×

NMB BANK
NIC ASIA

नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्न आईजीपी कुँवरको निर्देशन

जेठ १६, २०८०

NTC
Premier Steels

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सेवाको गुणस्तर अभिवृद्धिमा कटिवद्ध हुन निर्देशन दिएका छन् ।

Muktinath Bank

७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू एवं सबै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूलाई मंगलवार भर्चुअल माध्यमबाट महानिरीक्षक कुँवरले यस्तो निर्देशन दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरी कर्मचारीहरूले आफ्नो आचरण, व्यवहार, इच्छाशक्ति तथा कामप्रतिको उत्प्रेरणामा सुधार गर्दै नागरिकमैत्री सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेर कार्य सम्पादन गर्नुपर्ने उनको भनाइ थियो ।


Advertisment
Nabil box
Kumari

नेपाल सरकार र प्रहरी संगठनको नीतिका साथै संगठनको आन्तरिक सुदृढिकरणलाई प्रमुख एजेण्डा मानेर अगाडि बढ्नुपर्ने बताउँदै उनले भने, ‘विशुद्ध रूपमा व्यावसायिक निष्ठाका साथ कार्य सम्पादन गर्ने, संगठनप्रति बफादार रहने, व्यक्तिगत स्वार्थ भन्दा संगठनको स्वार्थलाई प्राथमिकतामा राख्ने र त्यो अनुसारको काम कारवाही बोल्ने भन्दा पनि व्यवहारमा लागू गरेर त्यसको रिजल्ट आउने गरी कार्य सम्पादन हुनुपर्छ ।’

Vianet communication

महानिरीक्षक कुँवरले सीमावर्ती अपराध नियन्त्रण, तस्करी नियन्त्रण, अवैध चोरी पैठारी नियन्त्रण तथा राजश्व संकलनमा थप क्रियाशील भई कार्यसम्पादन गर्नका लागि पनि निर्देशन दिएका छन् ।

नागरिकप्रति अपनत्व भाव राखी नागरिकस्तरबाट आएका सूचनालाई प्रोएक्टिभ रूपमा प्रयोग गर्नुपर्ने उल्लेख गर्दै उनले संगठनको छवि र साखमा वृद्धि गर्न विभिन्न किसिमको सिर्जनात्मक क्रियाकलाप सञ्चालन गरी संगठनको लक्ष्य प्राप्तिका लागि सबै एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x