यून छ । विगतमा करीब साढे ३ करोड रुपैयाँसम्मको रक्सी दशैंमा कारोबार हुने गरेको उनी बताउँछन् । 

यो उनको सप्लायर्सको मात्रै कारोबार हो । 

तर यसपटक विदेशी रक्सीको अभावमा उनको कारोबार त्यसतर्फ छैन । 

बजारमा विदेशी रक्सी नभएपछि नेपाली रक्सी वा वीयरको बजार बढेको उनको भनाइ छ ।

‘केही न केही त खानै पर्‍यो, नेपालका चलेका ब्रान्डका रक्सी वा वीयरहरू लान थाल्नुभएको छ,’ उनले भने ।   

‘सुनसान बजार, पुरानोले पुग्छ कि ?’

नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले यस वर्षको दशैंमा विदेशी रक्सी निकै कम मात्रै प्रयोग हुने बताए । 

विदेशी रक्सी नआउँदा बजारमा उपभोक्ताले अहिले नेपाली रक्सी नै किन्न थालेको उनको बुझाइ छ । 

उनका अनुसार, विगतका दशैंको तुलनामा यसपटकको दशैंमा करीब २५ प्रतिशतमात्रै रक्सीको माग छ । 

मुलुकको आर्थिक, राजनीतिकलगायत कारणले यसपटक माग नै कम भएको उनको बुझाइ छ । 

एकातिर बजार माग कम छ भने अर्कातर्फ विदेशी रक्सीको आयात बन्द छ,’ उनले भने, ‘यस वर्षको दशैंमा नेपाली रक्सी नै बढी मात्रामा कारोबार हुन्छ भन्ने लागेको छ ।’

उनका अनुसार, विदेशी रक्सी आयात नहुनु,  देशको आर्थिक अवस्था राम्रो नहुनु, व्यवसायीलाई बैंकले ऋण नदिनु जस्ता कारणले पनि यसपटक रक्सीको कारोबारमा गिरावट आएको छ । 

‘सरकारी नीतिले नेपाली रक्सीलाई फाइदा’

विषेशगरी विदेशी रक्सी नेपालीले बढी मात्रामा रुचाउँछन् । तर पछिल्ला वर्षहरूमा भने नेपाली रक्सीले पनि बजार पाउँदै गएको छ ।

यसपटक विदेशी रक्सीको आयात रोक्ने सरकारी नीतिका कारण नेपाली रक्सीहरूले बजार थप विस्तार गर्ने मौका पाएका छन् । 

जसका कारण अहिले नेपाली रक्सीको माग बढ्दो रहेको महासंघका सचिव रमेश आचार्यले जानकारी दिए । 

यता अध्यक्ष शेर्पाले पनि अब नेपाली रक्सीले बजार माग धान्न सक्ने भन्दै नेपालीले नेपाली रक्सीमा नै बानी पार्नुपर्ने बताए । 

उनले भने, ‘नेपाली रक्सी गुणस्तरीय बन्दै गएको छ भने यसमै बानी पर्दा नेपालको अर्थतन्त्रलाई समेत टेवा पुग्छ ।’

कोरोना महामारी आउनुपूर्वसम्म रक्सीको माग दशैंमा तेब्बर बढ्ने गरेको भए पनि यसपटक त्यस्तो नभएको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x