चैत १५, २०८०
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
गुल्मीको हुंगाका ध्रुव न्यौपानेले ‘हस्पिटालिटी’ क्षेत्रमा राम्रो अनुभव बटुलेका छन् । उनै न्यौपानेले ७ वर्षअगाडि विक्रम संवत् २०७३ सालमा रूपन्देहीको सैनामैनाको सालझण्डीमा सामान्य खाजाघरको रूपमा होटल पौवा सञ्चालनमा ल्याए ।
पाहुनालाई ‘टिपिकल’ खाना र नेपाली स्वाद पस्किने उद्देश्यसहित शुरू भएको पौवाको होटल यात्राले अहिले ठूलो फडको मार्न सफल भएको छ । नेपाली खाना पस्किएर शुरूआत भएको होटल पौवा प्रालिले छोटो समयमै ‘हस्पिटालिटी’ क्षेत्रमा लोभलाग्दो व्यावसायिक छलाङ मार्दै अहिले देशका प्रमुख शहरमा ११ वटा शाखा विस्तार गरिसकेको छ ।
पौवाको व्यवसाय विस्तार भएर ५५ करोड रूपैयाँभन्दा माथि पुगेको छ । यो सफलतामा व्यवसायी न्यौपाने र उनको टीमको कडा मेहनत छ । अहिले पौवा आन्तरिक र बाह्य पर्यटकको रोजाइँमा परेको छ । न्यौपानेले खाजाघर शुरू गर्दा नै ठूलो होटलको सपना बुनिसकेका थिए । उनको सपना चानचुने बनेन, विशाल रूपमा उदायो । ३० जना ‘बिजनेश’ बुझेका लगानीकर्ताबाट शुरू भएको पौवा ‘चेन बिजनेश’को रूपमा देशभर फैलिँदो छ ।
होटल पौवाका अध्यक्ष दुर्गा भण्डारी दौरा सुरूवाल र टोपीमा सजिएका कर्मचारीबाट पाहुनालाई सत्कार अनि किचनमा नेपाली परम्परागत परिकारलाई नै प्राथमिकता दिएकाले पौवाले बेग्लै पहिचान बनाएको बताउँछन् ।
होटलहरूले पर्यटकको मागअनुसार उत्कृष्ट सेवासुविधा दिन सक्नुपर्छ । त्यो पौवाले दिन सफल भएको छ । ‘हामीले ‘हाइजेनिक’ परिकार र सत्कार दुवैमा मौलिक नेपालीपन दिन्छौं,’ अध्यक्ष भण्डारी भन्छन्, ‘लाइभ किचन, पहाडी जिल्लाका अग्र्यानिक तरकारी, सिन्की, मस्यौरा, नेपाली अचार जस्ता हाइजेनिक परिकार पौवाको पहिचान बनेको छ ।’
पौवाले छोटो समयमै सबैको मन जिते पनि सोचजस्तो अझै गर्न नसकिएको अध्यक्ष दुर्गा बताउँछन् । पौवाले अहिले बुटवल, भैरहवा, दाङको भालुवाङ, लमही, घोराही, गुल्मीको रेसुङ्गा, धनगढी, पोखरा, कपिलवस्तुको गोरूसिङ्गे र जुम्लामा शाखा विस्तार गरी सेवा दिइरहेको छ । नेपाली आतिथ्यतालाई अन्तर्राष्ट्रियकरण गर्ने गरी अगाडि बढेको पौवाको स्लोगन ‘जहाँबाट आतिथ्यता शुरू हुन्छ’ भन्ने छ ।
तारे होटल र रिसोर्ट समेत सञ्चालन गर्दै करीब ३०० स्तरीय रूमसहित सेवा दिइरहेको पौवा लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै शाखा सञ्जाल भएको होटल हो । स्थानीय र कर्मचारी समेत ५० जनाको ५० करोड रूपैयाँ बढी लगानी भइसकेको पौवामा झण्डै ५०० जनालाई प्रत्यक्ष रोजगारी पाएका छन् । होटलका ब्राण्ड प्रमुख विष्णु भण्डारीका अनुसार सालझण्डीपछि दाङको लमहीमा १० रूमसहित पौवाको दोस्रो शाखा विस्तार भयो । तेस्रो शाखा भैरहवामा विमानस्थल नजिकै साढे २ बिघा क्षेत्रफलमा बाल उद्यान, २ वटा स्वीमिङ पुल र २० वटा रूमसहित सञ्चालनमा छ ।
भैरहवामै अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गर्दै थप ५ कठ्ठा जग्गामा १०० रूम सहितको तारे होटल सञ्चालनको तयारी छ । चौथो शाखा कपिलवस्तुको गोरूसिङ्गेमा ८ वटा रुमसहित र पाँचौं शाखा जुम्लाको खलंगामा २८ रूमसहित सञ्चालन भए । लुम्बिनीको स्थायी राजधानी दाङको भालुबाङमा करीब १ बिघा आफ्नै जग्गामा भवनसहित पौवाको छैठौं शाखा सञ्चालन भयो । त्यहाँ २०० जना क्षमताको क्याटरिङ र सेमिनार हलसहित २८ रूम छन् । ३५ रूम र ५०० जना क्षमताको सेमिनार हलसहित पौवाको सातौं शाखा बुटवलको योगिकुटीमा सञ्चालनमा छ ।
