×

NMB BANK
NIC ASIA

राजकुमारको कृषि कथा : मेहनत गरे सफलता मानिसको पछिपछि आउँछ

सिन्धुपाल्चोक | असार २४, २०८०

NTC
Premier Steels

गोठभरि गाईवस्तु, केही ‘लोकल’, केही सुर्ति प्रजातिका भैंसी । केही क्रस प्रजातिका राँगा, केही ‘लोकल’ कुखुराहरू पनि ।

Muktinath Bank

सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाको १२ नम्बर वडाका राजकुमार ढकालको गोठ गाईभैंसी र लोकल कुखुराले भरिभराऊ छन् । वैदेशिक रोजगारीमा ७ वर्ष बिताएर गाउँ फर्किएसँगै उनी कृषि पेशामा आकर्षित भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विदेशमा ७ वर्ष कमाएर ल्याएको पैसा र बैंकमा घरजग्गा धितो राखेर ऋण निकालेका उनको गोठमा २५ गाईभैंसी र ४० लोकल कुखुरा छन् ।


Advertisment
Nabil box
Kumari

लामो समय विदेश बसेर आए पनि सोचेजस्तो आम्दानी नभएपछि उनी कृषि पेशामा आकर्षित भएको बताउँछन् । ‘आफ्नै माटोमा केही गर्छु भनेर आएको छु, लगानी धेरै छ, हेरौं सफल भइन्छ कि ?’ उनले भने ।

Vianet communication

देशमा थुप्रै राजनीतिक परिवर्तन भए । देशको व्यवस्था फेरियो तर राजकुमारको अवस्था भने फेरिन सकेन । उहीँ पुरानै अवस्था देखेपछि उनले विदेश जाने निधो गरे र उनी मलेसिया हुइँकिए ।

उजाड सपना र केही गरेर खान नसक्ने आफन्त र गाउँलेको तिखो वचनले विक्रम संवत् २०६५ सालमा मलेसिया पुगेका उनी मलेसियामा पनि धेरै दुःख गुजार्नुपरेको बताउँछन् ।

‘मलेसियामा मैले फोहोरमा काम गरेको हुँ, धेरै दुःख व्यहोरेको छु,’ उनले भने । मलेसियामा सोचेजस्तो आम्दानी नभएपछि उनी त्यहाँबाट भागेर स्वदेश फर्किए । स्वदेश फर्किएपछि पनि के गर्ने भन्ने अन्योलता उनको मनबाट हटेन र फेरि उनी कतार गए ।

कतारमा उनले विमानस्थलमा काम पाए तर सोचेजस्तो तलब नपाएपछि २ वर्षमै उनी फेरि स्वदेश नै फर्किए ।

घरपरिवार र आफन्तसँग केही समय बिताएपछि फेरि पनि उनले विदेशी भूमिमै जाने निधो गरे र दुबई गए । दुबईमा पेट्रोल पम्पमा काम पाए । ३ वर्ष कतार बस्दा पनि सोचेजस्तो कमाई नभएपछि उनी फेरि स्वदेश नै फर्किए । विदेशी भूमिमा ७ वर्ष समय बिताएका उनले विदेशबाट फर्किंदा जम्मा ५ लाख लिएर फर्किएको बताए ।

७५ लाखको लगानी

गाईभैंसीपालनका लागि उनले विदेशबाट कमाएर ल्याएको र ऋण गरेर ७५ लाख रुपैयाँको लगानी रहेको बताए । दूध बोक्नलाई बोलेरो समेत किनेका उनले लक्ष्मी बैंकबाट ६० लाख ऋण लिएको बताए । ‘मैले लक्ष्मी बैंकबाट मात्रै ६० लाख ऋण लिएको छु । ३५ लाखको वस्तु मात्रै छन्,’ उनले भने । शुरूमै त्यत्रो लगानी गर्छुभन्दा घरपरिवारबाटै हतोत्साहित गर्ने काम भएको उनी सुनाउँछन् ।

‘शुरूमै यत्रो लगानी गर्छु भन्दा त घर परिवारबाटै नगरौं भन्ने कुरा आएको थियो,’ उनले भने । अहिले भने ढकालको परिवारमा खुशी छाएको छ । उनको हिम्मतले आज सफलता र खुशी बनाएको छ ।

विदेशमा १६ घण्टासम्म काम गरेको बताउने राजकुमार अहिले मासिक ३ लाख आम्दानी गर्छन् । गाईवस्तुको आहारबाहेक उनको मासिक डेढ लाख बच्छ । ‘महिनामा ३ लाख कमाउँछु । त्यति नकमाए त मेरो घरजग्गा बैंकले लगिहाल्छ नि,’ उनले भने । उनी पैसा कमाउनकै लागि खाडी जानु नपर्ने बताउँछन् । जाँगर हुने मानिस विदेश जानुभन्दा गाउँमै केही गर्न उनी सुझाउँछन् ।

आफ्नै उत्पादन आफ्नै व्यापार

राजकुमारको काम दूध मात्रै उत्पादन गर्ने होइन, उनी दूध बेच्ने पनि गर्छन् । उनको आफ्नै दूध डेरी पनि छ । मेलम्ची बजारमा उनले गाईभैंसीपालनसँगै दूध पनि आफ्नै डेरीबाटै बेच्छन् । उत्पादन गरेको दूध अन्त पुर्‍याउनुपर्ने झन्झट उनलाई छैन । दैनिक १२० लिटर दूध उत्पादन हुने उनको गाई फार्मबाटै उनलाई मनग्य दूध पुग्दछ । आफ्नै उत्पादित दूधबाट पनिर लगायत अन्य परिकार पनि बनाउने गरेको उनी बताउँछन् ।

जीवनमा खुशी पाउनका लागि झण्डै ३० वर्ष संघर्ष गरेका ढकालको मुहारमा खुशी आउन ४ वर्ष काफी समय भयो । मलेसियाको तातो घामदेखि काठमाडौंका गल्ली–गल्लीमा संघर्ष गरेका उनी गाउँ फर्किएर कृषि पेशामा संलग्न भएको ४ वर्षमै उनको मुहारमा खुशी छाएको हो ।

शुरूमा ५ लाख लगानी गरेर कुखुरापालन समेत गरेका उनी हतार र हतास गर्न नहुने बताउँछन् । उनी सफलता मानिसको पछिपछि आउने गरेको बताउँछन् । ‘हामी हतार र हतास बन्न नहुने रहेछ । धैर्य गर्ने हो भने प्रतिफल आउँछ सफलता पाइन्छ,’ उनले भने । – देवराज सुवदी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x