×

NMB BANK
NIC ASIA

रामेछाप जिल्ला चिनाउने पुस्तक 'थातथलोका कथाहरू' बजारमा

चैत २५, २०७९

NTC
Premier Steels

रामेछाप जिल्ला चिनाउने पुस्तक बजारमा आएको छ। 

Muktinath Bank

रामेछापका थातथलोका कथाहरू​मा  पुस्तौंदेखि चल्दै आएका रीतिरिवाज र सुनिँदै र भनिँदै आएका प्राचीन कहानीहरूलाई समेटेर पहिलोपटक पुस्तकको रूप दिइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्वसांसद तथा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य देवशंकर पौडेलले संकलन गरेका प्राचीन कुराहरूको सँगालोलाई पुस्तकका रूपमा प्रकाशन गरिएको हो ।


Advertisment
Nabil box
Kumari

‘थातथलोका कथाहरू’ नाम दिइएको पुस्तकको शुक्रबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सार्वजनिक गर्दै परापूर्वदेखि चल्दै आएका प्रचलन र थातथलोहरूबारे भावी पुस्तालाई जानकारी दिन यस्ता संकलन ऐतिहासिक दस्तावेज हुने बताए । 

Vianet communication

null

रामेछाप जिल्लाका ६४ वटै वडामा रहेको अधिकांश सबै टोल र बस्तीहरूमा पुग्ने एकमात्र नेताका रुपमा चिनिँदै आएका पौडेलले राजनीतिक जीवनमा जिल्लाका अधिकांश स्थानमा पुगेर पुराना कुराहरू उधिनेर नयाँ जानकारी संकलन गरेका थिए । पौडेलले पुस्तकमा विभिन्न गाउँमा पुग्दा त्यस समयका बुढापाकाहरूसँगको कुराकानी र खोज अनुसन्धानबाट प्राप्त भएका ऐतिहासिक जानकारीहरूलाई संकलन गरेर राखेका थिए ।

कतिपय जानकारी नयाँ पुस्ताको जानकारीका लागि उनले आफ्नो फेसबुक वालमा सार्वजनिकसमेत गर्दै आएका थिए । पुस्तकमा विभिन्न गाउँ तथा टोलको नाम कसरी रहन गए भन्नेदेखि विभिन्न जातिहरूको उत्पत्ति र पलायनसम्मका जानकारी समेटिएको छ । 

लेखक पौडेलले भावी पुस्ताका लागि जानकारी होस् भनेर आफूले सकेसम्म सही जानकारीहरू समेटेर पुस्तकमा समावेश गरेको बताए । नेपाल एक्सप्लोर्स मिडिया प्रालिले प्रकाशन गरेको सो पुस्तकमा रामेछाप जिल्लाभित्रका विभिन्न ठाउँको नाम कसरी रहन गयो भन्ने जानकारी बढी समेटिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x