×

NMB BANK
NIC ASIA

नियम कानूनको धज्जी

ईआईए स्वीकृति विनै कर्णाली प्रदेश रंगशाला निर्माण, जरिवाना तिर्न आनाकानी

फागुन १६, २०७९

NTC
Premier Steels

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत विनै प्रदेश रंगशाला निर्माण कार्य अघि बढाएको खुलेको छ ।

Muktinath Bank

परिषद्ले अझै ईआईए स्वीकृत नगरेको भन्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐनअनुसार जरिवाना तोकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वीरेन्द्रनगर–८ स्थित निर्माणाधीन रंगशालाको झण्डै ३० प्रतिशत काम भइसकेको छ । ३ वर्षपछि कर्णाली प्रदेशमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । अधिकांश खेलहरू रंगशालामा सञ्चालन गर्ने गरी प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा निर्माण अघि बढाएको छ तर ईआईए प्रतिवेदन पूरा गरी वन मन्त्रालयबाट स्वीकृति लिएर मात्र निर्माण कार्य शुरू गर्नुपर्नेमा खेलकुद परिषद्ले नियम उल्लंघन गरेको खुलेको छ ।


Advertisment
Nabil box
Kumari

कर्णाली प्रदेशको वातावरण संरक्षण ऐन २०७७ विपरीत आयोजनाले प्रक्रिया पूरा नगरेपछि वन मन्त्रालयले १० हजार रुपैयाँ जरिवाना तोकेको छ । मन्त्रालयको विज्ञान, वातावरण तथा जलवायु परिवर्तन शाखाले कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई पत्र लेख्दै भनेको छ, ‘आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत गराई सोही अनुसार कार्यान्वयन गर्नुपर्नेमा सो नगरी कार्य शुरू गरिएको देखिएकाले प्रदेश वातावरण संरक्षण ऐन २०७७ को दफा ३४(ग) बमोजिम प्रस्तावकलाई १० हजार जरिवाना तोकिएको छ ।’

Vianet communication

null

प्रदेश वातावरण संरक्षण ऐनमा प्रदेश सरकारका प्राथमिकता प्राप्त विकास आयोजना, प्रदेश गौरवका आयोजना, औद्योगिक प्रतिष्ठान लगायतको क्षेत्रमा गर्नुपर्ने निर्माण कार्यका लागि वातावरणीय प्रभाव मूल्यांकन गरी स्वीकृति लिनुपर्ने व्यवस्था छ । ऐन बमोजिम ईआईए प्रतिवेदन मन्त्रालयमा पेश भएको ३० दिनभित्र स्वीकृति दिने वा नदिने निर्णय भइसक्नुपर्छ ।

खेलकुद परिषद्ले विभागीय मन्त्रालय सामाजिक विकास मन्त्रालय हुँदै २०७९ पुस ६ गते वन मन्त्रालयमा अन्तिम प्रतिवेदन पेश गरेको थियो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सर्वसाधारणको जानकारीका लागि थप राय सुझाव लिन ७ दिनको समय दिएर २०७९ पुस १८ गते मन्त्रालयको वेबसाइटमा राखेको थियो । वन मन्त्रालयले सबै प्रक्रिया पूरा भएपछि २०७९ माघ २९ गते ईआईए प्रतिवेदन पारित गरेको थियो । 

