×

NMB BANK
NIC ASIA

जेलमुक्त लालबहादुरको जीवनमा ‘नाटकीय’ मोड ! अनुहारमा छैन हाँसो, मनमा पीडाको पहाड

विराटनगर | साउन १८, २०८०

NTC
Premier Steels

इटहरी उपमहानगरपालिकाको तरहरा चोक नजिकैको फूलबारी टोलमा जंगल छेउ लालबहादुर विश्वकर्माको घर छ । जुन टोलमा जंगली जनावरहरूले पनि दुःख दिइरहन्छन् ।

Muktinath Bank

फूलबारी टोलको चोकमा एउटा कालोपत्रे बाटो छ । त्यो कालोपत्रे बाटो छाडेपछि ३ वटा बाटा परिवर्तन गरेपछि मात्रै लालबहादुरको घरमा पुगिन्छ । उनको घरमा छिर्ने बाटो भने ३ फिटको मात्रै छ । त्यहीँ बाटो भएर उनको घरमा पुगिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोटरसाइकल मात्रै उनको घरमा पुग्छन् । १० धुर जग्गामा टिनको छानो भएको सामान्य घर छ । घर भएको जग्गा उनको मात्रै होइन, बुवा हर्कबहादुर विश्वकर्माले २ छोरालाई संयुक्त रूपमा अंशमा दिएका हुन् । लालबहादुर र दाजुलाई ५–५ धुर जग्गा भागमा परेको थियो ।


Advertisment
Nabil box
Kumari

हिजो मात्रै झुम्का कारागारबाट जेलमुक्त भएका उनै लालबहादुर विश्वकर्मालाई भेट्न घरमा पुग्दा उनी भेटिएनन् । छिमेकमै रहेका आफन्तको घरमा श्रीमतीसहित बसेका थिए । उनलाई खोज्दै हामी आफन्तको घरमा पुगेर परिचय दिएपछि उनले एकछिन पर्खिन आग्रह गरे ।

Vianet communication

‘घरमै गएर गफ गरौं’ भनेपछि उनी तयार भए । उनको अनुहारमा कुनै हाँसो थिएन । परिवारका सदस्यहरू हाँसीखुशी हुँदा उनी भने पीडामै थिए । घरको रेखदेख गर्ने व्यक्ति नै जेल परेपछि पीडामा परेका परिवारका सदस्य खुशी नहुने कुरै भएन तर विश्वकर्माको पीडा  भने आफ्नो सीपले आफैंलाई पुनः फसाउने हो कि भन्ने थियो ।

null

उनी पेशाले सुनका सामग्री बनाउने कालिगड हुन् । उनले सीपसँगै ऋणको भारले पनि पोल्ने गरेको भन्दै पीडाहरू सुनाए ।

हिजो बिहानसम्म झुम्का कारागारभित्र रहेका विक अहिले आफ्नै घरमा छन् । घरमा आएपछि ऋण तिर्ने र घर व्यवहार टार्ने चिन्ताले सताएको उनले बताए । पहिला पनि आफ्नो सीपको प्रयोग गरेर पाखुरा चलाउँदा फसेको र अब त्यही सिप प्रयोगमा ल्याउँदा पुनः फसिन्छ कि भन्ने डर लाग्ने गरेको उनले सुनाए ।

‘बिहान–बेलुका हातमुख जोर्नका लागि फेरि पनि आफ्नो सीपलाई प्रयोग गर्छु,’ उनले लोकान्तरसँग भने, ‘त्यहीँ सीपले फेरि जेलमा पुर्‍याउँछ कि भन्ने डर छ ।’

ज्याला मजदुरीका क्रममा साहुले अह्राएको काम गरेबापत उनलाई डेढ वर्ष कैद र ७० हजार जरिवाना सुनाइएको थियो । ४ करोड ७१ लाख बिगो भुक्तानी गर्नुपर्ने दायित्व पनि उनको काँधमा आइपरेको थियो । जायजेथा बेच्दा समेत रकम तिर्ने सम्भावना नभएपछि उनले अघिल्लो मंसिरमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । 

