×

NMB BANK
NIC ASIA

साहित्यकार गणेश रसिक सम्मानित, लोकसङ्गीत खस्किँदै गएकामा चिन्ता

झापा | असार २, २०८०

NTC
Premier Steels

अग्रज साहित्यकार तथा सङ्गीतकार गणेश रसिकलाई झापामा आज साहित्य, संस्कृति तथा कला (सासंक) पुरस्कारबाट सम्मानित गरिएको छ ।

Muktinath Bank

सासंक प्रतिष्ठान झापाले नेपाली साहित्य, सङ्गीत र कलाको उत्थानमा अतुलनीय योगदान पुर्‍याएवापत उनलाई रु २५ हजार नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्मानित साहित्यकार रसिकले अहिले लोकसङ्गीत खस्किँदै गएकामा चिन्ता प्रकट गरे । उनले नयाँ पुस्ताका कलाकारलाई धैर्य, खोज र गम्भीरताका साथ लोकभाका, लोकनृत्य र लोकबाजाको संरक्षणमा जुट्न आह्वान गरे।


Advertisment
Nabil box
Kumari

साहित्यकार एवं इतिहासकार युद्धप्रसाद वैद्यले सम्मानित सर्जक गणेश रसिक बहुआयामिक व्यक्तित्वका धनी र मुलुकको भाषा, संस्कृति र साहित्यलाई अति माया गर्ने योद्धा भएको बताए । 

Vianet communication

इलामको सूर्योदयस्थित फिक्कल निवासी ७६ वर्षीय साहित्यकार गणेश रसिकको पूरा नाम गणेशकुमार राई हो । उनको जन्म विसं २००४ असोज ४ गते भोजपुरको छिनामखु–५ नौलागाउँमा भएको थियो । उनी बसाइँ सरेर इलाम पुगेका हुन् ।

इलाममा आएपछि विष्णु नवीनलगायतका साहित्यकारको सङ्गतमा रहेर उनी साहित्य र सङ्गीतको साधनामा लागेका अग्रज पत्रकार चन्द्र भण्डारी बताउँछन् । उनका दशगजामा उभिएर, छपक्कै मनमा बसेका, ताराभन्दा सपना धेरै, मुनिया र उसको छोरो, आकाशगङ्गाको ओतमुनि, पेरुङ्गोलगायतका कृतिहरू प्रकाशित छन् ।

सङ्गीत क्षेत्रमा समेत उनको योगदान छ । रत्न रेकर्डिङ, सांस्कृतिक संस्थान, साझा प्रकाशनलगायतका संस्थामा अध्यक्ष रहेर उनले मुलुकको सङ्गीत र साहित्य क्षेत्रको जगेर्नामा योगदान पुर्‍याएका छन् ।

विसं २०३२ मा रेडियो नेपालबाट उत्कृष्ट गीतकारका रूपमा सम्मानित उनका तीन सयभन्दा बढी आधुनिक, लोक, स्वदेश गानलगायतका गीत रेकर्डिङ भइसकेको सङ्गीतकार टीका भण्डारी बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x