×

NMB BANK
NIC ASIA

उम्मेदवारकाे अभिमत

संसदमा कसले प्रभावकारी भूमिका खेल्छ भन्ने मतदातालाई थाहा छ, जीत कठिन छैन- गिरिराजमणि पोखरेल [अन्तर्वार्ता]

‘जनताले अनुभवी व्यक्ति रोज्छन्, स्वतन्त्र भन्नेहरू पनि पार्टीमा फर्किसक्नुभयाे’

कात्तिक २६, २०७९

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल विगत १५ वर्षदेखि महोत्तरीको क्षेत्र नम्बर–१ बाट निर्वाचित हुँदै आएका छन् । २०६४ सालको पहिलो संविधानसभा, २०७० को दोस्रो संविधानसभा र २०७४ सालको प्रतिनिधिसभाका लागि निर्वाचित भएका पोखरेल चौथोपटक पनि आफ्नो भाग्य परीक्षण गरिरहेका छन् । पटकपटक मन्त्रीसमेत बनेका पोखरेलले आफ्नो निर्वाचन क्षेत्रमा विकासका अनेकौं परियोजना ल्याएकोमा जनस्तरमा प्रशंसा पनि हुने गरेको छ । तर, लामो समयदेखि एउटै व्यक्तिलाई निर्वाचित गरिरहेका मतदाताले यसपालि नयाँ अनुहारको खोजी गरिरहेको पनि देखिन्छ । यसै सन्दर्भमा लोकान्तरकर्मीहरू विन्देश दहालअजयअनुरागी पोखरेलसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सारसंक्षेप :

Muktinath Bank

बर्दिवासमा स्वतन्त्र र प्रतिपक्षी उम्मेदवारको लहर देखिएको हामीले पायौं । यसलाई कसरी लिनुभएको छ ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसबारेमा मलाईभन्दा अरूलाई सोध्नु राम्रो हुन्छ । म आफ्ना एजेन्डाहरू लिएर जनतामा गइरहेको छु । मैले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छु । दुईपटक संविधानसभाका लागि र एकपटक प्रतिनिधिसभाका लागि म यस क्षेत्रबाट निर्वाचित भएको छु । संविधानको रक्षा, लोकतान्त्रिक पद्धतिको कार्यान्वयन, जनताको जनमतको सम्मान र राष्ट्रियताको जगेर्ना गर्न म साझा गठबन्धनको उम्मेदवारकोरूपमा आएको छु । हामी घरदैलो प्रक्रियामा छौं । मैले तपाईंको प्रश्नको उत्तर दिने भन्दा पनि जनतासँग सोध्नु राम्रो हुन्छ । 


Advertisment
Nabil box
Kumari

तपाईंले जित्ने आधारहरू के–के हुन् ?

Vianet communication

पहिलो कुरा, पाँचदलीय राष्ट्रिय गठबन्धन हो । माओवादीको १५ हजार जति भोट छ, ७ हजार नेपाली कांग्रेसको भोट छ, ५ हजार जति लोसपाको भोट छ । एकीकृत समाजवादीको पनि २ हजारभन्दा माथिको भोट छ । यो हामीले गत स्थानीय निर्वाचनमा प्राप्त गरेको मत हो । 

दोस्रो आधार, मेरो पार्टीको संगठन यहाँ पहिलेदेखि नै बलियो छ । तेस्रो, मैले यस क्षेत्रका जनताको भावनालाई मुखरित गरेर काम गरेको छु । म संविधानको हस्ताक्षरकर्ता मात्र हैन, मस्यौदा कमिटीमा बसेर २०७२ सालको संविधान बनाउने भूमिका खेलेको छु । 

