×

NMB BANK
NIC ASIA

अहंकारको आगो

चैत २५, २०७९

NTC
Premier Steels
  • अशेष अधिकारी

मलाई अहंकार मन पर्छ । म अहंकारी भएर जीवन बाँच्न चाहन्छु । अरूले भन्छन् कि अहंकार भनेको आगोको गोला हो । जसले त्यो आगोको गोला पकड्छ, उ भस्म हुन्छ रे ! तर म भने आगोको गोला पकड्ने व्यक्ति नभएर आफू स्वयम् नै अहंकारी हुँ ।

Muktinath Bank

मलाई समाजले अहंकारी हुन सिकायो । अहंकार गर्नेको मात्र विजय र अरू सबै पराजित भएको घटना यत्रतत्र छरपस्ट छन् । ती छरपस्ट भएका केही टुक्राहरू मैले आफ्नो गोजीमा सुरक्षित राखेको छु । हुन सक्छ मेरो गोजी चुहिने छ, सबै आफूसँग भएको कुरा बारबार चुहिन्छ र त्यही आफूसँग भएको कुरा पटक–पटक गोजीबाट खस्दै र त्यही टुक्रा टिप्दै गर्ने दुष्चक्रमा म फसेको छु ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

म जागिरको खोजीमा गाउँबाट शहर होइन, शहरबाट गाउँ आएको छु । मेरो ठूलो बुवाले मलाई त्यो गाउँबारे अनि त्यहाँ गर्नुपर्ने कामबारे सम्पूर्ण विवरण दिनुभएको थियो । म त्यही विवरणलाई पछ्याउँदै यहाँ गाउँसम्म आएको छु । 


Advertisment
Nabil box
Kumari

हुन त विवरण पूर्ण रूपमा नभई आंशिक रूपमा पाएको छु । यो विवरण बासी पनि भइसकेको छ । यो जागिरको बारेमा विवरण पाउने बित्तिकै म यहाँ गाउँ आउनुपर्ने रहेछ । मेरो धमिरा लागेको बुद्धिले त्यति पनि सोच्न भ्याएन ।

Vianet communication

फेरि सोचेर पनि कहाँ हुँदो रहेछ र ? त्यसलाई व्यवहारमा पनि उतार्नुपर्ने रहेछ । ठूलो बुवाले जागिर सम्बन्धी सम्पूर्ण विवरण पनि नदिएका चाहिँ पक्कै होइनन् जस्तो लाग्छ । किनकि मेरो ध्यान अर्कैतर्फ मोडिएको बेला उनको कुराले पनि अर्को मोडको खोज गर्दै रहेछ तर मैले थाहा पाइनँ ।

म २८ बर्से ठिटो गाउँतिर त सबै जना सोझासाझा हुन्छन् भन्ने सोचेको थिएँ तर गाउँमा यसो वीरमान सिंहको घर कहाँ पो पर्‍यो भनी स्थानीयलाई सोधौं भनेर बोलाएको त स्कूल पढ्ने केटाकेटी त मस्त डेटिङमा बसेका रहेछन् । जोडीजोडी मिलेर मोबाइलमा फोटो खिच्दै रहेछन् । यति सानै केटाकेटी त यो प्रेम चक्रब्यूहमा फसेका रहेछन् भने यो गाउँमा आफ्नो जीवनसाथीको खोजी गर्न थाल्दा योग्य स्त्रीलाई भेट्नु त भ्यागुतालाई धार्नी पुर्‍याएझै हुने रहेछ भन्ने लाग्यो ।

त्यसपश्चात मलाई यो गाउँमा भएका स्त्रीतिर आँखा लगाउन पनि मन लाग्न छोड्यो । यदि कुनै कुरामा असल र खराब छुट्याउनुपर्‍यो भने कसरी छुट्टाउने भन्ने कुरामा यसको सरल जवाफ यो हो कि खराब भनेको यहाँका स्त्रीहरू हुन् तर खराब उनीहरू नभएर उनीहरूको मन हुनसक्छ भन्ने कीवदंती प्रचलित छ ।

यो गाउँगाउँ भए पनि यहाँ माइक्रो बस चाहिँ ओहोरदोहोर भइरहँदो रहेछ । कहिलेदेखि गाउँमा प्रगति भएको हो भनी गाउँको बुज्रुकलाई सोध्न मन लाग्यो । कहीँ उनकै पालाबाट पो यो गाउँ विकासको फड्को मार्न थालेको हो कि ? गाउँको २–३ वटा दोकान एकै ठाउँमा रहेको छ । मैले यसलाई चोक नै त भन्ने होला नि !

