×

NMB BANK
NIC ASIA

प्रदेश नेतृत्व छान्न एकपछि अर्को चुनाव

एमाले प्रदेश अधिवेशनको सन्देश : अब माथिको निर्देशन होइन, लोकतान्त्रिक प्रक्रिया !

काठमाडाैं | असोज १९, २०८०

NTC
Premier Steels

नेकपा विभाजनलगत्तै अर्को एउटा पक्ष समेत चोइटिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र एकछत्र निर्णय लिन सक्ने गरी शक्तिशाली बने । पार्टी गुटविहीन देखियो ।

Muktinath Bank

अध्यक्षविरुद्ध औपचारिक फोरमहरूमा कसैले बोल्ने हिम्मत गरेनन् । पार्टीको नवौं महाधिवेशनबाट आफूले चाहेका पदाधिकारीसहित ओली अध्यक्षमा दोहोरिए । उनलाई चुनौती दिने प्रयास गरेका भीम रावल किनारामा पर्दै जाँदा एमालेमा अध्यक्षविना बोल्ने हिम्मत समेत अधिकांशले देखाएनन् । तर, अहिले परिस्थिति विस्तारै फेरिएको देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष ओलीले प्रदेश अधिवेशनहरूमा सर्वसम्मत नेतृत्व चयनका लागि दबाब दिए पनि अहिलेसम्म भएका ५ वटै प्रदेश अधिवेशनमा निर्वाचनबाट नेतृत्व चुनिएको छ । आफूले भनेको आधिकारिक उम्मेदवारभन्दा अरूलाई उम्मेदवार नबनाउन र प्रतिस्पर्धा नगर्न ओलीले चेतावनी दिएका थिए । तर, लुम्बिनीबाट शुरू भएको प्रतिस्पर्धाको बेग गण्डकीसम्मै चलेको छ । अब उपत्यका विशेष कमिटी, मधेश र सुदूरपश्चिम प्रदेशको नेतृत्व चयन गर्न बाँकी छ । 


Advertisment
Nabil box
Kumari

अहिलेसम्म भएका लुम्बिनी, बागमती, कर्णाली, कोशी र गण्डकी प्रदेश अधिवेशनमा अध्यक्ष (संस्थापन)पक्षले दुईवटामा मात्रै जितेको छ । बागमती र कोशी संस्थापनले जित्दा लुम्बिनी, कर्णाली र गण्डकीमा इतर पक्षले बाजी मारेको छ । 

Vianet communication

लुम्बिनी प्रदेश अधिवेशनबाट पार्टी अध्यक्षको लाइन (संस्थापन)मा लाग्न शुरू भएको धक्का गण्डकीमा आइपुग्दा झन् टड्कारो देखियो । बिहीवार राति आएको नतिजा अनुसार अध्यक्ष ओलीको लाइनविरुद्ध उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षले पदाधिकारीमा ‘क्लिनस्वीप’ नै गर्‍यो ।

बागमती र कोशीमाजस्तै समय घर्काएर चुनाव पछाडि धकेल्ने र नतिजा आफ्नो पार्ने संस्थापनको तयारी थियो । तर, अध्यक्ष ओली, महासचिव शंकर पोखरेल र स्थायी कमिटी सदस्य खगराज अधिकारीले अगाडि सारेका अध्यक्ष उम्मेदवार मायानाथ अधिकारी मात्रै होइन, पदाधिकारीमा समेत नतिजा पीएसकै पक्षमा आयो ।

‘सहजै सहमति नहुँदा छिट्टै चुनावी प्रक्रियामा गएको भए समस्या हुन्थेन,’ थापा भन्छन्, ‘चुनावी प्रक्रियामा लामो समय लिँदा नेतृत्वबाट दबाब हो कि भन्ने भएको होला तर यस्तो होइन, केही प्रक्रियागत विषयले पनि ढिलाइ भएको हो । अन्ततः लोकतान्त्रिक चुनाव गरेर पार्टीले राम्रो सन्देश प्रवाह गरेको छ ।’