लालबहादुर वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएर फर्किएका हुन् । दुबईबाट फर्किएपछि उनले घर बनाएका थिए । इटहरीकै तरहरामा रहेको सिंहदेवी ज्वेलर्समा काम गर्दैगर्दा उनी जेलमा परेका हुन् । त्यहाँ उनी ज्यालामा काम गर्थे । गहना बनाउने मात्रै नभई पसलको सरसफाइ समेत उनैले गर्ने गर्थे । एउटा सिक्री बनाएको उनले ८०० रुपैयाँ र १०० मिली हात लस पाउँथे । तार बनाएर तान्दा सुन झरेको धुलोलाई ‘लस’ भन्ने गरिन्छ । 

कालिगड भएकाले उनको ध्यान पनि काममा नै हुने गरेको थियो । उनले दैनिक १ हजारदेखि १ हजार ५०० रुपैयाँसम्म कमाउने गरेका थिए । उनले त्यो सुन पसलमा ३ वर्ष काम गरे ।

‘साहुको कारोबारबारे कामदारलाई जानकारी हुँदैन । साहु डुब्दै गएका रहेछन् । साहु बाहिरबाहिरै डुल्ने गर्थे । म भने काममा व्यस्त हुन्थे ।  साहुका बुवा कृष्ण सुन पसलमा बस्थे । सुन पसलमा बस्दा २ जना दिदीहरूले १५–१५ लाख रुपैयाँ ल्याउनुभएको रहेछ, बुवा कृष्णबहादुरले एकैपटक १ लाख गन्न सक्नुहुँदैन्थ्यो । उहाँले ५०–५० हजार गरेर गनेर थन्क्याइसकेपछि मलाई फोन गरेर बोलाउनुभयो । पैसा दिएको कुरा लेखिदे भन्नुभयो । मलाई पनि ज्ञान भएन । मिति, नाम र पैसा लेखिदिए । मलाई फसाउने उहाँहरूको नियत के थियो, थाहा भएन । पछि साहु दीपक आएर मेरो हस्ताक्षर मेटेर आफ्नै हस्ताक्षर गर्नुभएको रहेछ । काम गर्दागर्दै मुद्दा पर्‍यो । मैले ५–६ वर्ष मुद्दा धाएँ । २ लाख धरौटी तिरे । २ हजार, ४ हजार खोजेर धरौटी तिरेको थिएँ । अझै ऋण तिर्न सकेको छैन । ९० हजार तिर्न बाँकी छ । जिल्ला अदालतको फैसलाले आकाश नै खसे जस्तो भयो । धेरै कुरा सोचें, सुसाइट नै गरौं जस्तो लाग्यो । श्रीमान्–श्रीमतीबीच सल्लाह हुन्थ्यो । श्रीमतीले तपाईंले फट्याइ गर्नुभएको छैन भनेर हौसला दिइन्,’ उनले भने ।

null‘मैले न्याय पाइनँ’ भनेर सामाजिक सञ्जालमा भिडियो हालेपछि सबैले सहयोग गरेका कारण आफू जेलमुक्त भएको उनले बताए । हाम्रो देशमा न्याय निर्मूल भएको छ कि जस्तो लागेको भए पनि उच्च अदालतको फैसलापछि न्याय मरेको रहेनछ भन्ने लागेको उनले बताए । 

उनले आफ्ना कुरा भन्दै गर्दा बिर्सिने गरेका थिए । उनलाई श्रीमतीले सम्झाउने गरेकी थिइन् । 

हिजोका दिनमा दुःख पाए पनि पुनर्जीवन पाए जस्तो भएको श्रीमती दिलकुमारीले बताइन् । उनले अहिले पनि श्रीमान्को सोझोपनको फाइदा उठाउने हुन् कि भन्ने चिन्ता रहेको बताइन् । निर्दाेष व्यक्तिले ९ महिनासम्म जेलमा बस्नुपरेकाले राज्यले क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ रहेको छ । क्षतिपूर्तिका लागि वकिलहरूसँग छलफलमा रहेको उनले सुनाइन् । 

२ वटा पासबूकमा हस्ताक्षर गरिदिएको अभियोगमा लालबहादुर दोषी ठहर भएका थिए । दीपकले १८ प्रतिशत ब्याज दिने प्रलोभन देखाएर २७५ जनाबाट १८ करोड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ संकलन गरेको अभियोग पुष्टि भएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x