मैले यसबीचमा महोत्तरीलाई शिक्षाको केन्द्र बनाउने काम गरेको छु । राष्ट्रिय महत्त्वका योजनाहरू छन् । अहिले निर्मल लामा प्राविधिक शिक्षालय खयरमारामा छ । त्यहाँ २६ जिल्लाका विद्यार्थीहरू पढिरहेका छन् । त्यहाँ सिक, कमाउ र तिर भन्ने अवधारणा राखिएको छ । मैले कोरियाली सरकारलाई धन्यवाद दिनुपर्छ । शिक्षालय बनाउनका लागि उनीहरूले १ अर्ब रुपैयाँभन्दा बढीको सहयोग गरेका छन् । यही क्षेत्रमा मधेश प्रदेशको मेडिकल कलेज पर्दछ । डीपीर तयार भएर, सोइल टेस्ट गरेर मास्टरप्लान बनिसकेको स्थितिमा निर्माणको काम शुरू गर्नेबेलामा अदालतमा मुद्दा पर्‍यो । अहिले त्यो काम रोकिएको छ । त्यो मधेश प्रदेशको सरकारी मेडिकल कलेज हो । त्यो ५०० बेडको छ । ३० अर्बमाथिको परियोजना हो त्यो । 

त्यसैगरी, गौशालामा मधेश प्रदेशकै सरकारी इन्जिनीयरिङ कलेज स्थापनाको क्रममा छ । यहाँ शिक्षाको केन्द्र बनाउनका लागि कार्यक्रमहरू विस्तार गरिएका छन् । काठमाडौं विश्वविद्यालयको होटल म्यानेजमेन्टको प्रोग्राम छ । कृषि वन विश्वविद्यालयको बीएससीको कायक्रम छ । सीटीईभीटी अन्तर्गत आयुर्वेदको पठनपाठन शुरू भएको छ । जिल्लाका अन्य ठाउँमा पनि, यस निर्वाचन क्षेत्रभन्दा बाहिर पनि प्राविधिक शिक्षाका कार्यक्रमहरू विस्तार भएका छन् । अरू धेरै महत्त्वपूर्ण विकास निर्माणका कार्यक्रमहरू गरिएको छ । म मन्त्री हुँदा होस् वा सांसद हुँदा होस्, जनतासँग गाँसिएर बसेको छु । 

आधारशिला भन्ने एउटा सामूहिक घर छ, म त्यहाँ बस्छु । अव्यवस्थित बसोबासको समस्या र भूमिहीनको पीडालाई नजिकबाट बुझेको छु । यिनै कुराहरू हुन् मेरो जीतका आधारहरू ।

दीर्घकालीन योजनाका कामहरू त गर्नुभयो तर जनताले प्रत्यक्ष महसुुस गर्ने ठोस काम गर्नुभएन भन्ने गुनासो व्यक्त भइरहेको छ नि ?

रातु भन्ने नदी छ महोत्तरीमा । त्यसका कटान, डुबानका समस्या छन् । त्यसको नदी उकास जमीन हजारौं बिघा निस्कियो । त्यसमा अहिले सेनाको शिक्षालय सञ्चालित छ । पकेट क्षेत्र बनाएर काम गर्ने योजनामा हामी छौं । बिजुली, बाटो, खानेपानी जस्ता कुराहरू पुर्‍याउनका लागि अधिकतम प्रयास गरिएको छ । 

क्षेत्र नम्बर १ का जनताले सरकारी कामका लागि टाढा जलेश्वर पुग्नुपर्थ्यो । अहिले सेवा केन्द्र स्थापना गरिएको छ । अहिले नापीका अफिसहरू त्यहीँ खोलिएको छ । सेवा प्रवाह त्यहीँ भइरहेको छ । 

१५ शय्याको एउटा अस्पताल बर्दिवासमा सञ्चालित छ । गौशालामा पनि प्राविधिक शिक्षाका कामहरू भइरहेका छन् । कोरोनाको बीचमा पीसीआर टेस्ट गर्ने व्यवस्था यहीँ भयो । हामी काममा लागिराखेकै छौं । जनताका आशा र अपेक्षा धेरै छन् । त्यो सत्य कुरा हो । 

जितेर जानुहुन्छ तर पाँच वर्षमा हामीलाई भेट्न आउनुहुन्न भनी जनताले गुनासो गरेका छन् । केही सीमित अगुवाहरू छन्, उनीहरूकै हालीमुहाली भयो, सर्वसाधारणको पहुँच नै भएन भनिरहेका छन् । कति एउटै मान्छेलाई जिताइरहने, नयाँ अनुहार आउनुपर्‍यो भन्दै लहर चलिरहेको रहेछ नि त ?