पीएस पक्षका नवराज शर्माले ओली र पोखरेल पक्षका उम्मेदवार अधिकारीलाई १६६ को फराकिलो मतान्तरले पराजित गरेका हुन् । यतिमात्रै होइन, पटकपटक निर्वाचन तालिका सारेर परिणामलाई प्रभावित गर्न खोजिए पनि उपाध्यक्षमा पीएस पक्षका मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडीले सहजै जीत हात पारे ।

उपसचिवमा पनि पीएस पक्षका दानबहादुर विक र मञ्जु गुरुङले पनि ओली–पोखरेल–अधिकारी प्यानलका उम्मेदवारलाई भारी मतान्तरले पराजित गरेका छन् । 

एमालेमा यो नयाँ कोर्ष लुम्बिनीबाटै अगाडि बढेको हो । लुम्बिनीमा ओली आफू प्रत्यक्ष देखिएका थिएनन् । तर, अध्यक्षमा हरि रिजाललाई सर्वसम्मत बनाउन अत्याधिक दबाब दिएका थिए । उनको दबाबबीच उपाध्यक्ष विष्णु पौडेलनिकटका राधाकृष्ण कँडेलले २ मतको रोमाञ्चक जीत दर्ता गर्न सफल भए ।

अन्ततः लुम्बिनीमा भएको प्रतिस्पर्धाको यो हावा र बेगले बागमती, कोशी, गण्डकी र कर्णालीलाई पनि चुनावतिरै धकेलेको थियो । लुम्बिनीकै जस्तो समीकरण बागमतीमा पनि बन्ने र इतर पक्षका कृष्णप्रसाद दाहाल हावी हुन सक्ने देखिएपछि चुनाव नै धकेलिएको थियो । ढिला गरी शुरू भएको चुनावमा अध्यक्ष ओलीको आशीर्वाद पाएका कैलाश ढुंगेलले प्रभावशाली जीत दर्ता गरे ।

ढुंगेल पक्षले पर्चा छपाएरै प्यानलका लागि भोट मागेको थियो । सबै संयन्त्र परिचालन गर्दा पनि बागमतीमा सचिव र उपसचिव इतर पक्षले जित्यो ।

यतिमात्रै होइन, कोशीमा पनि ओलीले नेतृत्वको इशारा बुझेर मात्रै भोट हाल्न निर्देशन दिएका थिए । उनले सार्वजनिक रूपमा भनेका थिए, पार्टीका नेताहरूको, नेतृत्वको के मूल्यांकन छ, अलिकति इशारा पनि बुझ्नुहोस् र त्यसैअनुसारको काम गर्नुहोस् । होइन, यति गर्न सकिँदैन भने मात्रै स्वस्थ हिसाबले प्रतिस्पर्धा गर्नुहोस् ।

ओलीले बागमतीमा घनश्याम खतिवडाविरुद्ध कोही नउभियोस् भनेर निर्देशन नै दिएका थिए । तर, विनोद ढकाल प्रतिस्पर्धामा उत्रिए । अन्य प्रदेशमा जस्तै कोशीमा पनि अध्यक्ष ओली र महासचिव पोखरेल एकातिर हुँदा यसको विरुद्ध अर्को समूह खडा हुन पुग्यो ।

पूर्व राष्ट्रपति विद्या भण्डारी, एमालेका पूर्व १० भाइसहितका नेता खतिवडाविरुद्ध उभिएका थिए । तर, बागमतीमा जस्तै कोशीमा पनि जसरी पनि चुनाव जित्ने बाध्यता आइलागेपछि ओली र पोखरेल पक्षले नै पहिले प्यानलको घोषणा गरेको थियो । 

