कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बससेवा सञ्चालनका लागि भनेर सडक 'मार्किङ'को काम धमाधम भइरहेको छ ।
सर्भिस लेनको आधाजसो भागमा रातो पोतेर छुट्टै लेन तयार पार्ने काम भइरहेको हो ।
संविधान दिवसको दिन (भोलि)बाट द्रुत बससेवा सञ्चालन गर्ने तयारी भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ ।
बिहान-बेलुका कार्यालय समयमा दुईतर्फ गरी २५ वटा बस सञ्चालन गर्ने तयारी भएको विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले बताए ।
बुधवार संविधान दिवसको सार्वजनिक बिदा परेकाले उद्घाटनस्वरूप रत्नपार्कबाट २ वटा बस सञ्चालन गर्ने तयारी भएको उनको भनाइ छ ।
बिहान ९ र ११ तथा अपराह्न ४ देखि साँझ ६ बजेसम्म सो लेनमा एम्बुलेन्स, दमकल, शवबाहन र स्टाफ बसबाहेक अन्य सवारी चल्न नपाउने पनेरुले बताए ।
किन पोतियो रातो रंग?
सामान्यतया रातो रंगलाई सडकमा सवारी रोक्ने वा निषेध गर्ने प्रयोजनका लागि प्रयोग गरिँदै आएको छ ।
साथै रातो रंगमा निरन्तर हेरिरहन पनि नसकिने भएकाले यसलाई दृष्टि अनुकूल रंग मानिँदैन । यस्तोमा रातो रंग नै सडकमा किन पोतियो भनेर प्रश्न उठेको छ ।
'लेन मार्किङ'को काम गरेको सडक विभागले भने अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै रातो रंग लगाइएको बताएको छ ।
'रातो रंग इन्टरनेसनल स्ट्यान्डर्ड हो । विज्ञको रिकमेन्डेसन अनुसार नै प्रयोग गरेका हौं किनभने इन्टरनेसनल स्ट्यान्डर्ड त्यही रहेछ,' सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता रामहरि पोखरेलले लोकान्तरसँग भने ।
त्यस्त द्रुत बसहरू निश्चित स्टेसनमा मात्र रोकिने भन्दै उनले त्यसका लागि समेत मार्किङको काम भइरहेको बताए ।
'स्टप मार्किङको काम पनि भइरहेको छ, दुई/तीन दिनमा सबै काम भइसक्छ,' पोखरेलले लोकान्तरसँग भने ।
प्रहरी भन्छ, 'हामी कार्यान्वयन गर्ने निकाय मात्र हौं'
सडकमा रातो पोतिएको विषयमा जिज्ञासा राख्दा उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाका प्रवक्ता एसएसपी राजेन्द्र भट्टले अनभिज्ञता प्रकट गरे ।
'विभागले बनाएको व्यवस्थालाई हामीले कार्यान्वयन गर्ने मात्रै हो, विभागले के हिसाबले सडक मार्किङ गरेको छ भन्ने विषय हामीलाई थाहा हुँदैन,' भट्टले भने, 'हामीले सोध्दा अन्तर्राष्ट्रिय अभ्यास भनेर बताउनुभएको छ ।'
द्रुत सेवाअन्तर्गत २५ वटा बस गुड्ने जानकारी आएको र आफूहरूले त्यसमा सहजीकरण गर्ने भट्टले लोकान्तरसँग बताए ।
हेर्नुहोस्, भिडियो :
थप तस्वीरहरू :
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...