चैत ३०, २०८०
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
नुवाकोटको देवीघाट क्षेत्रलाई बृहत्तर धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले श्रीमद्देवी भागवत नवाह महायज्ञ आयोजना गर्ने निधो गर्यो एक सामाजिक संस्थाले ।
संयोजकमा गोपाल तोकिएको थियो अनौपचारिक रूपमा । व्यापक छलफलपछि प्रमुख वाचकमा पोखरेलथरी कुशल वाचक निम्त्याउने निधो भयो सञ्चालक समितिको तर्फबाट, जो त्यतिखेर निकै चर्चित पण्डितमा पर्थे ।
जादूमयी स्वर र अद्भूत वाचन कलाका कारण श्रोतालाई लठ्ठ पार्ने क्षमता थियो उनमा । उनले घरआँगनमा सीमित पौराणिक कथालाई सामाजिकरूप दिने काम मात्र गरेका थिएनन् । यज्ञ अनुष्ठानबाटै विकास निर्माणमा सघाउने काम समेत गर्दै आएका थिए ।
जीवनभर कथा भने, भनी नै रहे, मानौं कथा भन्नकै लागि आएका थिए उनी । मेची, काली, हिमाल, पहाड, तराई कतै बाँकी राखेनन् । जताततै उनकै माग हुन्थ्यो, उनकै नाम लिइन्थ्यो ।
यद्यपि आलोचना पनि नभएको होइन उनको । खासगरी चारित्रिक पक्ष र आर्थिक पक्षमा बढी आलोचना हुने गरेको सुनिन्थ्यो ।
चारित्रिक दृष्टिले निकै कमजोर पात्र हुन् भन्ने गर्थे आलोचकहरू । जहाँजहाँ पुराण भन्न गयो त्यस्तै परे त्यहीँबाट एउटी श्रीमती भित्र्याउन बेर लगाउन्नन् भन्ने पनि थिए । कुनि कुन हो एक ठाउँबाट त यजमानकै श्रीमती दान लिएर आए रे भन्ने पनि थिए ।
वास्तविकता के हो उनीहरू नै जानून् । तथापि सबैलाई थाहा भएको चाहिँ के हो भने गोडा चारेक श्रीमती चाहिँ औपचारिकरूपमै थिए । थाहा छैन अनौपचारिक कति थिए । एकाध अनौपचारिकले अंश मुद्धा नै गरेका थिए रे भन्नेसम्म चाहिँ सुनिएको हो । कतिलाई के कति दिएर मिलाए, कतिलाई भित्रभित्रै त्यत्तिकै मिलाए त्यो पनि उनै जानून् ।
हाल उनको भौतिक शरीर त छैन । १० वर्षे सशस्त्र द्वन्द्वको आगोको लप्काले उनलाई पनि बाँकी राखेन तर सम्झना गर्नेहरू भने अहिले पनि उत्तिकै छन् ।
आर्थिक पक्षको कुरा गर्दा दक्षिणामा मोलमोलाई गर्छन् भन्ने गरिएको पाइन्थ्यो । करोडभन्दा बढी संकलन भएको खण्डमा १० प्रतिशत दाबी गर्थे रे ! सोभन्दा कम भएमा आफूलाई त चाहिन्न तर आफ्नो टोलीलाई भनेर मोटै रकम माग गर्थे रे ! सुनिएको कुरा हो, के कति सत्यता थियो ? उनीहरू नै जानून् यहाँ पनि । तथापि सायद मानिस भेला गरी पैसा झार्न खप्पिस भएकाले हुनुपर्छ आयोजकहरू सकेसम्म उनैलाई बोलाउने गर्दै आएका थिए ।
गोपाल पहिलेदेखि नै यस प्रवृत्तिको विरोधी थियो । पहिलो कुरा त धार्मिक यज्ञ–अनुष्ठानको नाममा पैसा उठाएर तमासा गर्नै हुँदैन भन्ने पक्षमा थियो । दोस्रो कुरा विकास गर्छौं भनेर पैसा उठाइसकेपछि हिसाबकिताब पारदर्शी हुनुपर्छ, यहाँसम्म कि यस्ता यज्ञमा दिइएको पण्डित, पुरोहितको दक्षिणालाई समेत करको दायरामा ल्याउनुपर्छ भन्ने मान्यता थियो उसको ।
सायद त्यसै भएर हुनुपर्छ, शुरूमा गोपाल उनैलाई आमन्त्रित गर्ने भन्ने सम्बन्धमा सहमत थिएन । तथापि बहुमत देखेपछि अन्ततः ऊ पनि उनैलाई बोलाउनेमा सहमत भयो । यसो भनिरहँदा के पनि बिर्सन हुन्न भने उसले सहमति जनाउनुको पछाडि अर्को पनि कारण थियो । त्यो के भने गोपाल पहिलेदेखि नै उनीबारे उठेको गुनासो परीक्षण गर्ने पक्षमा थियो तर समय भने अनुकूल हुन सकिरहेको थिएन । अहिले अनायासै समय अनुकूल हुन पुगेकाले त्यसैलाई प्रयोगमा ल्याउने विचार गरेको थियो उसले ।