विकल्प छान्ने जनताको अधिकारको कुरा हो । म त्यसलाई सम्मान गर्छु । मलाई उहाँहरूले छानिसकेपछि म मन्त्री भएँ । मन्त्री भएकै कारणले राष्ट्रिय परियोजनाहरू ल्याउन सकियो । अबको २०–२५ वर्षपछि मेरो महत्त्व जनताले बुझ्नुहुन्छ । अर्को कुरा, मन्त्री भएपछि राष्ट्रिय महत्त्वका कुराहरूमा लाग्नुपर्ने हुन्छ । भनेजस्तो गरी जनताका माझमा गइरहन नसकिँदो रहेछ । 

यसपटकको कार्यकालमा कोरोना जस्तो महाविपत्ति हामी सबैले भोग्यौं । सबैजना घरघरैमा बस्नुपर्‍यो, सेनिटाइजर उपयोग गर्नुपर्‍यो, भौतिक दूरी कायम गर्नुपर्ने स्थिति रह्यो । मलाई बोलाइकन भेट्ने स्थिति त्यतिखेर थिएन । तर, विपतको बैठकमा म उपस्थित थिएँ । मान्छेको मृत्यु भएपछि म फील्डमा पुगेको थिएँ । राज्यको तर्फबाट सहयोग दिलाउने काम गरेको थिएँ । 

अर्को कुरा, केपी ओलीले संसद् भंग गरेपछि मैले मन्त्री पदबाट राजीनामा दिएँ । राजनीतिक संकट आयो, संसद् ब्युँताउनुपर्‍यो, संविधानको रक्षा गर्नुपर्‍यो । हाम्रो प्राथमिकता संसद्को पुनःस्थापनातिर गयो । 

जनप्रतिनिधि र जनताको बीचमा सम्बन्ध जीवित राख्नको लागि नयाँ ढंगको सम्पर्क प्रणाली बसाल्नुपर्छ भन्ने अनुभव मलाई तपाईंले जनताको कुरा राख्दाखेरी भएको छ । मलाई मतदाताले पुनः जिताउनुभयो भने जनताको सिधा पहुँच मसँग हुनेछ । 

तपार्ईंले गठबन्धनको कुरा गर्नुभयो तर तपार्ईंकै पार्टीभित्र पनि असन्तुष्टि छ भन्ने कुरा आयो । तपाईंले बर्दिवास नगरपालिकामा आफ्नै पार्टीका मेयर पदका उम्मेदवार राजु खड्कालाई हराउन भूमिका खेल्नुभएको भन्ने गुनासो छ नि । अनि कांग्रेसको कुरा गर्नुभयो । त्यहाँ त कांग्रेस एकप्रकारले शून्य नै जस्तो अवस्थामा छ । 

एकदम गलत कुराहरू हुन् । यी तथ्यहरूसँग मेल खाँदैनन् । स्थानीय निर्वाचनका विषयमा पार्टीले टंक राईको संयोजकत्वमा अनुशासन समिति बनाएको छ । विगतमा गरिएका गल्ती कमजोरीको छानबिन हुन्छ । अहिले हामी पार्टीका सबै नेता कार्यकर्ताहरू परिचालित भइरहेका छौं । नेपाली कांग्रेसका नेता वसन्त गुरुङ र सीताराम भण्डारी लाग्नुभएको छ । केन्द्रीय सदस्य कल्याण गुरुङ र चिरञ्जीवी हमाल पनि लागिरहनुभएको छ । तपार्ईंले कांग्रेसका साथीहरूलाई यसबारेमा सोध्नुभयो भने राम्रो हुन्छ । 

