मंसिर २०, २०८०
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
माघ १७, २०७९
हुम्लाको अदानचुली गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबाट सरकारी लेटरप्याड र छापको दुरुपयोग बढेको छ ।
अध्यक्ष मोहनविक्रम सिंह र उपाध्यक्ष कर्ण रोकायाबीच आपसी टकराव बढ्दा जनप्रतिनिधि र कर्मचारीले मनलाग्दी निर्णय गर्नुका साथै सरकारी छाप र लेटरप्याड प्रयोग गर्ने गरेका छन् ।
अध्यक्ष/उपाध्यक्षबीच विवाद बढ्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएका प्रशासकीय अधिकृतले काम गर्न पाएका छैनन् । अध्यक्ष सिंहको समन्वयमा सरुवा भई आएका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही तथा उपाध्यक्ष रोकायाको समन्वयमा सरुवा भई आएका नन्दराज गिरीले काम गर्न पाएका छैनन् ।
पछिल्लोपटक काजसरुवा भएका गिरीलाई अध्यक्ष सिंहले मन्त्रालयमै फिर्ता पठाउने पत्राचार गरेपछि उनी हाजिर हुनै आएनन् ।
साउनमा प्रमुख प्रशासकीय अधिकृत टक्कदत्त प्याकुरेल भ्रष्टाचार अभियोगमा निलम्बनमा परेपछि मन्त्रालयले मेघनाथ शाहीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा अदानचुलीमा खटाएको थियो । उनी साउन ३० गते गाउँपालिकामा हाजिर भएका थिए ।
‘अध्यक्षको एकल निर्देशनमा चलेको’ आरोप लगाउँदै उपाध्यक्ष रोकायाले कार्यपालिकाको बैठकबाट स्वास्थ्य शाखा संयोजक हंशराज महतारालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति दिएका थिए । जुन स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरीत निर्णय हो । अध्यक्षको पद रिक्त भएमा वा अध्यक्षले लेखेर कार्यबाहक तोकेको खण्डमा मात्र उपाध्यक्षको अध्यक्षतामा कार्यपालिका बैठक बस्न सक्छ । ऐनमा अध्यक्ष ७ दिनभन्दा बढी गाउँपालिकाबाहिर गई अनुपस्थित भएमा उपाध्यक्षलाई पत्र लेखेर कार्यबाहक दिन सक्ने उल्लेख छ तर अदानचुलीमा उपाध्यक्ष रोकायाले अध्यक्ष बहाल रहेकै बखत, अध्यक्षले कार्यबाहक नदिएकै अवस्थामा बैठक बोलाउने र प्रशासकीय अधिकृत नियुक्ति गर्दै आएका छन् ।
वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल स्थानीय तहलाई आफैं प्रमुख प्रशासकीय अधिकृत तोक्ने अधिकार नभएको बताउँछन् । ‘प्रमुख प्रशासकीय अधिकृत कार्यपालिकाको सचिव हो, संघीय सरकारको प्रतिनिधि हो,’ उनी भन्छन्, ‘अध्यक्ष वा उपाध्यक्षले आफूखुशी नियुक्ति र जिम्मेवारी तोक्नु कानूनसम्मत हुँदैन, त्यस्ता अधिकृतले गरेको काम समेत गैरकानूनी ठहर्छ ।’
उपाध्यक्ष रोकायाबाट नियुक्त निमित्त प्रमुख प्रशासकीय अधिकृत महताराले पनि कानूनविपरीत कार्यपालिकाको छाप र लेटरप्याड प्रयोग गरेको पाइएको छ ।
वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा एउटै गठबन्धनबाट चुनाव जितेका अध्यक्ष सिंह कांगे्रसका जिल्ला सभापति र उपाध्यक्ष रोकाया माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य हुन् । अध्यक्ष र उपाध्यक्षको व्यक्तिगत स्वार्थको टकरावका कारण त्यहाँ वडाका जनप्रतिनिधि र कर्मचारीहरू चेपुवामा परेका छन् । अदानचुली–५ का वडाध्यक्ष कमल छत्याल अध्यक्ष, उपाध्यक्षको व्यक्तिगत स्वार्थका कारण गाउँपालिकामा भद्रगोलको अवस्था सिर्जना भएको बताउँछन् ।
‘अध्यक्ष जिल्लाबाहिर बस्ने र उपाध्यक्षले आफ्नो गोरुको बाह्रै टक्का गर्ने भएकाले कार्यपालिकाको बैठक बस्न सकेको छैन,’ उनले फेसबूकमा लेखेका छन्, ‘अध्यक्ष/उपाध्यक्षको कार्यशैली, व्यवहारका कारण गाउँपालिका अस्तव्यस्त बनेको छ ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि उपाध्यक्ष रोकायाले निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीको ठाउँमा नन्दराज गिरीको काजसरुवा गर्न लगाएका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुस २९ गते जिल्ला निर्वाचन कार्यालय सल्यानमा पाँचौं तहमा कार्यरत गिरीलाई काजसरुवा गरेको थियो ।
अध्यक्ष सिंहले ‘नआउन’ भनेपछि उनी गाउँपालिकामा हाजिर भएका छैनन् । मन्त्रालयले आफूसँग समन्वय नगरी पाँचौं तहका कर्मचारीलाई प्रशासकीय अधिकृतको रूपमा खटाएको भन्दै अध्यक्ष सिंहले फिर्ता पठाएका थिए । अध्यक्षको पत्रको प्रतिवाद गर्दै उपाध्यक्षले माघ ९ गते मन्त्रालयको नाउमा अर्को पत्राचार गर्दै अध्यक्षले पठाएको पत्र कार्यपालिकाको नभई नितान्त व्यक्तिगत धारणा रहेको र सरुवा गरेका कर्मचारीलाई तत्काल हाजिर हुन अनुरोध गरेका थिए ।
निमित्तको पनि निमित्त !
संघीय मामिला तथा सामान्य मन्त्रालयले पछिल्लोपटक काजसरुवा गरेका गिरी हाजिर नभएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाहीले माघ ५ गते गाउँपालिकाका प्रशासन सहायक (नासु) अर्जुन शाहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेका थिए । शाही कार्यालयको कामको सिलसिलामा सुर्खेत, नेपालगञ्ज, काठमाडौं जानुपर्ने भएकाले दैनिक प्रशासनिक कामकाज गर्ने गरी शाहलाई माघ ८ गतेदेखि लागू हुने गरी निमित्तको जिम्मेवारी दिइएको अख्तियारी पत्रमा उल्लेख छ ।
उपाध्यक्ष रोकायाले तोकेका निमित्त प्रमुख प्रशासकीय अधिकृत हंशराज महताराले पनि गाउँपालिकामा कार्यरत स्वास्थ्य सहायक (एचए) सन्तोष बुमीलाई निमित्तको जिम्मेवारी छाडेका छन् । स्वास्थ्य शाखाका महतारा र शिक्षा शाखाका अर्जुन दुवै हुम्लाबाहिर छन् ।
अध्यक्ष र उपाध्यक्षको मनमुटावका कारण मन्त्रालयले पठाएका प्रशासकीय अधिकृत मात्र नभई गाउँपालिकाका अन्य कर्मचारीले समेत काम गर्न पाएका छैनन् ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...