×

NMB BANK
NIC ASIA

लोकेन्द्र बञ्जाराको गजल सङ्ग्रह ‘पलक’ सार्वजनिक

काठमाडाैं | जेठ २९, २०८०

NTC
Premier Steels
    • लोकेन्द्र बञ्जाराको गजलसङ्ग्रह ‘पलक’ शनिवार  लोकार्पण भएको छ ।

    लोकेन्द्र बञ्जाराको गजलसङ्ग्रह ‘पलक’ शनिवार  लोकार्पण भएको छ । प्रा.डा. कृष्णहरि बराल, गजलकार ललिजन रावल, गजलकारहरू क्रमशः  बाबु त्रिपाठी, भरत पौडेल र लोकेन्द्र बञ्जाराले कृति लोकार्पण गरेका थिए । 
    प्रा.डा. कृष्णहरि बराल र गजलकार ललिजन रावललाई गजल लेखनको विगतदेखि वर्तमानसम्मको अवस्था र पलकभित्रका गजलका  शक्ति र सीमाका सम्बन्धमा प्रश्न गरेका थिए । प्रा.डा. कृष्णहरि बरालले गजलको सिद्घान्तका बारेमा धारणा राख्दै पलकभित्रका गजलहरू मार्मिक र ध्वन्यात्मक रहेको विचार प्रस्तुत गरे । नेपाली जनजीवनलाई नजिकबाट नियालेर लेखिएका बञ्जाराका गजलमा विषयको विविधता रहनु उनका गजलको शक्ति हो भन्ने विचार व्यक्त गरेका थिए । 

    Muktinath Bank

     गजलकार ललिजन रावलले बहुलवादी समाजमा हरेक लेखकले आ–आफ्ना शैलीमा गजल प्रस्तुत गर्न सक्छन् भन्ने धारणा राखेका थिए । ‘गजलमा बाढी आएको’ भन्ने उक्तिलाई सम्बोधन गर्दै रावलले भने, ‘बाढीले माछा र भ्यागुता दुवै ल्याउन सक्छ, हामी गजल लेख्नेले माछा चिन्न सक्नुपर्छ ।’  लयको व्यवस्थापन नै गजलको बहर हो भन्दै नेपाली गजल साहित्यमा आएको नयाँ गजलसङ्ग्र ‘पलक’ पठन योग्य कृति रहेको विचार व्यक्त गरेका थिए । गजलसङ्ग्रह ‘पलक’ लाई पेज टर्नर प्रालिले बजारमा ल्याएको छ ।


    Advertisment
    RMC TANSEN
    IME BANK INNEWS
    shivam ISLAND

    Advertisment
    Nabil box
    Kumari
    Vianet communication
    hAMROPATRO BELOW NEWS
    TATA Below
    असोज १०, २०८०

    गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

    कात्तिक २८, २०८०

    गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

    मंसिर २, २०८०

    गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

    कात्तिक ८, २०८०

    पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

    चैत ३०, २०८०

    लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

    असोज ६, २०८०

    सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

    आफैँ हराएको सूचना !

    आफैँ हराएको सूचना !

    बैशाख २२, २०८१

    मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

    जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

    जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

    बैशाख १९, २०८१

    २०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

    उही खाट उही घाट

    उही खाट उही घाट

    बैशाख १५, २०८१

    धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

    x