×

NMB BANK
NIC ASIA

आदिकवि भानुभक्तको जन्मजयन्तीमा योगदानबारे चर्चा

पाेखरा | असार ३०, २०८०

NTC
Premier Steels

शुक्रवार २१०औं भानु जयन्ती । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यलाई गण्डकीका वाङ्मयप्रेमीले पनि सम्झिए । कसैले भानुभक्तको चित्र कोरे । कसैले कविता सुनाए । कसैले उनको योगदानबारे चर्चा गरे । 

Muktinath Bank

‘न बिर्से पुराना अदा टाँसिएछ
कथा लेख्छु घाँसी कुँवा नासिएछ
    बुझायौँ सबैमा उतारेर भाषा
    सुनायौँ खुसी भई कथा रामगाथा...’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यामन्दिर पुस्तकालय र धौलागिरि साहित्य प्रतिष्ठान बागलुङद्वारा संयुक्त रूपमा आयोजित भानु जयन्ती समारोहमा सर्जक रामचन्द्र शर्माले सुनाएको कवितांश हो यो । आदिकविको सम्झनामा उनले अगाडि थपे – 


Advertisment
Nabil box
Kumari

‘चरा मिर्मिरेमा गरी चिर्रचिर्र
मीठो गीतको बोल गाए विचित्र
छ रिस्ती बगेको सफा स्वस्थ ठाउँ
रहेको छ हाँसी उहीँ रम्घा गाउँ...’

Vianet communication

सर्जकले राष्ट्रिय विभूति समेत रहेका भानुभक्तको प्रशंसामा गहकिला शब्द खर्चिए । घाँस बेचेर कुवा खन्ने घाँसीबाट भानुभक्त प्रेरित भएको प्रसङ्गलाई सर्जक विष्णुनाथ गौतमले कवितामार्फत सुनाए – 

‘केही धन बचाएर कुवा खनाउँछु
यात्रा गर्ने बटुवालाई पानी पिलाउँछु
यस्तै कुरा भानुज्यूले घाँसीसँग गर्दा
मनभित्रै बत्ती बल्यो, खुल्यो ज्ञानको पर्दा...’

भानुभक्तप्रतिको सद्धाभावले ओतप्रोत कवितामा सर्जक कोपिला कँडेल यसरी अभिव्यक्त भए –

‘भानु तिम्रो कर्मपथमा पाइला त्यतै बढाउँछु
आज तिम्रो जन्मदिनमा श्रद्धासुमन चढाउँछु ...’

समारोहमा सर्जक शर्मा, गौतम, कँडेल, गोविन्द सुवेदी, पुष्पिका सुवेदी लगायतले कविता पाठ गरेका थिए । सर्जक धनराज सापकोटा ‘जिज्ञासू’ले भानुभक्तकृत रामायण वाचन गरेर सुनाउनुभएको थियो । कलाकार टेकबहादुर क्षेत्री ‘संगम’ले रामायणकालीन कथा/प्रसंगबारे चर्चा गरेका थिए । उनले भानुभक्तीय रामायणका श्लोक कण्ठस्थ सुनाए ।

धौलागिरि बहुमुखी क्याम्पसका उपप्राध्यापक हरिप्रसाद पाण्डेयले भानुभक्त प्राथमिक कालको पहिलो महाकाव्यकार समेत भएको बताए । भानुभक्तको व्यक्तित्व र योगदानमाथि प्रकाश पार्दै उनले भानुभक्तले नेपालको सांस्कृतिक र भाषिक एकता गरेको बताए ।

‘नेपाल मात्र होइन, भारत लगायत देशमा रहेका नेपालीभाषीले पनि उत्तिकै सम्मानसहित भानु जयन्ती मनाउँछन्, नेपाली भाषा र संस्कृतिलाई जोड्ने काम भानुभक्तले गर्नुभयो,’ उनले भने, ‘भानुभक्तले नेपालीमा भावानुवाद गर्नुभएको ब्यासको अध्यात्म रामायण लगायतका कृतिमा समाज सुधारको दर्शन छ ।’

भानुभक्तका कतिपय रचनामा तत्कालीन समाजका विकृति र विसंगतिमाथि व्यङ्ग गरिएको उपप्राध्यापक पाण्डेयले उल्लेख गरे । भानुभक्तका हरेक कृतिको एतिहासिक मूल्यका आधारमा विवेचना गर्नुपर्ने उनको भनाइ थियो ।

साहित्यकार प्रेम छोटाले नेपाली साहित्यको विशिष्ट प्रतिभाका रूपमा भानुभक्तलाई चित्रित गरे । उनले भानुभक्तका रचनामा जीवन दर्शन, समयको मूल्यबोध, सामाजिक जागरण र बेथितिविरुद्धको आवाज मुखरित भएको बताए ।

भानुभक्तका साहित्यिक कृतिलाई प्रकाशमा ल्याउने र आदिकविको पगरी दिने काम युवाकवि मोतीराम भट्टले गरेको साहित्यकार छोटाले उल्लेख गरे । साहित्यप्रेमी विश्वनाथ रेग्मीले भानुभक्तले बागलुङको मूल्पानीमा आई पण्डित बद्रीनाथ पन्तसँग गुरुकुल विद्या आर्जन गरेको प्रमाण भेटिएको जिकिर गरे ।

पुस्तकालयका कार्यवाहक प्रमुख संरक्षक लालचन्द्र राजभण्डारीले भानुभक्तको साहित्यिक देनबाट नयाँ पुस्ताले शिक्षा लिनुपर्ने धारणा राखे । उनले पछिल्लो समय रामायण लगायत पौराणिक ग्रन्थको अध्ययन संस्कृति हराउँदै गएको बताए ।

जयन्तीका अवसरमा काव्य गोष्ठी, भानुभक्तको योगदानबारे विमर्श र भानु चित्र लेखनको आयोजना गरिएको पुस्तकालयका उपाध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

उनका अनुसार भानु चित्र लेखनमा १३ जना कलाकारले सहभागिता जनाएकामा प्रार्थना वंझा उत्कृष्ट घोषित भई पुरस्कृत भएका थिए । पुस्तकालय  र प्रतिष्ठानले दशकौंअघिदेखि भानु जयन्तीलाई विशेष रूपमा मनाउँदै आएको छन् ।

पुस्तकालयले भानुभक्तसहित, महाकवि लक्ष्मीप्रसाद देवकोटा, यगकवि सिद्धिचरण श्रेष्ठलगायत साहित्यकारको जन्मजयन्ती मनाउँदै आएको छ ।

विक्रम संवत् १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले व्यासको अध्यात्म रामायणलाई नेपाली भाषामा भावानुवाद गरेका थिए । नेपालसहित दार्जिलिङ, सिक्किम, बर्मालगायत नेपालीभाषीको बसोबास रहेको ठाउँमा श्रद्धापूर्वक भानुभक्तको सम्झना गरिन्छ । नेपालमा भाषिक एकताको श्रेय उनलाई नै दिने गरिन्छ । 

भानुभक्तका ‘बधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’ लगायत रचना प्रसिद्ध छन् । घाँसीबाट प्रेरणा पाएर भानुभक्तले लेखेको ‘घाँसी’ कविताको अशं यस्तो छ –

‘भर्जन्म घाँसतिर मन् दिई धन् कमायो
नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन आज यस्तो ...’
– रामबहादुर थापा/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x