×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

ओलीका प्रतिस्पर्धीको दाबी– ‘अघिल्लोपटक नयाँ थिएँ, यसपालि दोब्बर मतले जित्छु’ [अन्तर्वार्ता]

कात्तिक २५, २०७९

NTC
Premier Steels

झापा– ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गठबन्धनका साझा उम्मेदवार डा. खगेन्द्र पाण्डव अधिकारीले चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।

Muktinath Bank

२०७४ को चुनावमा पनि ओली र अधिकारीले नै चुनावी प्रतिस्पर्धा गरेका थिए । त्यसबेला अधिकारीले पाएको मतको दोब्बर मत ल्याएर ओलीले चुनाव जितेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

०७४ मा एमाले र माओवादी केन्द्रको देशव्यापी गठबन्धन थियो । ओलीले झापामा राप्रपासँग पनि तालमेल गरेर आफ्नो विशाल जीत सुनिश्चित गराएका थिए । 


Advertisment
Nabil box
Kumari

यसपटक माओवादी केन्द्र कांग्रेससँगको गठबन्धनमा छ । ओलीले राप्रपासँग तालमेल गरेका छन् । तर, स्थानीय तहको चुनावमा भने एमालेविरूद्ध राप्रपा र कांग्रेस एकजुट भएका थिए ।

Vianet communication

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका साझा उम्मेदवार डा. अधिकारीले ५ वर्षअघिको अवस्थामा फेरबदल भइसकेका कारण आफूले ओलीलाई पराजित गर्ने निश्चित रहेको दाबी गरेका छन् । 

लोकान्तरकर्मी गगन अर्यालराजु बास्कोटाले झापाको दमक पुगेर डा. अधिकारीसँग गरेको अन्तर्वार्ताको सम्पादित अंश :

चुनावी सरगर्मी बढेको छ । मतदाताको घर–घरमा पुगिरहनुभएको छ, प्रतिक्रियाचाहिँ कस्तो पाउनुभएको छ ?

– मैले यसपालि घरदैलो गर्दा मतदाताको सकारात्मक प्रतिक्रिया पाएको छु । सहयोग गर्ने वचन दिनुभएको छ । मप्रति मतदाताको भरोसा बढेको पाएको छु । 

अघिल्लो निर्वाचनमा म मतदाता माझ परिचित भइसकेको थिइनँ । राजनीतिमा चासो राख्नेले यसपटक मलाई राम्रोसँग बुझिसक्नु भएको छ । पहिले नचिनेकाहरूले पनि अहिले चिनिसक्नुभएको छ । चुनाव प्रचारका क्रममा असाध्यै सकारात्मक प्रतिक्रिया पाएको छु । 

२०७४ को चुनाव र अहिलेको चुनावमा तपाईंको प्रतिस्पर्धी एकै व्यक्ति हुनुहुन्छ । अघिल्लो चुनावमा तपाईंले पाएको मतको दोब्बर मत ल्याएर उहाँ विजयी हुनुभएको थियो । यसपटक कस्तो होला नतिजा ?

– अघिल्लो चुनावमा नेपाली कांग्रेस एक्लो थियो । त्यस बेला राप्रपाको १५ हजार हाराहारी भोट उहाँले पाउनुभएको थियो । माओवादीको पनि त्यति नै मत उहाँलाई गएको थियो । 

त्यो बेलामा म नितान्त एक्लै प्रतिस्पर्धामा थिएँ । अघिल्लो चुनावमा उपेन्द्र यादवसँग कांग्रेसको गठबन्धन थियो तर, यहाँका उनीहरूको उम्मेदवार पनि थिए । एक्ला–एक्लै प्रतिस्पर्धा भएको भए म अघिल्लो चुनावमै विजयी हुने रहेछु । 

माओवादी, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी कांग्रेससँग छ । हामीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि केही भोट आउँछन् । अघिल्लो चुनाव र अहिलेको चुनावमा आकाश जमिनको फरक छ । यी नै मैले चुनाव जित्ने बलिया आधार हुन् ।

स्थानीय तहको चुनावको मत हेर्ने हो भने एमाले र राप्रपाको मतसँग कांग्रेस, माओवादी र एकीकृत समाजवादीले पाएको मतको अन्तर १५ हजारभन्दा बढी छ  । यो मतान्तरले त चुनाव तपाईंले दाबी गरेजस्तो सजिलो देखिँदैन नि ?

– उहाँ (ओली)ले राप्रपासँग तालमेल नगरी चुनाव जित्न सकिँदैन भन्ने ठानेर नै तालमेल गर्नुभएको हो । तर, राप्रपाको भावनात्मक सम्बन्ध हामीसँग छ । हामीले स्थानीय तहमा राप्रपाको हलो बोकेर हिँडेको, राप्रपाले कांग्रेसको झण्डा बोकेको, मत गणना गर्दा सँगै मत गनेको याद ताजा नै छन् । त्यो अवस्था अहिले पनि टुटेको छैन । उहाँहरूले त्यसको गुण अहिले तिर्ने अवस्था आएको छ ।

५ वर्ष पहिले र अहिलेको अवस्था फरक छ । अघिल्लो चुनावमा केपी ओली जुन अवस्थामा थिए, अहिले ठ्याक्कै उल्टो अवस्था छ  ।  

यहाँ खाना नपुग्ने गरीबको संख्या ठूलो छ । अघिल्लो चुनावको बेला नेकपाको सरकार बन्नेबित्तिकै सुतीसुती खान पुग्छ भनेर आश्वासन बाँड्नुभएको थियो । बेरोजगारको सर्टिफिकेट राखेर इलम पाइने, पानी जहाज चुच्चे नक्सा लगायतका सपना देखाउनुभएको थियो ।

जनताले एकपटक ती सपनाको परख गर्न चाहेका थिए । त्यसैले जिताइदिएका हुन् । अहिले त ती सबै बेकारका गफ रहेछन् भन्ने प्रमाणित भइसक्यो । अर्को चाहिँ म नयाँ उम्मेदवार भएको फाइदा पनि उहाँलाई भएको थियो । अहिले त्यस्तो अवस्था होइन । 

पटक–पटक प्रधानमन्त्री भएर देशको नेतृत्व गरेको, अहिले पनि ठूलो दलको अध्यक्ष रहेको हेभीवेट उम्मेदवारसँगको चुनावी प्रतिस्पर्धामा चुनौती महसूस त भएकै होला नि ?