स्थानीय निर्वाचनमा कांग्रेसका उम्मेदवारले पाउनुभएको भोट यसपालि गठबन्धनलाई जान्छ । मैले सामाजिक सञ्जालमा आएको समाचार हेर्दा पनि कथित स्वतन्त्र भनिएकाहरू पनि धमाधम पार्टीतिर फर्किरहेको पाउँदैछु । गठबन्धन एकढिक्का भएर संयुक्त सभाहरू गर्दै आएका छौं । 

गौशालामा एमालेका उम्मेदवार लक्ष्मी महतो अनि उनका छोरा जसपाबाट त्यहाँ मेयर जितेका । अहिले एमाले–जसपाको पनि गठबन्धन छ । अधिकतम मत महतोमा जाने सम्भावना रहेको भनिरहेका छन् मान्छेहरूले । 

मान्छेहरूले आआफ्नो ढंगले आकलन गर्छन् । टिकटका लागि रातारात पार्टी छोड्ने प्रवृत्तिबारे गौशालामा राम्रो बहस उठेको छ । गएको स्थानीय निर्वाचनदेखि अहिलेसम्म आउँदा गरेको कामका बारेमा पनि थुप्रै प्रश्नहरू उठेको हामीले पाएका छौं । गौशाला पहिले नै महत्त्वपूर्ण व्यापारिक केन्द्रका रूपमा विकसित भएको ठाउँ हो । गौशालाले जातीय आधारमा भोट दिन्छ भन्ने कुरा पनि म मान्दिनँ । परिवर्तन, लोकतन्त्र र राष्ट्रियताको पक्षमा मतदाता उभिन्छ । यो प्रतिनिधिसभाको चुनाव हो । संसदमा गएर कसले भूमिका खेल्छ भन्ने कुरा त्यहाँका जनता आफैंले विचार गर्छन् । 

बुद्धिजीवीहरू त तपाईंले काम गर्नुभएको छ भन्नुहुन्छ । तर, कतिपयले अब नयाँ व्यक्तिलाई पनि मौका दिनुपर्छ भनिरहेका छन् । बर्दिवासकै स्थानीय मान्छे आउनुपर्‍यो भन्दैछन् नि ? 

म महोत्तरीको बर्दिवासमा आधारशिला भन्ने घरमा बस्छु । मेरो स्थायी परिचय नै महोत्तरी हो । यस्तो बेलामा बाहिरको र भित्रको अनि भेगीय कुरा पनि उठाउँछन् । हामी त्यसमा सचेत हुनुपर्छ । यस क्षेत्रलाई विकासको काम गरेर माथि उठाउनुपर्नेछ । म तीनपटक यसै क्षेत्रबाट विजेता भएको छु, त्यत्तिकै जनताले मलाई माथि लाँदैन । 

अहिले मसँग अनुभव छ । मलाई उहाँहरूले जिताएको कारणले पटकपटक मन्त्री भएको अनुभव छ । संसदमा प्रमुख सचेतकका रूपमा काम गरेको अनुभव छ । संसारका अरू ठाउँमा हेर्नुभयो भने नयाँ को, पुरानो को भन्ने बहस म त्यति देख्दिनँ । 

संसदमा गएको पहिलो दिनदेखि काम गर्ने अनुभव मसँग छ । राष्ट्रिय महत्त्वका योजनाहरू ल्याइएको छ, तिनलाई कार्यान्वयन गरेर देशको कायापलट गर्ने सोचसहित म छु । एउटा नयाँ मान्छेलाई सिक्न समय लाग्दछ । म अनुभवी छु भनेपछि अब मतदाताले निर्णय गर्ने हो कसलाई छान्ने भनेर ।    
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x