×

NMB BANK
NIC ASIA

नेपालगञ्ज शहरमा टाँगा चल्न छाड्यो, घाँस बिक्री हुन छाड्यो !

नेपालगञ्ज | साउन २८, २०८०

NTC
Premier Steels

‘पानीमा रुझ्दै दिनभरि घाँस खोजेर बल्लबल्ल एक बोरा बनाइन्छ । त्यही पनि साँझ बेच्दा ५–१० रुपैयाँमा बेच्नुपर्छ । हाम्रो मेहनत र मर्का कसले बुझिदिने ?’ बाँकेका नेपालगञ्ज उपमहानगरपालिका–८ घसियारन टोलकी गुड्डी घरियार गुनासो गर्छिन् ।

Muktinath Bank

उनले घाँस बेचेर आएको एकदेखि डेढ सयसम्मको कमाइले ६ जनाको परिवारलाई पाल्नुपरेको छ । उनी भन्छिन्, ‘श्रीमान् बिरामी भएदेखि परिवारको सबै जिम्मेवारी मेरै काँधमा आएको छ । श्रीमान् बिरामी नहुँदा उहाँले पनि मजदुरी गर्नुहुन्थ्यो र घर चलाउन सजिलो हुन्थ्यो । उहाँ बिरामी भएर थलिएदेखि उहाँको उपचार खर्चदेखि साँझ–बिहानको छाक टार्न मलाई धेरै नै मेहनत गर्नुपरेको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गुड्डीलाई घाँस काट्नमा सघाउँछन् उनकी १७ वर्षीया छोरी सोनी घँसियारले । ३ कक्षा पढ्दापढ्दै स्कूल जान छाडेकी सोनी आमासँगै नेपालगञ्जका खाली चौरमा घाँस काट्न जान्छिन् । घाँस काटेर जीविकोपार्जन गर्ने गुड्डीको परिवार तेस्रो पुस्ताको परिवार हो ।
 
गुड्डीका अनुसार पहिला नेपालगञ्जमा टाँगा चल्ने गथ्र्यो र घाँस पनि राम्रै बिक्री हुन्थ्यो । हिजोआज टाँगाको ठाउँमा अटोरिक्सा चल्ने भएकाले मान्छेले घोडा पाल्न छाड्दै गए र घाँस किन्ने पनि घट्दै गए । ‘पहिला–पहिला घोडाका लागि घाँस किन्ने हिजोआज बाख्राका लागि घाँस किन्न आउँछन्,’ उनले भनिन्, ‘घोडाले खाने आहार र बाख्राले खाने आहारमा धेरै फरक हुन्छ । आहार फरक भएपछि घाँस खरिदसँगै कमाइ पनि घट्नु स्वाभाविक हो ।’


Advertisment
Nabil box
Kumari

गुड्डीले जस्तै घाँस काटेर अनि बेचेर परिवारको जिम्मेवारी सम्हाल्दै आइरहेकी छन् मीना घँसियारले पनि । श्रीमान्को मृत्युपछि २ सन्तानसँगै जीविकोपार्जन गर्न मीना पनि गुड्डीजस्तै नेपालगञ्जका खाली ठाउँमा बोरा बोक्दै दिनभरि घाँस काट्न जान्छिन् । उनको पनि दिनभरिको घाँसबाट साँझ कमाइ भनेको त्यही सयदेखि डेढसय जतिको हुन्छ । 

Vianet communication

‘घाँस किन्न आउनेले हाम्रो न मेहनत बुझ्छन् न त हाम्रा बालबच्चामा दया–माया नै देखाउँछन्,’ मलिन मुहार बनाउँदै उनी भन्छिन्, ‘हामीले २० भनेको घाँसलाई किन्नेले ५ रुपैयाँ भन्छन् । कसैले ५ त कसैले १० रुपैयाँ दिएर लैजान्छन् । साँझ परिसकेको हुन्छ । घरमा छोराछोरीलाई खाना पकाउने हतारोमा ५–१० रुपैयाँमा भए पनि बेच्न पर्ने हाम्रो बाध्यता छ ।’

वर्षाको समयमा भन्दा हिउँदको समयमा घाँसको मूल्यमा केही तलमाथि हुने भएकाले हिउँदमा दैनिक २००–३०० सम्मको कमाइ हुने बताउँछिन् मीना । घाँसबाट कमाएको पैसाले घरपरिवार चलाएर मीनाले डेढ लाख बचत गरेको जानकारी दिइन् । मीनालाई डेढ लाख बचत गर्न २० वर्ष लागेको बताइन् ।

‘छोरीको विवाहका लागि भनेर मैले २० वर्षदेखि घर खर्चबाट पैसा जोगाएर सहकारीमा डेढ लाख बचत गरेको थिएँ तर त्यो सहकारी नै भागेपछि मेरो वर्षाैंदेखिको कमाइ खेर गयो । मैले छोरीको विवाह गर्न सकिरहेको छैन,’ उनले दुःखी हुँदै भनिन् ।
 