ढकालको पक्षमा चुनावी माहोल भए पनि ओलीले कोशीमा प्रभाव राख्ने योगेश भट्टराई, शेरधन राई, भानुभक्त ढकाल र हिक्मत कार्कीलाई मनाएपछि मात्रै चुनाव हुने स्थिति बनेको एक नेता बताउँछन् । पूर्व सभामुख सुवास नेम्वाङ बाँचिरहेको भए ढकालको जित्ने सम्भावना अत्यधिक रहेको एमालेकै एक नेता बताउँछन् । 

कर्णालीमा पनि ओलीले मीनबहादुर शाहीलाई जसरी पनि अध्यक्ष बनाउन निर्देशन दिए । तर यामलाल कँडेलले गुलाबजंग शाहको पक्षमा अडान नछाडेपछि अन्ततः चुनाव हुन पुग्यो, जसमा ओलीले अडान लिएका शाही पराजित भए भने शाहले चुनाव जित्न पुगे । 

चुनावी प्रतिस्पर्धाको सन्देश के ? 

पार्टी विभाजन भएपछि ओलीले कुनै पनि तहमा चुनाव चाहेका थिएनन् । 

चितवनमा भएको १० औं महाधिवेशनमा पनि ओलीले चुनाव हुन नदिई आफू अनुकूल नेतृत्व चयन गरी नाम पढेर सुनाउने अडान लिएका थिए । 

तर अध्यक्षमा ओलीलाई भीम रावलले काउन्टर दिन पुगे । रावलले आफूविरुद्ध उम्मेदवारी दिएकै आधारमा उनले प्रतिनिधि सभामा टिकट पाएनन् । उपाध्यक्षमा प्रतिस्पर्धा गरेका घनश्याम भुसालले पार्टी छाडेर हिँडे । 

चुनावबाट नेतृत्व चयन हुने विषय आफैंमा लोकतान्त्रिक र उन्नत विधि हो । तर चुनावलाई हाउगुजी बनाउँदा पनि नेतृत्वको आलोचना भएको एमालेका एक नेता बताउँछन् । 

‘कांग्रेसमा सधैँ चुनाव हुन्छ, गुटगत आधारमा प्रतिस्पर्धा हुन्छ, तर कुनै ठूलो प्रलयजस्तो हुन्न । तर हाम्रो एमालेमा लोकतान्त्रिक चुनाव हुने कुरालाई पनि बडो अस्वाभाविक हिसाबले हेरियो,’ ती नेता भन्छन्, ‘सहजै चुनाव हुन दिएको भए कसैले पनि आलोचना गर्ने ठाउँ हुने थिएन । तर रोक्न खोज्दाखोज्दै बाध्यताले चुनावसम्म घिच्चिनुपर्ने भएपछि नेतृत्वको नियतमा शंका गर्ने ठाउँ मिलेको हो ।’

राजनीतिक विश्लेषक झलक सुवेदी एमालेमा कोही मान्छे सधैँका लागि सर्वश्रेष्ठ हुँदैन भन्ने सन्देश प्रदेश अधिवेशनले दिएको बताउँछन् । 

राजनीतिक विश्लेषक झलक सुवेदी एमालेमा कोही मान्छे सधैँका लागि सर्वश्रेष्ठ हुँदैन भन्ने सन्देश प्रदेश अधिवेशनले दिएको बताउँछन् । 

‘एमालेमा अब अब कुनै नेताको एकलौटी हरायो भन्ने सन्देश एकपछि अर्को प्रदेश अधिवेशनले दिएको छ । कुनै पनि व्यक्ति र नेताले अब म नै सर्वेसर्वा हुँ भन्ने दिन गएको देखियो, किनकि एउटै मान्छे सधैँ सर्वेसर्वा हुँदैन,’ सुवेदीले भने, ‘यसरी चुनाव हुने परम्परा बस्नु, नेतृत्वले सहमति गर भन्दा चुनावतिरै जोडबल हुनु भनेको एकदमै सकारात्मक हो । कोही मान्छे सधैँका लागि सर्वश्रेष्ठ हुँदैन भन्ने सबैभन्दा ठूलो सन्देश एमालेको प्रदेश अधिवेशनले दिएको छ ।’

