×

NMB BANK
NIC ASIA

भृकुटीमण्डपमा पुस्तक प्रदर्शनी: आएनन् क्रेता

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, ३१ साउन – काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको पुस्तक प्रदर्शनीमा पाठकको उपस्थिति न्यून देखिएको छ । आज मगंलवार प्रदर्शनीको छैठौं दिनसम्म आइसक्दा ‘२१औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी’ मा पछिल्ला वर्षका तुलनामा यस वर्ष कम दर्शकको उपस्थिति रहेको आयोजक तथा बिक्रेताले जनाएका छन् ।

पाठकलाई पढ्न प्रेरणा जगाउने उद्देश्यले हरेक वर्ष हुने पुस्तक प्रदर्शनीमा यस वर्ष पनि नेपाली तथा विदेशी लेखकका साहित्यिक कृतिहरू प्रदर्शनीमा राखिएका छन् । भारतीय बिक्रेता पनि स्टल लिएर बिक्रीमा बसेका छन् ।
किताबको कम बिक्रीसँगै बिक्रेताले लगानी समेत उठाउन नसक्ने स्थिति आएपनि कुनै प्रकाशकलाई घाटा चाहिँ नहुने आयोजकले बताए ।

‘प्रदर्शनीले आर्थिक फाइदा पु–याएको त छ भन्ने स्थिति छैन तर प्रकाशकले आफ्नो पुस्तकको प्रचार गर्न पाएका छन्,’ आयोजकमध्येका एक शुभम् अग्रवालले भने, ‘तराईको बाढी र देशको परिस्थितिले गर्दा कमै पाठक आउनुभएको छ ।’

उनले भने, ‘दैनिकजसो हुने पुस्तक विमोचन, हस्ताक्षर र सबैखाले विदेशी पुस्तक एकैठाउँमा पाइने भएकाले दर्शकलाई लाभ मिलेको छ ।’

रीडमोर पब्लिकेशनका मार्केटिङ म्यानेजर राजकुमार गिरीले पहिलेको तुलनामा यसपटक पुस्तकप्रेमीको कम उपस्थिति देखिएको स्वीकारे । निरन्तर परिरहेको पानीले पनि प्रदर्शनीलाई प्रभाव पारेको उनले अड्कल काटे ।
‘प्रदर्शनीको कम प्रचार हुँदा समेत दर्शकको उपस्थिति कम भएको हो,’ गिरीले थपे, ‘अलिअलि पाठक त आउनुभएको छ तर हामीले सोचेजति पाठकको उपस्थिति भएन ।’
उनले काठमाडौंका शैक्षिक संस्थामा गएर प्रदर्शनीको निमन्त्रणा पठाएपनि विद्यालयले खासै चासो नदेखाएको बताए । ‘सरकारी विद्यालयमा परीक्षा चल्दै गरेकाले विद्यार्थी आएनन्, प्राइभेट स्कूलको उपस्थिति पहिलेभन्दा कम देखिएको छ ।’

‘विद्यार्थीको पुस्तक पढ्ने बानी घट्दै गएको हुनसक्छ । प्रविधिले पनि पुस्तक किन्ने पाठकलाई प्रभावित पारेको छ,’ उनले थपे ।

प्रदर्शनीमा भेटिएका नेसनल ल कलेजमा कानून पढ्दै गरेका रौनिक अर्यालले हरेक वर्ष पुस्तक प्रदर्शनीमा आएर आफूलाई मनपर्ने पुस्तक किन्ने गरेको बताए । सबैखाले पुस्तक एकैस्थानमा पाउने भएकाले पनि प्रदर्शनी आफ्नो रोजाइमा परेको उनले बताए ।

‘यहाँ आफूले खोजेको पुस्तक पाइने गरेकाले पनि हरेक वर्ष केही पुस्तक किनेर जाने गरेको छु,’ उनले थपे, ‘प्रदर्शनीमा प्रवेश गर्न टिकटको व्यवस्था हुँदा केही पाठकलाई अप्ठ्यारो पार्न सक्छ तर साँचो पुस्तकप्रेमीले टिकटको मतलब गर्नुहुन्न ।’

विद्यालय पोशाकमा आएका विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था भएपनि सर्वसाधारणले तीस रुपैयाँको टिकट काट्ने व्यवस्था छ । परिचयपत्र हुनेले भने पन्ध्र रुपैयाँको टिकट काटे पुग्छ ।
मनोविज्ञानका विद्यार्थी श्रेया सिजापती र रिता श्रेष्ठले भने प्रदर्शनीमा आफूले खोजेजस्तो पुस्तक नपाएको बताए । ‘मनोवैज्ञानिक थ्रिलर उपन्यास खोजेका हौं, केही त पायौं तर सबै पाएनौं,’ सिजापतीले सुनाइन्, ‘मनोविज्ञानको विद्यार्थी भएकाले यस्ता खालका उपन्यासमा अलि बढी रुचि छ ।’

त्यस्तै श्रेयासँगै आएकी रिता श्रेष्ठले गतवर्ष भन्दा यस वर्ष दर्शकको संख्या धेरै कम भएको बताइन् । ‘पहिले भीड नै हुने गर्थ्यो, अहिले भने धेरै कम आउनुभएको देखियो,’ उनले मुस्कुराउँदै सुनाइन्, ‘यसपटक बालबालिका स्टल पनि बढी रहेछन् ।’

सांग्रिला बुक्सको स्टलमा बसेकी अञ्जु दाहालले पहिलेको तुलनामा पुस्तकप्रेमीको कम उपस्थिति रहेको बताइन् । ‘व्यापारको हिसाबले त हाम्रो लगानी उठ्न पनि गाह्रो छ, पाठकको उपस्थिति कम छ,’ उनले भनिन् ।

उनकै कुरालाई समर्थन गर्दै पाँचपोखरी बुक्सका राम श्रेष्ठले पनि पैसाको हिसाबलाई हेर्ने हो घाटा हुने बताए ।

‘हामीले यहाँ आएर व्यापार गर्दा व्यापारिक हिसाबले त हरेक वर्ष घाटा नै खाएका हुन्छौं तर यसलाई प्रचारको हिसाबले हेर्ने हो भने फाइदा नै हो,’ उनले भने, ‘पत्रिकामा विज्ञापन प्रकाशन गर्दा जम्मा एकचोटि प्रचार हुन्छ तर एक हप्तासम्म प्रदर्शनीमार्फत हामीले विज्ञापन गर्न पाएका छौं ।’
बुधवारसम्म चल्ने प्रदर्शनीले प्रकाशकलाई प्रचारका लागि फाइदा पु–याएको र पाठकलाई एकैठाउँ छानेर पुस्तक किन्ने अवसर दिएकोले प्रदर्शनीले फाइदै गरेको शुभम् अग्रवालले बताए ।

उनले भने, ‘यस्ता प्रदर्शनीले पाठकमा पुस्तक पढ्ने बानीको विकास र लेखकसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर पनि जुटाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x