×

NMB BANK
NIC ASIA

सर्टफिल्म बनाउन अमेरिकाबाट आएकी ज्याकलिनले नेपाली गीत पनि गाएर फर्किइन्

काठमाडाैं | भदौ २६, २०८०

NTC
Premier Steels

कुरा भदौ १५ गतेको हो । गीतकार एवं संगीतकार लोकराज अधिकारी जीवन संगीनीको जन्मदिन ‘सेलिब्रेसन’को तयारीमा थिए ।

Muktinath Bank

एकजना अमेरिकी नागरिक पनि उपस्थित थिइन् सेलिब्रेसनमा । त्यहाँ घन्किएको थियो लोकराजकै रचनामा रहेको गीत ‘रुपै मोहनी...।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती अमेरिकी नागरिकले उत्साहित हुँदै गीतको मेलोडी टिपेर गुनगुनाउने प्रयास गरिन् । त्यो देखेर लोकराजको ध्यान तानियो । मनभित्र जिज्ञासा जाग्यो – यि गायिका हुन् कि क्या हो ! 


Advertisment
Nabil box
Kumari

उनले केही अंग्रेजी कभर गीत गाएर आफ्नो युट्युबमा राखेको लोकराजले थाहा पाए ।

Vianet communication

उनी थिइन् २७ वर्षीया अमेरिकी नागरिक ज्याकलिन पेरालेज । खासमा उनी सर्ट फिल्मको सुटिङका लागि पहिलोपटक नेपाल आएकी थिइन्, दुई हप्ताको समय लिएर ।

अस्कर कलेजमा फिल्म पढेका लोकराजका छोरा जेएलसनको चिनजानमार्फत ज्याकलिन जन्मदिन सेलिब्रेसनमा पुगेकी रहिछिन् ।

नेपाली बोल्न नआउने भए पनि संगीतमा झुमेको देखेर लोकराजले प्रस्ताव राखे – गीत गाउने हो ? ज्याकलिनलाई पहिले सुटिङ सक्नु थियो । यद्यपि, गीत गाउन पनि उत्साहित रहेको उनले जवाफ दिएकी थिइन् । 

लोकराजले ज्याकलिनकै लागि लेखे गीत

ज्याकलिनलाई गीत गाउन दिने तय भयो । शुरूमा त पुरानै गीतको ट्रयाकमा गाउन दिने कि भन्ने सोच लोकराजमा आएको थियो । तर पहिले हिट भएको गीत गाउन दिँदा राम्रो र पृथक नसुनिने हो कि भन्ने डर पैदा भयो । अनि ज्याकलिनकै लागि लेखे, ‘ए कान्छा एउटा कुरा सुनिदेउ, मलाई नेपाल र नेपाली मन पर्यो ।’ 

लोकराजले गीतबारे भने, ‘यो उहाँकै लागि लेखेको हो । नेपाल आएका पर्यटकले नेपाली संस्कृति, नेपालको भूभाग, नेपाली रहनसहन, खाना, नेपाली पन र नेपाली मान्छे मन परेको भाव गीतमा उल्लेख छ । पर्यटकले नेपालको बयान गरेको गीत हो यो ।’

गत शनिवार गीतको डमी ज्याकलिनलाई दिए । त्यही डमीअनुसार उनले त्यसलाई फ्लो गर्दै गीत गाउने कोसिस गर्न थालिन् । शब्दहरू रोमनमा लेखेर उनले गीतको प्राक्टिस् गरिन् । 

गोविन्द मधुर आचार्यको संगीत रहेको गीत गत आइतवार म्युजिक बैंक नेपाल स्टुडियोमा रेकर्ड गराइन् । उनले साढे दुई घण्टा लगाएर गीत गाएको लोकराज बताउँछन् । 

कस्तो गाइन् ? 

‘उहाँलाई नेपाली बोल्न आउँदैन । नमस्कार, मलाई नेपाली मनपर्छ, मःम मनपर्छ जस्ता कुराहरू बल्लबल्ल बोल्न सिक्नुभएको रहेछ’ लोकराजले भने, ‘तर उहाँले गाएको मिठो सुनिएको छ । ल्याङवेज त उताको आउँछ नै । तर पनि मेलोडी ठ्याक्कै पकड्ने, टाइमिङमा गाउने गरेका कारण सहज भयो ।’ 

लोकराजका अनुसार ज्याकलिन सोमवार अमेरिका फर्किएकी छिन् । टेक्सास निवासी उनी निर्देशक एवं सेट डिजाइनर समेत हुन् ।

अंग्रेजी, फ्रेन्स र नेपाली भाषामा निर्माण हुने सर्ट फिल्मका लागि ज्याकलिन  नेपाल आएकी थिइन् । 

उनले गाएको गीत यतिबेला मिक्सिङ हुँदै छ । एक साताभित्रमा यसलाई सार्वजनिक गर्ने सोच लोकराजको छ । 

‘उहाँले गाउँदै गरेको फुटेज राखेर लिरिकल भिडियो बनाउने कि छुट्टै केही विदेशीलाई सिंगारेर भिडियो बनाउने भन्नेबारे सल्लाह गर्दैछौं’ उनले सुनाए । 

लोकराजले आफ्ना निकटस्थहरूलाई गीत सुनाउँदा सबैले राम्रो प्रतिक्रिया दिएका छन् । धेरैले पृथक खालको गीत भएको बताएका छन् । 

सोहीकारण लोकराज उत्साहित छन् । ‘पहिले नेपाली गायक/गायिकाले गाएको गीत पछि विदेशीले गाएको केही गीत सुनेको छु । तर विदेशीकै लागि भनेर यो भन्दा अगाडि गीतहरू तयार भएको जस्तो लाग्दैन’ लोकराजले भने, ‘सोहीकारण पनि यस गीतलाई लिएर एक किसिमको आशा छ ।’

अमेरिका पुगेपछि ज्याकलिनले पनि गीतबारे जिज्ञासा राखेकी थिइन् । उनी पनि गीतलाई लिएर निकै उत्साहित रहेको लोकराज बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x