×

NMB BANK
NIC ASIA

‘असारे मैनामा’ देखि ‘कुटुमा कुटु’ सम्म, लोकशैलीमै सबैको रुचि

कात्तिक २०, २०७४

NTC
Premier Steels

नेपाली संगीतमा आधुनिक तथा पप गीतले एकछत्र राज गरेको थियो एक समय । केही दशकसम्म यस्ता गीतले बजारले नेपाली संगीतमा राम्रै प्रभाव पार्‍यो ।

आधुनिक गीतको बजार उकालो लागिरहँदा लोकगीतको माहोल कम चर्चामा थियो । आधुनिक गीत सुन्ने पारखीले लोकगीतका श्रोता तथा दर्शकलाई हेयका दृष्टिले हेर्नेसमेत गरिन्थ्यो । तर अहिले समय फेरिएको छ ।

लोकगीतको जगेर्ना गर्ने चलन पहिलेदेखि नै क्रमिक रुपमा भएको थियो । यसका स्रोता सीमित थिए । तर आजभोलि आम मान्छेको बोलीचालीको ‘भाका’  बन्न थालेको छ । समाजमा प्रचलित लोकभाका (जस्तैः देउडा, सोरठी, रोइला, दोहोरी, सालैजो आदि) को जगेर्नाका साथै रेकर्ड गरिने चलन पनि बढ्दो छ ।

एक दशक अघिसम्म सुदूरपश्चिममा स्थानीय लवजअनुसारका विभिन्न भाकामा देउडा मात्र गाउने चलन थियो । तर अहिले सुदूरपश्चिममै पनि लोकगीतमा विविधता थपिँदै गएको छ ।

लोकशैलीका गीतलाई अहिले मात्र रुचाइएको होइन । चलचित्रमै समेटिएका लोकभाकाका ‘सुन सुन सानु’, ‘वारि जमुना’, ‘मोहनी लाग्ला है’ ‘कान्छी हे कान्छी’, ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’, ‘चट्ट रुमाल क्या मालुम्’ लगायतका गीत अहिले पनि उत्तिकै लोकप्रिय छन् ।

त्यस्तै पप गीतमा पनि लोकशैली समेटिएको ‘झ्याम्म झ्याम्म’, ‘जर्मनको धावामा’, ‘सान्नानी तिमीलाई’ लगायतका गीत दर्शक/श्रोताले सर्वाधिक रुचाएका छन् ।

दर्शकले चलचित्रमा समेत लोकशैलीका गीतलाई बढी रुचाउन थालेका छन् । पछिल्लो समय ‘हिट’ भएका गीतमध्ये धेरैजसो लोकशैलीकै गीतहरू छन् । असारे मैनामा, आमाले सोध्लिन् नि जस्ता लोकशैलीका भाका अहिले पनि दर्शकले रुचाएका छन् ।

‘यो युग सामाजिक सञ्जालको युग हो । त्यसो त पहिले पनि लोकशैलीका गीत रुचाइन्थे तर त्यतिखेर संसारभर श्रोताको पहुँच पुग्न नसकेकाले कति गीत ओझेलमा परेका हुन्’, कुटुमा कुटु, चिरबिर चिरबिर चाँचरी, पूर्व पश्चिम रेल जस्ता बहुचर्चित गीतका गीतकार तथा गायक राजनराज शिवाकोटी भन्छन्, ‘अहिले लोकभाकाका गीत रुचाइनुमा शब्द, संगीत, गायन, अभिनय सबै कुराको तालमेल नै मुख्य कारण हो ।’
लोकगीतको ‘शक्ति’ शब्दको मौलिकतामा भेटिने शिवाकोटीको बुझाइ छ । उनी भन्छन्, ‘गीतको पनि चल्ने कुनै समय हुन्छ । अहिले लोकशैलीका गीत दर्शकले रुचाउनुभएको छ । भोलि कस्ता गीत रुचाउनुहुन्छ भन्न सकिन्न ।’

लोकगीत मात्र नभई अहिले आधुनिक, पप, –याप आदि गीत सुन्ने स्रोता तथा दर्शक पनि उत्तिकै छन् । तर लोकशैलीलाई नै अंगालेको नेपथ्य र कुटुम्ब ब्याण्डका गीत रुचाइएको देखिन्छ । संगीतमा नेपाली बाजाको प्रयोग पनि बढ्दै जानुलाई पनि धेरैले नेपाली संगीतमा मौलिकताका रूपमा हेर्ने गरेका छन् ।

वरिष्ठ लोकगायिका तथा सर्जक हरिदेवी कोइराला आजभोलि लोकगीतको माहौल व्यापक बन्दै गएको स्वीकार्छिन् । लोकशैलीमा भएको मौलिकता र अपनत्वले लोकगीतलाई सधैं जीवित बनाउँछ भन्ने तर्क राख्छिन् कोइराला ।

‘केही समय दर्शकले लोकशैलीका गीतभन्दा अन्य गीतलाई बढी रुचाउनुभयो होला तर लोकगीत कहिल्यै ओझेलमा पर्दैन,’ कोइराला थप्छिन्, ‘सरल र सबैको मनमा भिज्न सक्ने भएकाले लोकगीत नेपाली संगीतको जननीजस्तै भएको छ ।’

अहिले युवापुस्ताले पनि लोकशैलीलाई रुचाउन थालेकोमा कोइराला खुशी छिन् । लोकगीतमा हुने आफ्नोपनको प्रभावले गर्दा कहिल्यै ओझेलमा नपर्ने उनी बताउँछिन् । ‘लोकगीत भनेको लोकको गीत हो, त्यसैले लोकगीत आज पनि प्रभावशाली छ । यो त भोलि पनि मर्दैन’, कोइराला भन्छिन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x