– तपाईंहरूले भन्नुभएको हेभीवेट म मान्दिनँ । उहाँले डीआईजीलाई एआईजी बनाउनुभयो होला तर उनीहरूले यहाँ आएर भोट हाल्ने त होइनन् । हिजो बकुल्ला छाप चप्पल लगाएर हिड्नुहुन्थ्यो, आज कराडौंको मालिक हुनुहुन्छ होला, त्यसैलाई हेभीवेट देख्नुभएको हो कि ? जनतालाई त्यस्ता विषयमा सरोकार हुँदैन ।

उहाँ हिजोका दिनमा जेलमा बसेर त्याग गरे भन्नुहुन्छ, त्यो मैले देख्दिनँ । मैले त्याग गरेको छु । मैले जागिर छाडेर जनताको सेवा गर्न आएको हुँ । मैले विद्यावारिधि गरेको छु । उहाँले सयौं बालबालिकालाई पढ्न दिनुभएन, मैले पढाएँ । जनताले त्यसको मूल्यांकन गर्छन् ।

अघिल्लो चुनावमा म नयाँ थिए । अहिले मतदाताको बीचमा परिचित भइसकें । एमाले अध्यक्ष ओलीलाई दोब्बर मतले जित्छु ।

केपी ओलीको वर्षौंदेखिको विरासत भत्काउने दाबी गर्नुभयो । तपाईंका चुनावी एजेन्डा चाहिँ के–के हुन् ?

– मैले राष्ट्रिय एजेन्डा र स्थानीय एजेन्डा भनेर विभाजन गरेको छु । बिजुली उत्पादन, खानेपानी, ऊर्जा, सिँचाई, दिगो पर्यटन र विदेशी सम्बन्ध राष्ट्रिय एजेन्डा हुन् । 

४० वर्षदेखि झापामा रहेका सुकुम्बासी समस्या एकपटकमा समाधान गर्ने एजेन्डा बनाएको छु । झापा– ५ को दक्षिणी क्षेत्रमा रहेको सिमानामा भन्सार अभिवृद्धि गर्ने, तल्लो भेगलाई औद्योगीकरणमा लैजाने एजेन्डा अघि सारेको छु । 

अहिले पनि यो क्षेत्रमा जमिन सस्तो छ । रानी करिडोरमा उद्योग भरिइसकेकाले यसलाई विकास गर्ने र माथिल्लो क्षेत्रलाई हरियालीसहितको दमक शहर बनाउने स्थानीय एजेन्डाहरू छन् ।

एउटा मेडिकल कलेज खोल्ने योजना बनाएको छु । गौरीगञ्जमा अलपत्र परेको रतुवाको पुल चाँडोभन्दा चाँडो निर्माण गर्न पहल गर्नेछु । अहिलेसम्म यो पुललाई नेतृत्वले बेवास्ता गरेको थियो । 

केपी ओली २ पटक प्रधानमन्त्री भएको मान्छे । भ्यूटावर तुरून्त बनाउनुभयो तर पुललाई बेवास्ता गर्नुभएको छ ।

मेरो चुनावी जीतको आधार जनताको भरोसा, विश्वास हो । जनताले यसरी भरोसा दिनुमा मैले गरेको त्याग र समर्पणको प्रभाव छ । उहाँ (केपी ओली)को पछिल्लो समयको गिर्दै गरेको साख पनि मेरो चुनाव जित्ने आधार हो । उहाँले २ पटक गरेको संसद विघटनले पनि मलाई चुनाव जित्न सजिलो बनाएको छ ।

चुनाव जित्नेमा केपी ओली तपाईंभन्दा बढी विश्वस्त हुनुहुन्छ । त्यही कारण उहाँ चुनाव प्रचारमै आउनु परेको छैन । तपाईं भने मत माग्न घर–घर पुगिरहनु परेको छ नि ?

– मैले त्यस्तो ठानेको छैन । पहिला सहकर्मी साथीहरू उठ्न नमान्दा पनि म यो मैदानमा आएको हुँ । अहिले त म फूल कन्फिडेन्ट छु । 

उहाँ केही दिनअगाडि आएर सघन घरदैलो गरेर जानुभएको हो । जित्ने भए घर दैलो गर्नुपर्ने अवस्था थिएन होला ।  

उहाँ अहिले पनि ठूलो भ्रममा हुनुहुन्छ । राप्रपाको भोट भनेर गणित निकाल्नुभएको छ । स्थानीय तहहरूको मत लगायतका कुराको हिसाब गर्नुभएको छ, तर कहाँ–कहाँ डढेलो लागेको छ भन्ने उहाँलाई थाहै छैन ।

चुनाव जित्दा कति मतान्तरले जित्ने आकलन गर्नुभएको छ ?

– अहिल्यै भन्न मिल्ने हो भने मेरो जीत भइसक्यो । अघिल्लो चुनावको परिस्थिति उल्टेका कारणले दोब्बर मत ल्याएर चुनाव जित्छु । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x