निश्चित समयमा यज्ञ शुरू भयो । पण्डितजी आफ्नो वागीना (वाद्य, गीत र नाच) को जम्बो टोली लिएर आए तर रकम भने खासै संकलन भएन । बुवाआमाले खाजाका लागि दिएका पैसा कटाएर दान गर्ने केही महामना विद्यार्थी बालबालिकाबाहेक स्वच्छ मनले दान गर्ने खासै देखा परेनन् भन्दा हुन्छ । जब यज्ञ समाप्ति भयो, पण्डितजी र उनको टोलीलाई दिनुपर्ने दक्षिणाको कुरा आयो । सल्लाह माग्दा पण्डितजीले मलाई त चाहिन्न तर साथीहरूलाई दिनुपर्छ भन्दै मोटै थैली माग गरे ।
पण्डितीजीको कुरा सुनेर आयोजक समिति धर्मसंकटमा पर्यो । उसले दक्षिणाका लागि छुट्याएको रकमले त मागअनुसार आधा पनि नपुग्ने भयो । झारझुर गरी आधासम्म जुटे पनि आधा बाँकी नै रह्यो । त्यसैले बाँकी रकम काठमाडौं गएर दिनेछौं भन्न बाध्य हुनुपर्यो आयोजकहरूलाई । पहिले त पण्डितजी मानेका थिएनन् । जसरी भए पनि अहिले नै चाहिन्छ भनिरहेका थिए तर अर्को विकल्प नदेखेपछि त्यसै हो भने पर्सिसम्म घरमा श्रीमतीलाई दिनुहोला भन्दै त्यतैबाट स्याङ्जातिर लागे, त्यस्तै अर्को कार्यक्रममा ।
काठमाडौं फर्केपछि बाँकी रकम बुझाउन जाने कुरा उठ्यो । यसमा भने खुलेरै असहमति जनायो गोपालले । उसको आशय थियो जति दिइएको छ, त्यति नै काफी छ पण्डितजीको दक्षिणा, बाँकी रकम उनलाई दिनुभन्दा गरीब विद्यार्थी पढ्ने कुनै स्कूललाई दिनु राम्रो होला तर संस्थाका अध्यक्ष थिए बढी नै धार्मिक प्रवृत्तिका । जहाँ जे भए पनि कसैलाई दिन्छु भनिसकेपछि नदिनु कूलपरम्परा विपरीतको काम हो भन्ने पक्षमा थिए उनी ।
ब्रह्मस्व पचाउनुहुन्न भन्ने कथा सुनियो, पितृहरूले के भन्लान्, जसरी भए पनि बोलिएको रकम दिनैपर्छ भने मुखैले पनि ।
उनको कुरा सुनेपछि गोपालले सोझै विरोध त गरेन तर कम्तीमा रकम बुझाउन आफूचाहिँ जान नसक्ने भन्ने कुराको अडान राख्न भने बाँकी राखेन । पछि थाहा भयो अध्यक्ष आफैंले बुझाएर आएका रहेछन् ।
काम समाप्त भयो, सबैले बिर्संदै गए तर गोपालले बिर्सन सकेन र केही दिनपछि एक राष्ट्रिय दैनिकमा यसै सम्बन्धी लामै लेख छपायो । लेख खासै नकारात्मक थिएन । मात्र केमा प्रस्ट हुन आग्रह गरिएको थियो भने अमुक पण्डितजी राम्रा मानिस हुन्, थुपै्र राम्रा काम गरेका पनि छन् । तथापि उनीबारे केही नकारात्मक टिप्पणी रिजर्भ छन् । त्यसैले यसमा भने उनी प्रस्ट हुनैपर्छ, ताकि गुनासाहरूले गुम्सिने अवसर नपाउन् तर पण्डितजीले भने त्यति सामान्य कुरालाई पनि पचाउन सकेनछन् र गोपाल कार्यरत संस्थामा फोन गरेर धम्क्याउँदै भनेछन्, ‘त्यो गोपाल भन्ने मानिस को हो ? सुरक्षित रहन भनिदिनू । यसैगरी बढी जान्ने हुन खोज्ने हो भने जे पनि हुन सक्छ ।’
त्यसको भोलिपल्ट उनकै भनाइलाई लिएर फलानाद्वारा फलानालाई धम्की शीर्षकमा समाचार छापियो सोही दैनिकमा । त्यसपछि चाहिँ के भएछ कुन्नि सायद मुखमा बुझो लागेछ कि यसबारे कतै बोलेको सुनिएन ।
समय बित्दै गयो । एकैपटक भारतको गोरपुरमा भएको विश्वहिन्दू महासम्मेलनमा भेट भयो गोपालसँग उनको । गोपाललाई देख्नासाथ उनले नजिकै आएर भने, ‘आरामै हुनुहुन्छ ?’
गोपाल पनि के कम थियो र ठाडै भनिदियो, ‘तपार्ईंले सुरक्षित रहनु भन्नुभएको रहेछ, सुरक्षित छु ।’
त्यसपछि के लागेछ कुन्नि नीलो अनुहार लगाउँदै भने, ‘कहाँ हुनु हजुर ! त्यत्तिकै भनेका हुन् ।’
यति भनेर उनी हिँडे । त्यसपछि कहिल्यै भेटेन गोपालले उनलाई । पछि सुन्यो, ‘कुन्नि के जातिवादीले गोली हानेर पण्डितजीलार्ई सदाका लागि बिदा गर्यो रे !’
विचरा अरूलाई सुरक्षित रहनु भन्ने धम्की दिँदै हिँड्ने व्यक्तिले आफैँलाई सुरक्षित राख्न सकेनन् । विडम्बना पनि कस्तो ? समय पनि कस्तो ? सम्झदा अहिले पनि नमीठो लाग्ने गर्छ रे गोपाललाई ।
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...