×

NMB BANK
NIC ASIA

सेलरोटी भन्ने बित्तिकै कसलाई मन नपर्ला र ? नेपालीहरू सबैको प्रिय परिकार हो सेलरोटी । चाहे अचारसँग होस् या त चियासँगै किन नहोस् । 

Muktinath Bank

स्कूलको क्यान्टिनमा होस् या कलेजको, अफिसमा होस् या मिठाइ दोकानमा ! जहाँ पनि पाइन्छ सेलरोटी । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हुँदाहुँदा पछिल्लो समय सेलरोटी ठूलाठूला सुपर मार्केटमा समेत प्याकिङमा पाइन थालेको छ ।


Advertisment
Nabil box
Kumari

अनलाइनमा अर्डर गरेर पनि सेलरोटी खान सकिन्छ । सेलरोटीको चर्चा नेपालमा मात्र नभएर विदेशमा बस्ने नेपालीहरूमा पनि त्यतिकै लोकप्रिय र प्रसिद्ध छ । जहाँ नेपाली त्यहाँ सेलरोटी भनेजस्तै हो । पहिला–पहिला घरमा सेलरोटी पाक्न चाडबाड आउनुपर्थ्यो तर अहिले त्यस्तो छैन, जहिले जहाँ पनि सहज रूपमा पाउन सकिन्छ ।

Vianet communication

समयसँगै सेलरोटीको लोकप्रियता र परिमार्जन हुँदै गएको छ । पछिल्लोसमय यसको लोकप्रियता बढ्दै गर्दा यसको साइज, डिजाइन र मिठासपनमा निकै परिवर्तन गरी परिमार्जन भएको छ । हामीले यहाँ चर्चा गर्न लागेको सेलरोटी पनि त्यस्तै परिमार्जित रूप हो । जुन अहिले बजारमा निकै लोकप्रिय र धेरैको ध्यान तान्न पुगेको छ ।

काँडे सेलरोटी साइजमा केही सानो देखिए तापनि निकै आकर्षक र छुट्टै मिठास छ । सोसल मिडियामा निकै भाइरल भइरहेको यो काँडे रोटी घरमै कसरी बनाउन सकिन्छ त भन्ने विषयमा यहाँ चर्चा गरिएको छ ।

काँडे सेलरोटी कसरी बन्छ ?

काँडे सेलरोटी बनाउन चाहिने सामग्री : एक किलो होल नाइट भिजाएको चामल, शुद्ध नेपाली घ्यु २५० ग्राम, चिनी ३०० ग्राम, एक टिस्पुन बेकिङ पाउडर, फ्राइ तेल आवश्यकताअनुसार ।

काँडे सेलरोटी बनाउने विधि : भिजाएको चामललाई राम्ररी ब्ल्यान्डरमा पानी मिसाएर पिस्ने । पिसेको चामलको लेदोलाई हातले १० मिनेट जति मज्जाले माड्ने । घ्यु र चिनी हालेर पुनः १० मिनट माड्ने र बेकिङ पाउडर हालेर राम्ररी मिक्स गरी छोपेर ५–७ घण्टा रेस्ट गराउने । अन्त्यमा सेलरोटी बनाउने बाक्लो तावामा तेल तताउने ।

तेलको तापक्रम २२०–२३० डिग्रीभन्दा माथि नलैजाँदा राम्रो हुन्छ । घरमा प्रब (तातो चिसो नाप्ने थर्मामिटर) छैन भने हातमा थोरै मुछेको पिठो लिएर कति तातेको छ भनेर नाप्न सकिन्छ । तेल राम्ररी तात्नासाथ एउटा झाजरलाई तेलको माथि राखेर सोलीमा राखेको सेलरोटीको पिठोलाई सानो रिङ्ग हुने गरी घुमाउने ।

एकसाइड पाक्नासाथ अर्कोपट्टि फर्काउने र गोल्डन ब्राउन देखिन थालेपछि तेलबाट निकालेर स्टेनरमा तेल तर्कन छाडिदिने । एवं रूपमा सबै रोटी पकाउँदै जाने । १ किलो चामलको झण्डै ३० पिस काँडे रोटी बनाउन सकिन्छ । यो हेर्नमा निकै आकर्षक र भित्र खोक्रो भएको झुरुम–झुरुम हुन्छ । यो सेलरोटी शुद्ध घ्युमा तार्ने हो भने यसको मिठास अझ उत्तम हुन जान्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

बैशाख २२, २०८१

प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x