रंगशालाको निर्माण २०७८ मंसिरमा शुरू भएको थियो तर खेलकुद परिषद्ले २०७८ भदौ १८ गते मात्र ईआईएका लागि कार्यक्षेत्रगत शर्त (टीओआर) को सूची स्वीकृतिका लागि मन्त्रालयमा कागजात पेश गरेको थियो । वन मन्त्रालयले १५ दिन ननाघ्ने गरी टीओआरमा अपुग विषयबारे जवाफ मागेको सम्बन्धमा २०७९ वैशाख २३ गते जवाफ प्राप्त भएको र वन मन्त्रालयले टीओआर २०७९ जेठ ९ गते पास भएको जनाएको छ । स्वीकृत टीओआर अनुसार खेलकुद परिषद्ले ईआईए गर्नुपर्ने हो । वन मन्त्रालयका अनुसार २०७९ असार १७ गते पेश भएको थियो । असार २८ गते ईआईए अध्ययन समितिले थप अध्ययन प्रतिवेदन माग गरेको थियो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले कानून सबैका लागि बराबर हुने बताए । ‘ईआईए स्वीकृति विनै निर्माण कार्य अघि बढाउनु कानून विपरीत हो, प्रदेश गौरवका आयोजनालाई कानून लागू नहुने, स–साना आयोजनालाई मात्र लागू हुने होइन,’ सचिव जोशीले भने, ‘कानूनमा ५ लाखसम्म जरिवाना तोक्न सकिने व्यवस्था छ तर हामीले सांकेतिक रूपमा १० हजार तोकेका हौं, प्रदेश सरकार आफैंले बनाएको नियम प्रदेशका आफ्नै संरचनाले पालना गर्नुपर्छ भन्ने सन्देश हो, यो कुनै राजस्व असुल्ने माध्यम मात्र होइन ।’

प्रदेशको वन मन्त्रालयले यसअघि प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले तेलपानी सडक खण्डमा ईआईए विनै काम गरेको पाइएपछि १० हजार रुपैयाँ जरिवाना असूल गरेको थियो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले उल्टै जरिवाना नतिर्ने, बरु अदालत जाने अडान लिएको छ । परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जरिवाना तिर्ने वा पुनरावेदन जाने भन्ने विषयमा बोर्ड बैठकबाट निर्णयमा पुग्ने बताए । परिषद्को बोर्ड अध्यक्ष सामाजिक विकासमन्त्री रहने व्यवस्था छ ।

परिषद्ले ईसीसीआरसी नेपाल प्रालि सूर्यविनायक भक्तपुरलाई परामर्शदाता तोकेर ईआइएको अध्ययन प्रतिवेदन तयार पार्न जिम्मेवारी दिएको थियो । प्रदेश गौरवका आयोजनाको हकमा निर्माण र ईआईए कार्य एकैसाथ गर्ने प्रदेश योजना आयोगले गरेको नीतिगत व्यवस्था र प्रदेश सरकारको कार्यादेश अनुसार परिषद्ले काम गरेको सदस्य सचिव सञ्ज्यालको दाबी छ ।

परिषद्ले २०७८ भदौ १८ गते मन्त्रालयमा बुझाएको क्षेत्रगत शर्त सूची (टीओआर प्रतिवेदन) लाई ईआईए प्रतिवेदन भन्दै झूठो दाबी गरेको छ । जबकि ईआईए गर्र्नुपूर्व त्यसको टीओआर निर्धारण गरी स्वीकृति लिनुपर्छ । अन्तिम ईआईए रिपोर्ट र ईआईएका लागि आवश्यक टीओआर फरक विषय भएको वन मन्त्रालयको भनाइ छ । सामाजिक विकास मन्त्रालयले रंगशालाको ईआईए रिपोर्ट २०७९ असार २८ गते पठाएको र वन मन्त्रालयले कानूनले तोकेको समय सीमाभित्र अध्ययन गरी जवाफ मागेको बताइएको छ ।

अन्तिम जवाफ पुस ६ गते आएपछि ईआईए प्रतिवेदन पारित हुने अवस्थामा पुगेको वन मन्त्रालय बताउँछ ।

२०८१ जेठ ११ गतेभित्र रंगशाला निर्माण सम्पन्न गरिसक्ने कार्यादेश छ । १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० रुपैयाँ लागत रहेको रंगशाला एमएसी–जीएसएल कम्पनीले निर्माण जिम्मा पाएको छ । १० हजार दर्शक अट्ने क्षमताको रंगशाला अत्याधुनिक प्रविधिमा निर्माण हुँदैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x