यहाँ केही बुज्रुकहरू हातमा खैनी माड्दै बसिरहेका छन् । सायद ती बुज्रुकहरूलाई युवाहरूले प्रतिस्पर्धा गर्न खोजेको हुनुपर्छ । त्यहाँका युवाहरू चुरोटको धुवाँको मुस्लोलाई विभिन्न आकृतिमा मुखबाट ओकलिरहेका छन् । आँखिर युवाहरू बुज्रुक मानिसलाई सधैं चुनौती दिन खोज्छन्, चाहे त्यो खराब कुराहरूमा नै किन नहोस् । 

गूगलमा त सबै थोक भेटिन्छ । मैले अहिले मोबाइलबाट गूगलमा देशविदेशमा भएका कुना काप्चाको बारेमा यसो टाइम पासको लागि न्वारान गरिदिएको चोकमा बसेर खोजिरहेको छु । मलाई लाग्छ कि गूगलमा संसार अटेको छ । पहिलादेखि नै मलाई त्यस्तै लाग्थ्यो तर यो गाउँ अवलोकन गर्दा मलाई यस्तो लाग्न थालेको छ कि गूगलले नभेट्ने कुराहरू हेर्न गाउँ आउनुपर्छ । गाउँ गूगलभन्दा बाहिर छ तर कति बाहिर छ त्यो कुरा सोच्न यो हतारको समयमा केही समय विचार मग्न हुनुपर्छ । यहाँ गाउँको जीवनशैलीका तस्वीरहरू कसैले गूगलमा खोजेर हालिदिए पनि हुने । म आफैं पो यसको शुरूआत गरौं कि क्या हो । एउटा वेबसाइट खोल्छु र खुरुखुरु सबै गाउँको तस्वीर त्यो वेबसाइटमा हाल्छु । यसो गर्दा त म २ दिनमै मिलिनिचर हुन्छु । यस्तो मास्टर प्लान त मेरा कुनै साथीहरूलाई पनि सुनाउँदिनँ ।

यदि गाउँका दुर्लभ कुराहरूलाई मैले वेबसाइटमा हाल्ने कुरा मेरो कुनै पनि साथीलाई सुनाएँ भने उनीहरू त्यो कुरा कहिल्यै आफ्नो मनमा राख्न सक्दैनन् भन्ने कुरा त मैले जानेको नै छु । उनीहरू कहिल्यै पनि गम्भीर हुन जान्दैनन् । त्यही छ समस्या भनेको । यही चोकको दोकानमा खैनी माड्दै एउटा बुज्रुक मानिस ठूलोठूलो स्वरमा कराउँदै सबै व्यक्तिगत कुरा गरिरहेको छ । यही मौकामा अरूहरू उसलाई फुर्काएर उसका सबै व्यक्तिगत कुराहरू उबाट बाहिर निकाल्न खोजिरहेका छन् ।

मेरो साथी राजु त मेरो निकटकै साथी भइहाल्यो । उसको व्यवहार पनि यस्तै छ नि ! कसैले फुर्काएको भरमा सबै कुरा सुनाउँछ । यस्तो साथीसँग सुख दुःखका कुरा साटे पनि बिजनेशको गुरुयोजना चाहिँ नसाटेकै राम्रो ।

आफ्नो भागमा परेको खाना अहिले आफूले नखाए पनि त्यो भागको खाना अरू कसैले खोसेर खाइदिन्छन् । यो मेरो गुरुयोजना मेरो भागमा आएको छ, के अबको १२ वर्षपछि पनि यो अवसर मेरो भागमा रहला र ? १२ वर्षमा त खोला पनि फर्कन्छ, कुकुरको पुच्छर पनि जसोतसो सिधा होला, देखावटी रूपमा भए पनि । १२ वर्षपछि संसार यताको उता हुन्छ । जित्नेहरू हारिरहेका हुन्छन् र हार्नेहरू बैकुण्ठबास हुन्छन् । अबको १२ वर्षमा यो गाउँले पनि ठूलै अग्रगामी छलाङ लेला । यो अशिक्षित गाउँमा कुनै मूर्ख विद्वान आउला, सबैले पत्याउँलान् अनि विद्वान मूर्ख आउला, सबैले लखेट्लान् । अबको १२ वर्ष पछि त के होला ?

