×

NMB BANK
NIC ASIA

एकरात जेठो छोरा कुमारसँग बस्न आएकी थिइन् आमा, शनिवार नै दोलखा फर्कँदै थिइन् [भिडियोसहित]

गैह्रीगाउँ हत्याकाण्ड

काठमाडाैं | भदौ ३०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel


काठमाडौंको तीनकुने (गैह्रीगाउँ)मा गएराति चार जनाको विभत्स हत्या भयो । हत्या हुनेमा एकै परिवारका तीन जना छन् ।

Muktinath Bank


तीनकुनेस्थित  दिव्य सःमिलमा लामो समयदेखि सुरक्षागार्डका रूपमा कार्यरत दोलखाका अन्दाजी ५६ वर्षीय कुमार भुजेलसहित उनकी श्रीमती र आमाको समेत हत्या भएको हो । कुमारसहित उनकी श्रीमती अन्दाजी ५२ वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राईको हत्या भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुमार उक्त मिलमा २५ वर्षदेखि काम गर्दै आएका थिए । कुमारका आफन्तले बताएअनुसार उनका बुबा पनि पहिले सोही मिलमा काम गर्थे । बुबाको केही महिनाअघि मृत्यु भएको थियो । आज कुमारसहित श्रीमती अम्बिका र आमा सुभद्राको एकैपटक हत्या भएको छ । कुमारका कुनै सन्तान नरहेको आफन्तले बताएका छन् । 


Advertisment
Nabil box
Kumari


श्रीमतीसँग बस्दै आएका कुमारकी आमा भने केही दिनअघि मात्रै काठमाडौं आएकी थिइन् । उनी कुशे औशीको अवसरमा काठमाडौं आएको आफन्तले बताएका छन् । 

Vianet communication
Laxmi Bank

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले आफन्तसँग समन्वय नगरेको उनीहरूको गुनासो छ । प्रहरीले आफन्तसँग समन्वय नै नगरी हतारहतार शव उठाएको भन्दै उनीहरूले आक्रोश पोखेका छन् । 

घटनास्थलमा भेटिएका कुमारका एक आफन्तले मिल सञ्चालकले हतार हतारमा शव परीक्षणका लागि अस्पताल पठाएको गुनासो गरे । मिल दोलखाका व्यवसायी बालकृष्ण शिवाकोटीको हो  ।


उनीहरूले शव शिक्षण अस्पताल महाराजगञ्जमा रहेको सुनेका मात्रै छन्, देख्न पाएका छैनन् । ‘यहाँ कुनै सीसीटीभी क्यामेरा छैन, प्रहरीले समन्वय गरेको छैन, हामीलाई घटना मिलेमतोमा भएकोजस्तो लागेको छ । गम्भीर अनुसन्धान हुनुपर्छ,’ घटनास्थालमा भेटिएका कुमारका एक आफन्तले भने । 

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनास्थलबाट सोधपुछको लागि काठमाडौं–३२ तीनकुने बस्ने दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

उनले मदिरा सेवन गरेको पाइएको काठमाडौं प्रहरी परिसरका एसपी कुमोद ढुंगेलले लोकान्तरलाई जानकारी दिए । राति सबैले सँगै मदिरा सेवन गरेको हुनसक्ने प्रहरीको अनुमान छ । 

तर, घटनास्थलमा मदिरा सेवन गरेको प्रमाण भने फेला नपरेको उनले बताए । ‘पक्राउ परेका व्यक्ति अहिलेसम्म पनि मदिराले लट्ठ छन्’, उनले भने, ‘राति सबैले सँगै मदिरा सेवन गरेको हुनसक्छ । तर, घटनास्थलमा मदिराका बोत्तल भने फेला परेका छैनन् ।


प्रकरणको तालिमप्राप्त कुकुरसमेत लगी प्रहरीले अनुसन्धान गरिरहेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले घटनाको अनुसन्धानमा छ ।

अनुसन्धानका क्रममा सबै नाकामा प्रहरी टोली परिचालन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
असार २३, २०७९

काठमाडौं महानगरपालिकाले काठमाडौंका ३ ठाउँमा भूमिगत पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको छ । काठमाडौंको टुँडिखेल वा रत्नपार्क नजिकको खुलामञ्च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खु...

जेठ १२, २०७७

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले नक्सा जारी गरेपछि नेपाल र भारत दुवैतर्फबाट ‘प्रमाण जुटाउने युद्ध’ छेडिएको छ । नेपालका तर्फबाट कतिपय प्रमाणहरू मिडियामा छताछुल्ल भएपछि भारतले त्...

असार ४, २०७८

काठमाडौंवासीका लागि मेलम्ची खानेपानी आयोजना वर्षाैंको सपना हो । मेलम्ची सपना पूरा हुने गरी हालै उद्घाटन कार्यक्रम समेत भएर अन्तिम परीक्षण भइरहेको थियो । वर्षाैंदेखिको मेलम्ची सपना अन्तिम चरणमा पुगेका बेला ...

साउन ७, २०७९

लगनखेल बसपार्क नजिकको पाटन अस्पताल छेउमा रहेको कर्मचारी सञ्चय कोष भवनको चौथो तल्लामा अवस्थित ‘रुट केनल सेन्टर’मा पुग्दा अनौठो दृश्य देखियो । एक व्यक्ति दाँत दुखेर उपचार गराउन आएका थिए । उनको सा...

माघ ४, २०७४

  काठमाडौं ४ - माघ तीनकुनेमा रहेको करिब ५० रोपनी खाली जग्गामा आधुनिक पार्कसहित विश्वको ठूलो मुर्ति बनाउने योजना महानगरले ल्याएपछि राजधानीबासी उत्साही भएका थिए । तर उक्त योजना अनुसार काम अघि बढेक...

मंसिर २, २०७५

काठमाडौं – कमलादिको गणेश मन्दिर छेउमै जमराको जुस बनाउँदै थिइन् डोल्मा गुरुङ । गोरखाकी डोल्माको दिनचर्या जमराको जुस बनाउँदैमा बित्छ । त्यसबाट उनले दैनिक १४–१५ सय रुपैयाँ कमाउँछिन् । बिहान ५ बजे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x