×

NMB BANK
NIC ASIA

भारतीय प्रधानमन्त्री मोदीविरुद्ध विपक्षी दललाई एकजुट गर्न खोज्दै अरविन्द केजरीवाल

जेठ ११, २०८०

NTC
Premier Steels

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध विपक्षी दललाई एकजुट गराउने प्रयासमा लागेका छन् ।

Muktinath Bank

यसअघि बिहारका मुख्यमन्त्री नीतीश कुमारले आगामी २०२४ मा हुने लोकसभा चुनावका लागि विपक्षलाई एकजुट गराउन खोजेका थिए । मुख्यमन्त्री केजरीवालले भने केन्द्र सरकारले ल्याएको अध्यादेशविरुद्ध विपक्षको सहयोग खोजेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही दिनअघि सर्वाेच्च अदालतले दिल्लीमा कर्मचारीको सरुवा गर्ने अधिकार जननिर्वाचित दिल्ली सरकारलाई भएको ब्याख्या गरेको थियो । त्यसपछि केन्द्र सरकारले अध्यादेश ल्याएर कर्मचारी सरुवा र पदस्थापनको अधिकारी केन्द्र सरकारकै उपराज्यपालसँग राख्न खोजेको छ । कर्मचारी सरुवाका विषयमा केन्द्र र दिल्ली सरकारबीच विवाद हुँदै आएको छ ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री केजरीवालले लोकतन्त्र र न्यायपालिकालाई बचाउन सबै एकजुट हुनुपर्ने तर्क गरेका छन् । उनले मंगलवार पञ्जाबका मुख्यमन्त्री भगवंत मान समेत नेताहरूसहित पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीसँग भेटघाट गरेका छन् । बुधवार केजरीवालले उद्धव ठाकरेलाई उनको घरमा गएर भेटेका छन् ।

Vianet communication

केजरीवालसँगको भेटपछि ठाकरेले भने, ‘आगामी वर्ष चुनावको वर्ष हो । यसपालि यदि रेल छुट्यो भने देशबाट प्रजातन्त्र गायब हुनेछ । विपक्षी दल हामी सबै देशप्रेमी हौं, जो देशबाट प्रजातन्त्र हटाउन चाहन्छन्, उनीहरूविरुद्ध जो छन्, ती नै विपक्ष हुन् । लोकतन्त्र र संविधान जोगाउन हामी एकजुट छौं ।’

आगामी दिनमा मुख्यमन्त्री केजरीवाल अन्य नेताहरूसँग पनि भेटघाट गर्दैछन् ।

मुख्यमन्त्री केजरीवालले सहयोग खोजेपनि केन्द्रमा सबैभन्दा ठूलो विपक्षी दल भारतीय कांग्रेसले कुनै निर्णय लिएको छैन । कांग्रेस महासचिव केसी वेणुगोपालले ट्वीट गर्दै लेखेका छन्, ‘यसका लागि कांग्रेस सबै राज्यका आफ्ना नेताहरू र अन्य पार्टीसँग छलफल गर्नेछ ।’ कांग्रेस दिल्ली र पञ्जाब राज्यका आफ्ना नेताहरूसँग कुराकानी नगरी कुनै निर्णय नलिने भएको छ । दिल्ली र पञ्जाबमा केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) को सरकार छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x