म कि त खाडी अथवा यहीँ रोजगारी । मान्छेहरू भन्छन् कि शहरमा त जति पनि जागिर पाइन्छ नि तर उदाहरणमा मलाई देखाउँदा हुन्छ । मेरो विगत ब्ल्याक एन्ड वाइट थियो । अहिले अलिअलि रंग भरिँदैछ, अबको १२ वर्षपछि त मेरो जीवनमा धेरै रंग ओतपोत भएर मेरो भविष्यको चित्र नै बिग्रिने हो कि ?

छेउको दोकानमा एउटा बुज्रुकले पत्रिकाका अक्षरहरू बराउँदाबराउँदै । गाउँसम्म पनि पत्रिका आइपुग्दो रहेछ, खुशी लाग्यो । म ती बुज्रुकको छेउमा गएर पत्रिका हेर्छु । पत्रिकामा रोजगार खुलेकोबारे लेखिएको छ । फेरि तलब पनि ४० हजारसम्म तर काम चाहिँ के हो भन्ने खुलाएको छैन पत्रिकाले । यस्तो जागिर भेटियो भने त ठूलो बुवाले मलाई लगाइदिन्छु भन्ने जागिरलाई गोली मारा गर्दा हुन्छ । म कति खुशी छु भने मेरो खुशीको सीमा नै छैन तर एकछिन पर्खिनुहोस्, पत्रिका त निकै पुरानो देखिन्छ त !

शहरबाट गाउँसम्म आउँदा बाटोको धुलो खाँदाखाँदा पत्रिका पनि ब्ल्याक एन्ड वाइट जमानाको भएछ तर होइन जस्तो छ, किनकि यहाँ महिना त आजको नै छ तर अरे ! वर्ष चाहिँ १ वर्ष अगाडिको छ । मेरो हावाको महल हराएर गयो, कसरी पकडौं ?

उमेरले पनि बिस्तारै–बिस्तारै डाँडा काट्दैछ । अब अहिले पनि केही नगरे कहिले गर्ने ? यत्रो उमेर भइसकेको मान्छे यसरी बेगारी भएको देख्दा साथीभाइ अनि आफ्ना मान्छे कति रोलान्, अन्त्यमा इस्ट अ प्राप्तांक भन्दै । मैले पनि मेरो पनि इस्ट अ प्रापक भन्दै प्रतिउत्तर दिन मिल्दैन किनकि यो नै मेरो यथार्थ हो । उनीहरूलाई मैले काल्पनिक कुरा गरेर हतारहतार कल्पनाको पुजारी बनाउनुपर्छ ।

अब ठूलो बुवाले भनेको ठाउँमा जागिर पाइएन भने यो समाजमा कसरी मुख देखाउनु ? मैले सतर्क हुनुपर्छ किनकि सबैका आँखा ममाथि छन् । उनीहरूले मलाई नदेखेझैं गर्छन् तर नजानिँदो तरिकाले मलाई नै हेरिरहेका हुन्छन् । यदि अब पनि मैले केही गर्न नसक्ने हो भने मैले यो संसारबाट डिस्कनेक्ट भएर भूमिगत हुनुबाहेक अरू कुनै चारा रहँदैन । यथार्थले सजिएको कुनै भूमिगत च्याम्बरमा आफूलाई विस्थापित गरेर सधैं छचल्किएर मुहारमा खुशी ल्याउने मनभित्रको खुशीमा रमाउनु नै सांसारिक सहारा हुन्छ । मेरो भूमिगत च्याम्बर सानो भए पनि म त्यहाँ मेरा आवश्यकताका सम्पूर्ण चिजहरूलाई त्यहाँ खुम्च्याएर राख्न चाहन्छु । त्यो च्याम्बरको भित्तामा कुनै आँखा हुँदैन, जोसँग म सधैं चार आँखा होऊँ । ती नजानिँदो आँखाबाट टाढा हुन भूमिगत हुनुको कुनै विकल्प देख्दिनँ ।

यो चोकमा पत्रिका पढ्ने बुज्रुक मानिस अहिले त्यहीँका बोलीले पीठो बिकाउने हिसाबले शब्द वाण हान्ने निकै अनुभव बोकेका अन्य बुज्रुकसँग कुरा गरिरहेका छन् । उनीहरूको बोलीचाली हेरेर नै यो कुराको अन्दाज लगाउन सकिन्छ की उनीहरू जवानीको यादलाई ताजा गरिरहेका छन् । ती बुज्रुकको सायद भुल्ने बानी छ होला । छेउमा उसको नाति जस्तो देखिने केटो उसको संवाद सहकर्मी भएर बेलाबेला उसका जवानीका प्रसंग उसलाई सम्झाएर उसको मुटुमा ढ्यांग्रो ठोक्ने काम गर्छ । पक्कै पनि ती बुज्रुकले त्यो केटोलाई आफ्ना जवानीका कथा फुर्सदको समयमा विगतमा सुनाएको हुनुपर्छ ।

