×

NMB BANK
NIC ASIA

घटेको छैन पुराना पुस्तकको व्यापार, किन्ने र बेच्ने दुवैलाई फाइदा !

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौ, १५  भदौ- भृकुटीमण्डपमा रहेको बालबालिका खोजतलास समन्वय केन्द्र नजिकै साँगुरो स्टलमा गोदाम जस्तै देखिने पुस्तक पसल छ ।

नर्सरीदेखि स्नातकोत्तर तहसम्मका पाठ्यक्रम र साहित्यका पुराना पुस्तकहरु छन् । हामी पुरा पुस्तकको व्यापारबारे जान्न उनको पसलमा पुग्दा पसलका सञ्चालक नारायण सापकोटा पसलमा रहेको पुराना पुस्तक मिलाउँदै थिए ।

उनले पुस्तक पसलमा पुराना पुस्तकहरु मात्रै राखेको छन् । विद्यार्थीहरु उनको पुस्तक पसलमा पुराना पुस्तक बेच्न वा किन्न आउँने गछन् । २५ वर्ष अघिदेखि उनले पुराना पुस्तक खरिद बिक्री गर्दै आइरहेका छन् । तर पुस्तक बेचेर बस्छु भन्ने उनको सपना भने थिएन ।

‘पढाइको शिलशिलामा काठमाडौं आएको थिए । यसरी व्यवसाय गरेर बस्छु भन्ने सोच त थिएन, तर २५ वर्ष भयो यो पेसामा टिकीरहेको छु’ सापकोटाले लोकान्तरसँग भने ।

सर्लाही जिल्लाबाट २०४८ सालमा कानून पढ्न कै लागि घर छोडेर काठमाडौं आएका सापकोटा अर्कै पेसामा लागे । कानून विषय पढेर सरकारी जागिर खाने सपना बोकेर काठमाडौं आएका सापकोटा नेपाल ल क्याम्पसमा पढ्न सुरु गरे ।

उनी पाठ्यक्रम तथा बाहिरी किताबहरु पढ्नमा रुचि राख्थे । बजारमा सिमित मात्रामा पाहिने पुस्तकले उनको धेरै पुस्तक पढ्ने चाहना खुम्चिरहेको थियो ।

पढ्ने चाहना धेरै भएपनि बजारमा पाठ्यापुस्तक प्रर्याप्त नपाउदा उनी दुःखी थिए । आफूले चाहिने पाठ्याक्रमकै पुस्तकहरु बजारमा नपाएपछि उनले पुराना पुस्तक संकलन गर्ने सोच बनाए । उनको सोचलाई साथीभाइले पनि साथ दिए । साथीहरुको सहयोगमा उनी पुरानो पुस्तक संकलनमा लागे । विज्ञापन नै गरेर उनले आफू र साथीहरुसंग भएको पुस्तक संकलन गर्न थाले ।

‘त्यतिबेला आफूलाई चाहिने पुस्तक पाउनै मुस्किल थियो । पुरानो किताब संकलन गर्दा आफूले पनि पढ्न पाइन्थ्यो, अरुलाई पनि बेच्न मिल्थ्यो । त्यसैले पुरानो किताब संकलन गरी बिक्री गर्न सुरु गरे’ उनले लोकान्तरलाई सुनाए ।

पहिला पहिला खोजेका किताब नै पाइन्न थियो । किताब जम्मा गरेर पाठकसम्म पु¥याउँदा पाठकबाट आउने प्रतिक्रियाले पनि उनलाई यहि पेसामा लाग्न प्रेरणा मिल्यो । सरकारी जागिर खाने सपना बोकेका सापकोटा अन्तत पुराना पुस्तक खरीद विक्री केन्द्र खोलेर व्यपारमा लागे ।

काठमाडौंमा पुराना पुस्तकको व्यापार गर्दै उनले कानून विषय पनि पढे । आफ्नै पढ्ने बानी भएकाले उनले पुस्तकको व्यपारलाई छोड्न सकेनन् । शुरुमा करिब एक लाख लगानीमा पुराना पुस्तक खरीद विक्री व्यवासाय संचालन गरेका सापकोटा अहिले पनि यहि पेसामा छन् ।

पुराना पुस्तकको व्यपारबाट नै उनको जीवन चलिरहेको छ । विद्यालय तथा क्याम्पसहरुमा नयाँ भर्नाको समयमा धेरै पुस्तक व्यापार हुने उनले बताए ।

कानूनको विद्यार्थी भएका कारण सापाकोटाले केही समय वहस, पैरवी गरे । तर त्यसमा आर्थिक लाभ नहुने देखिएपछि उनी फेरी पुस्तक व्यवसायमा नै फर्किए । केहि समय मुद्धा मामिलाको काम गरेपनि पुस्तक पढ्ने र बेच्ने काममा नै रामाउन थालेका सापकोटालाई कानूनी काम भन्दा पुस्तककै व्यपार राम्रो लाग्यो ।

