×

NMB BANK
NIC ASIA

युवा पुस्तामा बबल टीको क्रेज दिनानुदिन बढ्दो छ । फेसनको रूपमा चलेको बबल चिया छोटो समयमा लोकप्रिय हुँदै गएको छ ।

Muktinath Bank

बबल टी अन्य चिया जस्तो तातो हुँदैन, यो चिल पिउने हो । यो चिया आइस टी जस्तै हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बबल टीलाइ पर्ल मिल्क टी, टोपिका मिल्क टी, बोबा टी धेरै नामले चिनिन्छ । यो पेय पदार्थ गर्मी मौसमका लागि निकै शितलता प्रदान गर्ने ड्रिंक मानिन्छ ।


Advertisment
Nabil box
Kumari

बबल टी ताइवानको एक लोकप्रिय चिसो चिया हो । सन् १९८० को दशकमा यो चिया पहिलोपटक ताइवानमा शुरू गरिएको थियो ।

Vianet communication
Laxmi Bank

सन् १९९० को दशकमा गएर यो संयुक्त राज्य अमेरिका हुँदै विश्वभर छाउन थाल्यो । केही वर्ष पहिले नेपालमा पनि भित्रियो । छोटो समयमा लोकप्रियता पनि बढ्दै गयो ।

कति देशहरूमा बबल टी चिसो र तातो दुवै भर्सनमा तयार गरिन्छ । बबल टी मुख्यतया २ किसिमले तयार गरिने भए तापनि पछिल्लो समयमा आएर यसको भेराइटी स्वादअनुसार दर्जनौं सर्भ गर्न थालिएको छ ।

बबल टी स्टेसन चलाएर शहर बजारमा व्यवसाय गर्नेहरू व्यापक छन् । रेस्टुरेन्टको पेय पदार्थको मेनुमा पनि बबल टीका भेराइटीहरू पाउन सकिन्छ ।

null

बबल टीको मुख्य सामग्री ट्यपियोका पर्ल हो, जुन पिडालुको पिठो (स्टार्च) बाट बनेको हुन्छ, जुन निकै कोमल र चिवी (चुइगम जस्तो) हुन्छ । कफी या टी फ्लेबर पाउडर, क्रिम फ्लेबर पाउडर, जुस फ्लेबर पाउडर प्रमुख हुन्छन् । टी हाउस या सुपर मार्केटमा बबल टीका लागि चाहिने अधिकांश सामग्री उपलब्ध रहने हुँदा स्वास्थ्यका हिसाबले पनि आफैंले घरमा बनाएर पिउँदा उत्तम हुन्छ ।

बजारमा पाइने बबल टीमा कतिपय खतरनाक केमिकल्सहरू पनि प्रयोग हुने हुँदा बालबच्चाका लागि पनि घरकै बबल टी उत्तम मानिन्छ । आकर्षक देखाउन र प्रतिस्पर्धाका कारण बबल टीमा प्राकृतिक सामग्रीहरू कम प्रयोग हुन थालेको छ ।

null

कसरी बन्छ बबल टी ?

बबल टीका लागि सर्वप्रथम कसबा पर्ललाई उम्लेको पानीमा पकाउने । मज्जाले पाकेर सफ्टनेस हुनासाथ चिसो पानीले पखालेर चिस्याउने र एक साइडमा राख्ने । ब्राउन सुगर (खैरो चिनी)को सिरप तयार गरेर बोइल गरेको कसाबा (टोपिका) पर्ललाई भिजाएर राख्ने । अर्को प्यानमा आफूले इच्छाएको फ्लेबरमा ब्ल्याक टी बनाएर राख्ने ।

null

कन्डेन्स मिल्कको डब्बा खोलेर तयारी अवस्थामा घोलेर राख्ने । आफूले इच्छाएको ग्लास या जारमा बोइल गरेर राखेको टोपिका पर्ल हाल्ने र माथिबाट आइस क्युबस हाल्दिने । माथिबाट तयारी अवस्थामा राखेको ब्लेक टी खन्याइदिने र अन्त्यमा कन्डेन्स मिल्क हालेर हल्का चलाउने ।

अब तयार भएको बबल टीमा स्ट्र राखेर सर्भ गर्न सकिन्छ । इच्छा लाग्नेले विभिन्न फ्रुट फ्लेबर र स्टनर थपेर पिउन सकिन्छ ।

nullके हो टोपिका पर्ल ? कसरी बन्छ ?

टोपिका पर्ल हामीले खिर बनाएर खाने साबुदाना जस्तै हो । यो पिडालुको पिठोलाई ब्राउन सुगरको सिरपमा मुछेर डल्लो बनाई सानो–सानो बल आकार दिएर सुकाइ तयार गरिएको हुन्छ । जुन हामीले पिडालुको जराको पिठो (स्ट्राच) बाट सहज रूपमा घरमै बनाउन सकिन्छ तर पनि यो बजारमा या टी हाउसमा सहज रूपमा प्याकेटमा पाइन्छ ।

nullजुन शुद्ध पिडालुको जरालाई सुकाएर पिठो तयार गरी पानी या सिरमा मुछेर तयार गरिएको हुन्छ । तयारी टोपिका पर्ल किनेर ल्याएको हो भने प्याकेट खोलेर कति चाहिने हो प्रयोग गरेपछि राम्ररी सिल गरेर रुम टेम्प्रेचरमा राख्न सकिन्छ । धेरै तातो या धेरै चिसो ठाउँमा राख्नुहुन्न ।

बजारमा किनेको बबल टीको बल टोपिका पर्लको म्याद कति समयसम्म छ हेरेर मात्र किन्नुपर्छ । सामान्यतया यसको म्याद प्याक गरेको मितिले ६ महिना हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x