मीना र गुड्डीको भन्दा फरक छैन, परेमपति घसियारको व्यथा पनि । ४० वर्षको उमेरमा हजुरआमा बनिसकेकी परेमपतिको ४ पुस्ता नै घाँसको भरमा बाँच्दै आइरहेकी छन् । श्रीमान् र छोराले मजदुरी गरे पनि काम नपाउँदा उनीहरूबाट कमाइ नहुने परेमपतिको भनाइ छ । हिउँदको चर्को घाम होस् या वर्षामासको झरी घाँस काट्ने काम भने निरन्तर हुने भएकाले मजदुरीजस्तो अभाव नहुने उनको भनाइ छ ।

‘मजदुरी त पाइए गर्ने हो नपाइए घरमै बस्ने हो तर घाँस काट्न त बाह्रैमास पाइन्छ । त्यसैले हाम्रो घरको चुल्हा यही घाँसबाट कमाइएको पैसाले नै बल्ने गरेको छ,’ उनले भनिन् । परेमपतिको कमाई पनि यो सिजनमा सयदेखि डेढ सयसम्म मात्रै हुने गर्छ । 

२७ घरधुरी भएको घसियार टोलको एउटा घरमा ३ जना देखि १४ जनासम्मको परिवार सदस्य रहेका छन् । घाँस काट्ने र बेच्ने जति सबै महिला नै हुन्छन् । साँझपख टोल नजिकै रहेको खाली ठाउँमा आ–आफूले काटेको घाँसको थुप्रो लगाएर महिला मात्रै घाँस बेच्ने गर्छन् । उनीहरूले बेच्ने घाँसको निश्चित मूल्य नै छैन । यसले जतिमा बेच्न सक्यो, त्यति नै त्यहाँ घाँसको मूल्य बनेको हुन्छ ।

घाँस बिक्रीका लागि स्थानीय सरकारले निश्चित मूल्य तोकिदिए आफूहरूको आर्थिक अवस्था थोरै भए पनि बलियो हुनमा सहयोग पुग्ने सोही टोलका २८ वर्षीय सुरेश घँसियार बताउँछन् । उनी भन्छन्, ‘दिनभरि घामपानी केही नभनी दुःख गरेर आमा–बहिनीले काटेको घाँस साँझ जम्मा ५ रुपैयाँमा बेच्नुपर्ने बाध्यता छ । स्थानीय सरकारले नै घाँसको मूल्य निर्धारण गरिदिए किन्ने र बेच्ने दुवैले पैसामा बार्गेनिङ नै गर्नुपर्दैनथ्यो नि !’

नेपालगञ्जको मुटुका रूपमा चिनिने त्रिभुवनचोक नजिकै रहेको घँसियार जातिको ३–४ पुस्ता घाँसकै भरमा बाँच्दै आएको नगरका पूर्व उपप्रमुख तथा टोलका स्थानीय शमशुद्धिन सिद्धीकी बताउँछिन् । उनका अनुसार पुस्तौं पुस्तादेखि घाँसकै भरमा बाँच्दै आएका घँसियारको आर्थिक अवस्था उनीहरूको पहिलो पुस्ताको जस्तो थियो आज तेस्रो/चौथो पुस्तासम्म आइपुग्दा पनि उस्तै छ ।

‘हामी नजन्मिँदैका कुरा हाम्रो बाजेबज्यैले सुनाउनुहुन्थ्यो, पहिला–पहिला ५–१० पैसामा घाँस बिक्री गर्थे रे ! आज जम्मा ५–१० रुपैयाँमा बिक्री गर्ने गर्छन् । के फरक भएको भन्ने त ?’

उनले घँसियारको जीवनलाई परिवर्तन गर्न नसकेको आफू दुःखी भएको बताउँदै उपमहानगरभित्र रहेको उक्त घँसियारन टोलका समुदाय वर्षाैंदेखि विपन्नतामा बाँचिरहेको बताइन् । ‘टोलमै हाइस्कूल पढेका मान्छे छैनन् । हातमा सीप छैन । व्यवसाय गर्न लगानी छैन । केही नभएपछि घाँस काटेर जीविका चलाइरहेका छन्,’ उनले भनिन्, ‘उनीहरूको जीवनस्तर उकास्ने खालका कार्यक्रम विभिन्न सम्बन्धित निकायले ल्याइदिने हो भने घसियारका छोराछोरीको भविष्य उज्ज्वल हुने थियो ।’

वडाध्यक्ष रसनिश बाजपाइले अझै पनि यो समुदाय चेतनाको हिसाबले पछाडि परेको बताए । ‘शौचालय मर्मतदेखि अन्य योजना बनाउने योजनामा छौं,’ उनले भने, ‘आगामी दिनमा प्याकेज कार्यक्रम ल्याएर उनीहरूका लागि काम गर्ने योजना बनाएका छौं । घाँसको मूल्य निर्धारण पनि चाँडै गर्नेछौं ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x