एमाले नेता कर्ण थापा आकांक्षी धेरै हुँदा सबै प्रदेशमा चुनावबाट नेतृत्व छानिएको बताउँछन् । 

‘पार्टी अप्ठ्यारोमा हुँदा हामीले केही समय सहमतिमा जोड दिएका पनि हौं । तर, जिल्ला र प्रदेशमा काम गरिरहेका साथीहरू २०/२५ वर्षदेखि नेतृत्वको लाइनमा हुनुहुन्छ । उहाँहरूले नेतृत्वमा पुग्न खोज्दा पार्टीले नउठ भनेर भन्ने अवस्था भएन,’ थापा भन्छन्, ‘आकांक्षाबीच एकमत नभएपछि चुनाव भयो । प्रतिस्पर्धा हुँदा नेतासँग जोडिन खोज्नु स्वाभाविक हो । पार्टीको आन्तरिक चुनाव भएकाले यसलाई आकाशै खसेको रूपमा व्याख्या गरिन हुन्न ।’

सहमति र प्रक्रियागत विषयका नाममा धेरै समय लाग्दा गलत सन्देश गएको उनी बताउँछन् । 

‘सहजै सहमति नहुँदा छिट्टै चुनावी प्रक्रियामा गएको भए समस्या हुन्थेन,’ थापा भन्छन्, ‘चुनावी प्रक्रियामा लामो समय लिँदा नेतृत्वबाट दबाब हो कि भन्ने भएको होला तर यस्तो होइन, केही प्रक्रियागत विषयले पनि ढिलाइ भएको हो । अन्ततः लोकतान्त्रिक चुनाव गरेर पार्टीले राम्रो सन्देश प्रवाह गरेको छ ।’

सबै प्रदेश उद्घाटन गर्न अध्यक्ष ओली पुगेका मात्र हैनन्, पार्टीको झण्डासमेत ओलीको फोटो राखेर प्रचार गरियो । हरेकजस्तो अधिवेशन उद्घाटन स्थलमा ओलीको विशाल डमी फोटो राखेर गरिएको भद्दा प्रचारको पनि सामाजिक सञ्जाल आलोचना भएको थियो । 

‘पार्टीको नीति र सिद्धान्तमा माथिबाट तल आउनु स्वाभाविक हो । तर, नेता विशेषलाई ज्यादै महत्त्व दिएर व्यक्ति पुज्ने परम्परा बसाल्न खोजिएको समेत धेरैलाई मन परेको छैन,’ एमालेकै अर्का एक नेता भन्छन्, ‘भड्किला र नसुहाउँदा हर्कत गर्न थालेपछि विरुद्धमा मान्छेहरू संगठित हँदै जान्छन् । एमालेको प्रदेश अधिवेशनमा भएको यही हो । रवैया नसुध्रिए आगामी महाधिवेशनसम्म यस्तो विग्रहले झन् संस्थागत रूप लिन्छ ।’

आफ्नो प्रभाव भएको सत्ता गुमेको, प्रदेशको सरकारबाट हात झिक्नु परेको, पार्टी विभाजन भएको, बहुमतको सरकार टिकाउन नसकेकोजस्ता थुप्रै आलोचना अध्यक्ष ओलीले खेपिरहेका छन् ।

यही बेला प्रदेश अधिवेशनमा ओली र शंकरविरुद्ध एमालेको एउटा पक्ष खुलेरै एकजुट बनेको छ । अर्कातिर पूर्व १० भाइको समूह, पूर्व राष्ट्रपति विद्या भण्डारीसहितको शक्ति पनि कतिपय ठाउँमा ओलीविरुद्ध लागेको देखिन्छ । यसले आगामी महाधिवेशनमा ओलीविरुद्ध संगठित रूपमा समूह निर्माण हुन सक्ने देखिएको नेताहरू बताउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x