पाल्पाको तानसेमा २६ रुमसहित आठौं शाखा छ भने गुल्मीको रेसुङ्गाडाँडामा ३५ रोपनीमा बगैंचा सहितको पौवा रिसोर्ट सञ्चालनमा छ । त्यहाँ ११ रूम छन् । १०औं शाखा दाङकै घोराहीमा ७ रूमसहित सञ्चालनमा छ, त्यहाँ ३२ रूम छन् । पोखराको लेकसाइड स्ट्रिट १ मा ४४ रूमसहित ११औं शाखा सञ्चालनमा छ । यसबाहेक पौवा काठमाडौं, चितवन र नेपालञ्जमा शाखा सञ्चालनमा ल्याउने योजनामा रहेको ब्राण्ड प्रमुख विष्णु भण्डारी बताउँछन् ।
ब्राण्ड प्रमुख भण्डारी अहिलेसम्म हजारौं होटलमा गएका छन् । त्यहाँ पाक्ने खानाको स्वाद चाखेका छन् । फरक–फरक हस्पिटालिटीको अनुभव लिएका छन् । कति मन पराए, कति मन पराएनन् तर उनलाई हस्पिटालिटीमा ४ वटा कुरा महत्त्वपूर्ण लाग्छ ।
‘कुनै पनि होटलमा जाँदा पहिलो तत्काल सेवा उपलब्ध हुनुपर्छ । त्यसपछि स्वस्थ र हाइजेनिक खाना र त्यसको कन्सिस्टेन्सी आवश्यक हुन्छ । अन्त्यमा खानाको प्रिजेन्टेसन महत्त्वपूर्ण हुन्छ,’ भण्डारीले भने ।
थोरैथोरै पुँजी भएका धेरै जना मिलेर ‘हस्पिटालिटी’ र पर्यटन क्षेत्रमा नमूना काम गरौं भनेर पौवाले कर्मचारीलाई समेत शेयर दिएर मालिक बनाएर अघि बढेको छ । पौवालाई सीमित व्यक्तिको व्यवसाय नभएर धेरै जनाको थोरैथोरै लगानीको सामूहिक सहकार्यको बेग्लै पहिचान दिन चाहेको अध्यक्ष दुर्गा बताउँछन् । ‘होटलमा भविष्य बनाउन चाहने कर्मचारीलाई २ प्रतिशतसम्म शेयर दिएर मालिक बनाएका छौं,’ उनले भने । अहिलेसम्म ३० जना कर्मचारी लगानीकर्ता भइसकेका छन् । प्रालिले सामाजिक क्षेत्रमा पनि काम गर्दै आइरहेको छ ।
नेपालीहरूका विभिन्न चाडपर्व र रीतिरिवाजमा विभिन्न कार्यक्रम गर्दै पौवा संस्कृति संरक्षणमा पनि भूमिका खेल्दै आएको छ । पौवाका प्रबन्धक विष्णु ज्ञवाली शुरूमा सानै लगानीबाट थालिए पनि काम गर्दागर्दै लगानीको आकार ठूलो भएको बताउँछन् । ‘थोरै लगानीमा काम थाल्ने योजना थियो । पौवा भन्ने ‘ब्राण्ड नेम स्टाब्लिस्ट’ भएको छ,’ निर्देशक ज्ञवालीले भने ।
पाहुनाको रूपमा होटल रोजाइमा परे पनि रेस्टुरेन्टका रूपमा युवालाई अझै आकर्षण गर्ने कार्यक्रम अगाडि सार्ने सोचमा पौवा छ । लुम्बिनीलाई केन्द्र बनाएर काम गर्ने हो भने समग्र पश्चिमको पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना छ ।
अहिले शहरमा कोलाहल र भीडभाड छ । समग्र विकासका लागि सबै पक्ष उत्तिकै लाग्नुपर्ने अध्यक्ष दुर्गा बताउँछन् । अहिले आर्थिक मन्दीका कारण पर्यटन क्षेत्रमा केही शिथिलता देखिएको छ तर यो शिथिलता छिट्टै अन्त्य भएर पुरानै अवस्थामा फर्किएपछि नेपालको पर्यटन क्षेत्रमा ठूलो चार्मिङ आउने देखेर अन्य लगानीकर्ताहरू पनि होटल क्षेत्रमा अर्बाैं लगानी गर्दै आएका छन् । कोरोना महामारीले थला परेको पर्यटन क्षेत्र तंग्रिँनैलाग्दा फेरि अहिले आर्थिक मन्दीले सोचेजस्तो फड्को मार्न सकेको छैन ।
राज्यले मुलुकलाई बाह्य पर्यटकको मुख्य गन्तव्यस्थल बनाउने योजना सहितको नीति ल्याउनु आवश्यक छ । स्थानीय संस्कृति, रहनसहनको प्रवद्र्धन गर्ने, प्राकृतिकस्थल र सम्पदाहरूको प्रचारप्रसार गर्ने र विशेषगरी हाम्रा आफ्ना मौलिक परिकारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने हो भने नेपालमा हस्पिटालिटी क्षेत्रको धेरै राम्रो भविष्य रहेको ब्राण्ड प्रमुख विष्णु भण्डारी बताउँछन् ।
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...