×

NMB BANK
NIC ASIA

आलोचना भएपछि प्रकाशले ‘जाले रुमाल फाट्यो’बाट हटाए भद्दा संवाद

काठमाडाैं | भदौ २६, २०८०

NTC
Premier Steels

गायक प्रकाश सपुतले ‘जाले रुमाल फाट्यो’को ‘इन्डिङ’मा समावेश भद्दा (अपाच्य) संवाद हटाएका छन् । गीत सकिएपछि प्रकाश र स्वस्तिमा खड्काले बोलेका दुई वटा संवाद भिडियोबाट हटाइएको हो । 

Muktinath Bank

दुई वर्षअगाडिको सुपरहिट गीत ‘कुरा बुझ्न पर्च’को सिक्वेलका रुपमा गत शनिवार राती समीक्षा अधिकारीको स्वरमा ‘जाले रुमाल फाट्यो’ सार्वजनिक गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भिडियोमा ‘कुरा बुझ्न पर्च’कै जोडी अभिनेत्रीद्वय स्वस्तिमा खड्का र आँचल शर्माका साथ गौरव पहारी, विशाल पहारीसँगै प्रकाश स्वयंमको अभिनय छ । 


Advertisment
Nabil box
Kumari

गीत सार्वजनिक भएको छोटो समयमै युट्युब ट्रेन्डिङको शीर्षस्थानमा उक्लिन सफल रह्यो । विगतमा झैं प्रकाशको यस सिर्जनाले पनि लोभलाग्दो भ्युज पाउँदै गयो ।

Vianet communication

गीतको पक्षलाई सबैले प्रशंसा गरे । तर, भिडियोको अन्तिममा समावेश संवादलाई लिएर भने धेरैले आलोचना गरे । 

गीतलाई चर्चामा ल्याउन प्रकाशले अनावश्यक रुपमा उक्त संवाद राखेको आरोप धेरैको थियो । 

आलोचनापछि प्रकाशले सोमवार साँझ भिडियोबाट उक्त संवाद हटाएका हुन् । उनले संवाद हटाउनुको कारणबारे आधिकारिक धारणा भने सार्वजनिक गरेका छैनन् । 

प्रकाशले यसअघि ‘पीर’ गीतमा ‘यौनकर्मी’को दृश्य विवादित बनेपछि भिडियो सम्पादन गरेर पुनः अपलोड गरेका थिए । 

‘जाले रुमाल फाट्यो’मा प्रकाशले जातीय विभेद विरुद्धको सन्देश दिन खोजेका छन् । हरेक प्रकारका विभेद अन्त्यका लागि कानुन प्रभावकारी हुनुपर्छ भन्ने सन्देश भिडियोमार्फत दिन खोजिएको छ । 

गीत युट्युब ट्रेन्डिङको शीर्षस्थानमा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x