×

NMB BANK
NIC ASIA

‘लाटीको छोरो’ सामाजिक ऐना कि विद्रोहको स्वर?

कात्तिक २०, २०७४

NTC
Premier Steels
यो हल्लै हल्लाको शहर हो । यहाँ आउने तिनैहरु हुन्, जसले हल्ला फिँजाए ।

यो कथन काठमाडौंको मण्डला थिएटरमा प्रदर्शन भइरहेको नाटक ‘लाटीको छोरो’ को हो । कथाकार श्याम साहको कथा सङ्ग्रह ‘अब्बा’ मा सङ्ग्रहित ‘लाटीको छोरो’ अब कथाका रुपमा मात्र रहेन । नेपाली समाजका कुरीति तथा विङ्गतिलाई सुलक्षण भारतीले प्रस्तुत गरेका छन्, यही कथामा आधारित नाटक ‘लाटीको छोरो’ मार्फत ।

तराईको कुनै डोम बस्तीमा चमार जाति बस्ने गथ्र्यो । डोमहरुले पालेका संगुरले बिष्टाएको फोहोरले डोम बस्ती कुरुप बनाएको थियो । पछि डोम बस्तीलाई त्यहाँबाट अन्त कतै सारेर बजार व्यवस्थापन गर्ने निर्णय ग–यो तत्कालीन पञ्चायतले । गाउँको नाम राख्यो – सुन्दर बजार ।

यही परिवेशबाट नाटक शुरु हुन्छ । मञ्चमा सुन्दर बजार देखिँदैन तर सुन्दर बजारका ठूलाबडाको नियति भने टलक्कै टल्किन्छ मञ्चमा । सुन्दर बजार बस्तीको चौतारो (जमघट गर्ने ठाउँ) मा बसेर गाउँका समस्याको उत्खनन् भइरहन्छ बेलाबेला । यहीं हुन्छ न्याय दिलाउने बहस । पञ्चायत पनि यहीं बस्छ ।

पतिको मृत्युपछि त्यही चौतारो छेउको सुनसान घरमा बस्दै आएकी पवित्रालाई समाजले बोक्सी भएको र आफ्नै श्रीमानलाई डसेको हल्ला फैलाइदिन्छ तर तिनै हल्ला फैलाउनेहरु नै बोक्सी भनिएकी पवित्राको बलात्कार गर्न राति उनी बस्ने झुपडीसम्म आइपुग्छन् बेलाबेला ।

एकातिर सुन्दर बजारमा सुर्जा डोम छ, जो आफूले पाउनुपर्ने जग्गा पनि नपाएको भन्दै ठूलो स्वरमा कुर्लिरहन्छ । अर्कोतिर गाउँमा लाटी छे, जो फोहोरी भएर पनि धेरैको ध्यान खिच्न सक्छे । गाउँमै बस्छन्, नेता विषनाथ, पवित्रा, सरुवा भएर आएको असई प्रेमबहादुर थापा, हवल्दार बच्चु यादव, पण्डित चन्द्रकान्त झा र अन्य ।
यिनै पात्रको माध्यमबाट स–साना दृश्यले कथानक डो–याउँदै ठूलो समस्यालाई उठान गरेको छ नाटक ‘लाटीको छोरो’ ले ।

नाटकमा देखिएकी अर्की महिला पात्र लाटी (केनिपा सिंह) को माध्यमबाट समाजमा वुद्धिजिवी भनिएकाहरुले नै कसरी लाटी बोल्न नसक्नुको फाइदा उठाउँछन् भन्ने कुरालाई निर्देशक सुलक्षण भारतीले कलात्मक रुपमा प्रस्तुत गरेका छन् । यिनै दुई पात्र पवित्रा र लाटीको वरिपरि घुमेको नाटक त्यतिबेला चरोमोत्कर्षमा पुग्छ, जब बेबारिसे लाटीको पेटमा भएको बच्चा हुर्कदैं जान्छ । त्यसपछि देखिएको द्वन्द्व नै नाटकको मुल शक्ति हो ।

सामाजिक यथार्थवादी नाटक ‘लाटीको छोरो’ ठूला भनाउँदा व्यक्तिले कसरी शक्तिलाई आफू अनुकुल प्रयोग गरिरहेका छन् भन्ने कुरालाई पञ्चायतका माध्यमबाट देखाएपनि नाटक अहिलेको ‘गणतान्त्रिक समाज’ को पनि ऐना हो ।

चार दशकपछि नेपाली नाटकमा अभिनय गरेका कलाकार टीका पहारी नेता विषनाथको भूमिकामा देखिएका छन् । सुन्दर बजारका व्यापारी, डोम, चिया व्यापारी, नाइ पसले, गरीब, शिक्षक, व्यापारी, लाटो समाज, निमुखा वर्ग लगायतका सबै पात्रको नेतृत्त्व नाटकमा छ । र ती सबै पात्रको अभिनयले दर्शक लोभिन्छन् पनि । नाटकलाई ध्वनि तथा लाइटले अझ उँचो बनाइदिएको छ । बेलाबेलामा नाटक वाचन (न्यारेसन) ले सुन्दर बजारको असुन्दरतालाई खोतलखातल गरेको छ ।

बेलाबेलामा दोहोरिन्छ, ‘यो हल्लै हल्लाको शहर हो । यहाँ आउने तिनैहरु हुन्, जसले हल्ला फिँजाए ।’
सुँगुरले बिष्टाउने डोम बस्तीलाई गाउँका ‘बुज्रुक’ ले असुन्दर बस्ती बनाउँछन् या सुन्दर बजारको समाज नै असुन्दर बन्छ भन्ने बुझ्न नाटक हेर्नुहोला । तराईको कुनै गाउँको बस्ती भनिए पनि नाटकले पूरै नेपालको समस्यालाई चित्रित गरेको छ ।

सबै थाहा भएर पनि थाहा नभएको नाटक गर्नुपर्ने स्थिति पनि नाटकमा लाटो पात्रको माध्यमबाट प्रस्तुत गरिएको छ । नाटक हेरिसक्दा सुन्दर बजार सुन्दर होला या नहोला तर यो रीति सधै दोहोरिनेछ भन्नेमा दर्शक विश्वस्त भइसकेका हुन्छन् । नाटकले भन्छ, ‘हल्ला उनीहरुले फैलाउँछन्, जो स्वार्थी छन् र स्वार्थकै लागि समाज रुपान्तरणको नारा लगाउँछन् ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x