उनले आफ्नो सपना नै परिर्वतन गरेका छन् । ‘अब कानूनी पेसामा लाग्ने सोच छैन । आफ्नो सन्तुष्टि जुन कुरामा बढी छ त्यहि गर्नुपर्छ । मलाई कानूनी पेसा भन्दा यसैमा आनन्द छ । आफूसँंग भएको पुस्तकको पुस्तकालय खोल्ने सपना छ ।’

उनकै पसलमा पुरानो पुस्तक किन्न आएका नयाँ बानेश्वरका विनोद पौडेलले ४ वर्षदेखि सापकोटाको पसलबाट पुराना पुस्तक किनेर पढ्ने गरेको बताए । ‘आफूलाई चाहिने पुस्तक पाहिन्छ भने त पुरानो किन्दा नै सस्तो पनि पर्छ । पढ्ने कुरा उस्तै हो । मैले यहाँबाट एक सय भन्दा बढी पुस्तकहरु लगेर पढिसकेको छु’ उनले भने । पुरानो पुस्तक किनेर पढ्दा कम खर्चमा धेरै पढ्न पाइने उनको अनुभव छ ।

पूराना कितावको जोखिम

पुराना पुस्तकको व्यापार जोखिमको व्यवसाय पनि हो । नयाँ पुस्तकमा भन्दा पुरानो पुस्तकबाट नाफा हुने भएपनि कहिलेकाही पुरानो पुस्तकबाट घाटा पनि व्यहोर्नु पर्ने अवस्था आउँछ । पाठ्यक्रम परिवर्तन हुँदा भने पुराना पाठ्यक्रमको पुस्तकहरु कवाडीमा बेच्नुपर्ने हुन्छ ।

सापकोटाले भूकम्प पछि ३ पटक गरेर १३ देखी १५ रुपैया किलो सम्ममा १२ हजार पुस्तक कवाडीमा बेच्नु परेका बताए । ‘सटर भाडा महंगो छ, धेरै किताब हुँदा राख्ने ठाउँ हुदैन । भूकम्पपछि मात्रै १२ हजार किताब कवाडीमा बेच्नुप¥यो’ उनले लोकान्तरसँग भने ।

नयाँ भन्दा पुरानो पुस्तक व्यापारमा फाइदा

सपाकोटा जस्तै अर्का व्यपारी रामजी पौडेलले पनि २२ वर्ष अघिदेखि नयाँ र पुराना पुस्तकहरु व्यपार गर्दै आएका छन् । प्रदर्शनी मार्गको आर.आर क्याम्पस नजिकै रहेको उनको पसलमा नयाँ भन्दा पुराना पुस्तकहरु बढी छ । ‘विभिन्न विद्यालय तथा क्याम्पसमा विद्यार्थीहरु यहाँ धेरैजस्तो पुरानो किताब खोज्न यहाँ आइपुग्छन् ।’ पौडेलले लोकान्तरसँग भने, ‘नयाँ पुस्तकमा भन्दा पुरानो पुस्तकमा नाफा राम्रो हुन्छ । दैनिक १० हजार देखि ६० हजार रुपैया सम्मको बिक्री हुन्छ ।’

उनको पसलमा काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल कानून, पद्मकन्या, लगायत आसपासका क्याम्पसका विद्यार्थीहरु पाठ्यक्रमका पुस्तक खोज्दै आइपुग्छन् । सापकोटा र पौडेल जस्तै काठमाडौंमा ३० भन्दा बढी पुराना पुस्तक व्यवसायीहरु छन् । धेरै व्यपारीहरुले नयाँ पुराना दुबै थरीका पुस्तक राखेर व्यपार गर्ने गरेका छन् । व्यपारीको संख्या पढ्दै जाँदा व्यापारमा भने वृद्धि नभएको उनीहरु बताउँछन् ।

पुराना पुस्तक बिक्री मात्र नभई उनले विद्यार्थीहरुबाट पुराना किताब खरिद पनि गर्छन् । पाठ्यक्रमका किताबहरु पढिसकेपछि विद्यार्थीलाई आवश्यक पर्दैन र त्यहि पुस्तक व्यपारीहरु निर्धारीत मुल्यभन्दा चालिस प्रतिशतसम्म छुटमा किन्छन् र साठी प्रतिशतमा बिक्री गर्छन् ।

पौडेलको पसलमा पुस्तक बिक्रीको लागि आएकी मैतिदेविकी अस्मिता पौडेलले भनिन्,‘स्नातक तेस्रो वर्षमा पढ्छु । म सँग दोस्रो वर्षको किताब थियो त्यहि बेच्न आएको हो । पढिसकेको किताब अब आवश्यक पनि पर्दैन । यो बेचेर तेस्रो वर्षको किन्दै छु ।’

पुराना पुस्तक खरिद बिक्री गर्दा व्यापारी र विद्यार्थी दुबैलाई फाइदा पुग्छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x