मैले जति ती बुज्रुकको कुरा सुने पनि मेरो जीवनस्तर उक्सने होइन भन्ने लाग्यो र म त्यहाँबाट आउट हुँदैछु ।

ती बुज्रुकको कुरा अनावश्यक लागेर नै म त्यहाँबाट हिनेको हुँ । म फेरि उनले भनेका सबै कुराहरू १–१ गर्दै मस्तिष्कमा ओल्टाइपल्टाइ गर्दछु । भनिन्छ विषबाट पनि औषधि निकाल्न सक्नुपर्छ । उनको कुरा विष त पक्कै पनि थिएन, त्यसो भए उनको कुराबाट के पत्ता पाइयो ? उनले जवानीको कुरा गर्दागर्दै विगतदेखि वर्तमानसम्मको सामाजिक विकासक्रमको कुरा छर्लङ्ग पारेका थिए । उनको कुरा धन्नले सुनेछु । उनकै कुराले गर्दा समाज र समयमध्ये समाज बलवान रहेछ भन्ने लाग्यो किनकि जस्तो समय आए पनि समाजले जसोतसो आफूलाई समयअनुसार ढालेको रहेछ । म पनि यही समाजको सदस्य भएकाले मैले पनि ती उदाहरणलाई साथमा लिएर जीवनमा हौसलाको रंग भर्नुपर्ने भएको छ । बुझ्ने मानिसले उनको कुरामा तलाउ भेट्ने रहेछ, जसरी एउटा मरुभूमिमा उनीहरू भड्किरहेका हुन्छन् । 

कसैलाई जीवनमा केही गर्नुपर्ने भयो भने यो जन्ममा नभए पनि अर्को जन्ममा चाहिँ गरेरै छाड्छु भन्ने कुरा नै वास्तवमा अभिशाप हो । केही गर्न खोज्ने मानिसलाई कैयौं जन्मको सहारा चाहिँदै चाहिँदैन । उनीहरूलाई उनीहरूको एक जन्म नै काफी हुन्छ । एक जन्ममा उनीहरूको आत्मामा मुक्तिको राहत पाउँछन् । उनीहरूलाई फेरि फर्किएर यो संसारमा आउने कुनै आवश्यकता नै पर्दैन । हुन त मेरो यो जीवनको समयका धब्बाहरूमा कुनै कुरा पनि भेट्न सकिँदैन । आफ्ना आवश्यकता अनि चाहना पूरा गर्न फेरि अर्को जन्म लिनु नपरोस् । अर्को जन्म कुरेर बसेका प्रेतात्माको इच्छा पूरा गर्ने माध्यम नबनेर म आफ्नै इच्छा पूरा गर्न चाहन्छु ।

इच्छा दृश्य चाहिँ मेरो अलिक प्रस्ट छैन । यही गाउँमा काम गर्ने क्रममा कतै त्यो दृश्य सफा भएर बाङ्गोटिङ्गो हिँड्नुपर्ने बाटो सीधा देखिने पो हो कि ?

म वीरमान सिंहको घर पुग्छु । उनी म जस्तो अहंकारी चाहिँ अलिक रहेनछन् । उनले अनुहार देख्नासाथ म को हुँ भन्ने कुरा ठम्याए । उनले भन्दैछन्, ‘तिमी भगवत् सिम्खडाको छोरा होइनौ ?’

‘कस्तो ठ्याक्कै मिलाउनुभयो, सायद मेरो अनुहार धेरै चाहिँ बुवातिर ढल्किएको रहेछ ।’

‘अनि के कामले आयौ त बाबु’

अब मैले कसरी भनौं कि यत्रो छिप्पिसकेको उमेर भएको म यहाँ जागिरको खोजीमा आएको हुँ भन्ने कुरा । यतिका २८ वर्षको उमेर हुँदासम्म मेरा साथीहरू त २–३ पटक विदेश बसेर आफ्नै देशमा व्यवसाय चलाएर बस्न थालेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

बैशाख २२, २०८१

प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...

माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x