पुस २०, २०८०
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
मंसिर २५, २०७९
ललितपुस्थित पाटन संयुक्त क्याम्पसमा भवन निर्माणदेखि विद्यार्थी भर्नामा समेत अनियमितता भएको पाइएको छ । त्यसबाहेक क्याम्पसका तर्फबाट असुल उपर गर्नुपर्ने भाडा असुल्न नसकेको तथा पेश्की समेत फर्छ्यौट नगरेको पाइएको छ ।
राष्ट्रिय शतर्कता केन्द्रमा परेको विभिन्न उजुरीमाथि छानबिन हुँदा ती बेथितिहरू देखा परेको हो । केन्द्रका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद अधिकारी र रमेश फुयालले गरेको छानबिनबाट ती कमजोरी फेला परेको हो ।
भवन निर्माणमा अनियमितता
पाटन क्याम्पसको निर्माणाधीन अर्थशास्त्र भवनको पहिलो तल्लामा चिरा परेको छ । पानी चुहिएको ठाउँमा ठेकेदारले टालटुल पारे पनि पुनः पानी चुहिन छाडेको छैन ।
उक्त भवनको पहिलो तल्ला निर्माणको गुणस्तरमा प्रश्न उठेपछि त्रि.वि. इञ्जिनीयरिङ अध्यययन संस्थान, कन्सल्टेन्सी सेवाका इञ्जिनीयर राजन सुवालको नेतृत्वमा आएको टोलीले अध्ययन गरेको थियो । स्ट्रक्चरमा समस्या नभए पनि पानीको कमीले चिरा परेको उक्त अध्ययन टोलीले पत्ता लगाएको थियो ।
चिरा परेको ठाउँमा खोतलेर जाली राखी पुनः प्लास्टर गर्नुपर्ने सुझाव समेत उक्त टोलीले दिएको थियो । त्यति मात्र होइन, सोही भवनको पहिलो तल्ला ढलान हुँदा गिट्टी बालुवाको क्वालिटी नभएको भनी विवाद भएको थियो । त्यसपछि सम्झौता रकम २ करोड २ लाख ३१ हजार २३ रुपैयाँ (भ्याट बाहेक)मध्ये पहिलो रनिङ बिलको ५४ लाख ८३ हजार ४८१ रुपैयाँ भुक्तानी समेत भएको देखिन्छ ।
क्याम्पस कार्यसमितिको निर्णयानुसार सामग्रीहरूको ल्याब परीक्षण प्रतिवेदन, आवश्यक अन्य परीक्षण र कन्सल्टेन्टको सिफारिशमा उक्त रकम भुक्तानी गरिए पनि सम्झौताबमोजिमको अन्य बाँकी रकम हालसम्म भुक्तानी नभएको क्याम्पस प्रशासनको दाबी छ ।
त्यसबाहेक क्याम्पसको प्रशासनिक भवन मर्मतसम्भार गर्दा कमसल निर्माण सामग्री प्रयोग भएको, छानामा टिन लगाउँदा खप्ट्याउन कन्जुस्याइँ गरेकाले प्वालहरू देखिएको तथा त्यसलाई छोप्न फल्स सिलिङ हाले पनि जताततैबाट पानी चुहिने गरेको छ । कतिसम्म भने प्रशासनिक भवन मर्मत सम्भारको ठेक्का पाएको निर्माण व्यवसायी हालसम्म सम्पर्कमा नै नरहेको क्याम्पस प्रशासनको जवाफ छ ।
ठेकेदार सम्पर्कमा नै नरहेकाले उक्त ठेकेदारको भुक्तानी रोकिएको जवाफ क्याम्पस प्रशासनले राष्ट्रिय सतर्कता केन्द्रलाई जवाफ दिएको छ ।
विद्यार्थी भर्नामा पनि समस्या
बीआईटी, बीएससी सीएसआईटी र बीबीए कार्यक्रमअन्तर्गत निश्चित कोटाका आधारमा विद्यार्थी भर्ना लिने प्रावधान छ ।
तर, भर्ना प्रक्रियालाई लिस्टअनुसार व्यवस्थित गर्न नसकी परीक्षा फर्म भर्ने अन्तिम दिनमा क्रियाशील विद्यार्थी संगठनहरूको दबाबमा फर्म भराइएका विद्यार्थीहरूबाट क्याम्पसलाई नियमानुसार प्राप्त हुनुपर्ने शुल्क समेत बुझिएको छैन ।
यस्ता विद्यार्थीको संख्या १० छ । शुल्क पछि बुझाउने माग भएअनुसार परीक्षाको फारम भर्ने व्यवस्था मिलाइएको जवाफ क्याम्पस प्रशासनले राष्ट्रिय सतर्कता केन्द्रलाई दिएको छ ।
असुलउपर हुनुपर्ने रकम असुल गर्न बाँकी
समाजशास्त्र भवनमा भाडामा बसेको सान फर्निचरले क्याम्पसलाई तिर्नुपर्ने २२ लाख ४२ हजार ९४० रुपैयाँ हालसम्म बुझाएको छैन ।
उसले २०७९ असोज ९ गतेसम्मको भाडा तथा विलम्ब शुल्क बुझाउन बाँकी रहेको छ ।
त्यसबाहेक लबिम मलले २०७९ असरसम्मको भाडा तथा विलम्ब शुल्कबापत १ करोड ७४ लाख ७५ हजार ४७७ रुपैयाँ क्याम्पसलाई बुझाएको छैन ।
त्यसैगरी उक्त क्याम्पसका शिक्षक, कर्मचारी, विद्यार्थीका संघ संगठन, त्रिवि कर्मचारी संगठनसहितका गरी कुल १ सय ७१ जनाले आर्थिक वर्ष २०७८/०७९ सम्म लिएको १ करोड ५५ लाख २५ हजार ९८४ रुपैयाँ पेश्की रकम फर्छ्यौट भएको छैन ।
विभिन्न विषयमा उजुरी परे पनि केही उजुरीमा उल्लेख भएअनुसार बेथिति देखिएको हुनाले त्यसलाई सुधार गर्न राष्ट्रिय सतर्कता केन्द्रले क्याम्पसलाई निर्देशन दिएको केन्द्रका अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद अधिकारीले बताए।
क्याम्पसलाई बुझ्नुपर्ने भाडाबापतको रकम बुझ्न बाँकी रहेको देखिएकाले अविलम्ब असुल उपर गरी केन्द्रलाई जानकारी गराउन पाटन क्याम्पसलाई निर्देशन दिइएको उनले बताए।
'त्यसैगरी विद्यार्थी संगठनहरूको दबाबमा केही कोटा सुरक्षित राखी विद्यार्थी भर्ना गरेर क्याम्पसलाई नियमानुसार उपलब्ध हुनुपर्ने रकम समेत नबुझेको पाइएकाले यस्तो परम्परालाई निरुत्साहित गर्न क्याम्पसलाई निर्देशन दिइएको छ,' अधिकारीले थपे, 'कर्मचारीहरूले लिएको पेश्की यथाशीघ्र पर्छ्यौट गर्न तथा त्रिभुवन विश्वविद्यालयको आन्तरिक लेखा परीक्षण महाशाखाले आर्थिक अनुशासन कायम राख्न दिएको सुझावलाई कार्यान्वयन गर्न समेत केन्द्रले निर्देशन दिएको छ ।'
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...