×

NMB BANK
NIC ASIA

नयाँ पुस्तामा बर्गर खान रुचाउनेको ट्रेन्ड निकै छ । बच्चाहरू होस् या युवा पुस्ता, सबैलाई बर्गर निकै मन पर्छ ।

Muktinath Bank

बर्गर सर्भ गर्ने रेस्टुरेन्टहरू पनि व्यापक खुलेका छन् । सन् १७४७ मा हन्ना ग्लासद्वारा आर्ट अफ कुकरी मेड प्लेन एण्ड ईजीमा प्रकाशित सामग्रीअनुसार बर्गरको आविष्कार जर्मनीबाट शुरू भएको प्रस्ट छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय बर्गरले युरोप, अमेरिका, अस्ट्रेलियादेखि एसियासम्मको मार्केट लिएको छ । विदेशमा फास्ट फूडको रूपमा प्रचलित बर्गर नेपालमा भने धेरै स्पेसल डिसको रूपमा खाने चलन छ । बर्गर खुवाउन आफ्ना बालबच्चालाई राम्रो रेस्टुरेन्ट र होटल धाउने लर्काे दिनानुदिन बढ्दो छ ।


Advertisment
Nabil box
Kumari

सामान्यतया पाउरोटीमा मासुको डल्ला (प्याटिज) हालेर सर्भ गरिने परिकार नै बर्गर हो तर बर्गर भेराइटीहरू व्यापक छन् । 

Vianet communication

समयसँगै बर्गरका भेराइटीमा पनि विविधता आउन थाल्यो र चिकन बर्गर, फिस बर्गर, भेज बर्गर, साल्मन बर्गर लगायत मेनुमा थपिँदै गयो । भेगान बर्गर पनि शुद्ध भेज खानेका लागि उपयुक्त प्लान्ट बेसको प्याटिज बनाएर मेनुमा समावेश गर्न थालिएको छ । हुँदाहुँदा माछामासु नखानेका लागि मासुको फ्लेबर र टेक्चर (बनावट) हुबहुँ गरेर बनाउने र स्वादमा पनि फरक नपर्ने गरी वैज्ञानिकहरूले अनुसन्धान गरेर पत्ता लगाएका छन्, जुन ननभेज बर्गर जस्तै देखिन्छ र स्वादमा पनि कुनै फरक हुँदैन ।

null

चिकन बर्गर बनाउन चाहिने सामग्रीः

बर्गर बन २ पिस, बटर ३० ग्राम, लेटुस (सलाद पत्ता) ४ लिफ, स्लाइस गरेको काँक्रो ८ पिस, स्लाइस गरेको टोम्याटो ८ पिस, स्लाइस गरेको अनिअन रिङ ८ पिस, चिज स्लाइस २ पिस, चिकन प्याटिज (किमा रोटी) २ पिस, मायोनिज सस ४ चम्चा, टोम्याटो सस २० एमएल, फ्रेन्च फ्राइज १२० ग्राम, नून स्वाद अनुसार, मरिचको धुलो आधा चम्चा ।

चिकन बर्गर बनाउने विधिः 

बर्गर बनलाई आधा काटेर नन स्टिक प्यानमा बटर हाली सेकाउने । गोल्डेन ब्राउन हुनासाथ एक साइडमा राखेर चिकन प्याटिजलाई राम्ररी पाक्ने गरी प्यान ग्रिल गर्ने । प्याटिज प्यान ग्रिलमा पाकेपछि टपमा स्लाइस चिज हाली छोपेर मेल्ट गराउने । टोस्ट गरेको बनमा मायोनिज सस दलेर सलाद पत्ता, काक्रो, टोम्याटो, अनियन रिङ मिलाएपछि पाकेको प्याटिज हाल्दिने र माथिबाट मायोनिज सस दलेको बनको टपले छोपिदिने । यसरी तयार भएको बर्गर साइडमा फ्रेन्च फाइज र केचपसँग सर्भ गर्न सकिन्छ ।

null

चिकन प्याटिज कसरी बन्छ ? 

चिकनको किमामा नून, मरिचको धुलो, मसिनो गरी काटेको प्याज, लसुन, ड्राइ हब्स, सेलरी, वस्टसा सस मिसाएर मोल्ने र सानो–सानो बाक्लो रोटी सेब दिएर थोरै अलिभ अएल हालेर ग्रिल गर्ने र फर्काएर पकाउने । चिकन प्याटिज जस्तै पनिर प्याटिज, भेज प्याटिज, मटन या फिसको पनि प्याटिज बनाउन मिल्छ ।

null

फ्रेन्च फ्राइज पनि

फ्रेन्च फ्राइज बनाउन मिडियम खालको २ आलु लिएर छिल्ने । साइड ट्रिम गरेर सेम साइजमा जार्डिनियर कटमा काटी ८० प्रतिशत पाक्ने गरी बोइल गर्ने र छानेर चिस्याउने । राम्ररी चिसो हुनासाथ एक पटक डिप फ्राइ गरेर पुनः चिस्याउने । हाइहिटमा पुनः एक पटक फ्राइ गरी नून छरेर बर्गरसँग साइडमा सर्भ गर्ने ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...

बैशाख २२, २०८१

प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x