×

NMB BANK
NIC ASIA

दशैं गीत

दशैंमा गुञ्जने एउटा भाका : यसरी बन्यो– ‘अक्षता र जमरामा आमाबाबु देख्छु’

काठमाडाैं | कात्तिक ६, २०८०

NTC
तस्वीरमा गीतकार युवराज अधिकारी
Premier Steels

सन् २००६ को दशैंमा युवराज अधिकारी जागिरको सिलसिलामा मलेसियामा थिए । घर फर्किने अवसर मिलेन ।

Muktinath Bank

सामाजिक सञ्जाल र इन्टरनेटको व्यापकताका कारण अहिले जस्तो भिडियोमा कुरा गर्ने अवस्था थिएन । दशैंका बेला बिरानो भूमिमा रहेका युवराजलाई गाउँघर र आमाबुवाको सम्झनाले सतायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मनमा आएको भावनालाई युवराजले यसरी शब्दमा उतारे :


Advertisment
Nabil box
Kumari

अक्षता र जमरामा आमाबाबु देख्छु ।
एक्लै बसी आँसु झार्दै तस्वीर पल्टाइ हेर्छु । ​
दिदीबहिनी दाजुभाइ भेला भए होलान्, 
आज धेरै टाढा छु म सम्झी रोए होलान् । 

Vianet communication

काम विशेषले परदेशमा हुने सबैको मनमा यस्तै भावना आउँछन्, तर शब्द शिल्पीले मात्र अक्षरमा उतार्न सक्छन् ।

गहिरो भावसहित लेखिएका ‘अक्षता र जमरामा आमाबाबु देख्छु’ धेरै वर्षसम्म युवराजको डायरीमै कैद भइरह्यो । शब्दरचना भएको एक दशकपछि २०७६ सालको दशैंबाट रेडियो र टेलिभिजनमा गुञ्जिन थाल्यो, एउटा गहिरो भाव बोकेको दशैं गीतको रूपमा ।

युवराज अधिकारीको शब्दमा प्रख्यात संगीतकार सुरेश अधिकारीको संगीत र भेट्रान गायक दीप श्रेष्ठको कालजयी स्वरको समिश्रणपछि तयार भयो, ‘अक्षता र जमरामा आमाबाबु देख्छु,’ भूषण दाहालले भिडियो निर्देशन गरेका छन् ।  

दुबईका विभिन्न शहर र नेपालका विभिन्न स्थानमा छायांकन गरिएको गीतको भिडियोमा आशिष पुरुष र जानुका पौडेलले अभिनय गरेका छन् । गीतकार अधिकारीले दशैंमा आउन नपाएकालाई भावुक बनाउने शब्द कोरेका छन्,

आँगनीमा बहिनी होलिन्, आमा चुलोचौको,
केटाकेटी मझेरीमा सम्झनाको धोको ।
बाँचिरहे आगौं साल टीका थाप्न आउँछु,
नबिर्स है साथीभाइ माया चिनाऊ ल्याउँछु ।

‘कामको सिलसिलामा विदेशमा रहेका नेपालीले दशैंतिहारजस्ता चाडबाडको समयमा स्वदेश आउन नपाएको र आफ्नो संस्कार एवं संस्कृति मनाउन नपाएको पीडालाई शब्दमा उतारेको थिएँ,’ अधिकारीले लोकान्तरसँग भने, ‘गीत सुन्ने र हेर्नेले आफ्नै पीडा बोलेको जस्तो महसुस भयो भन्ने प्रतिक्रिया दिए ।’

युवराजको अर्को परिचय

युवराज अधिकारी अहिले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्ष छन् । राष्ट्रिय ध्वजाबाहकलाई विदेशका धेरै गन्तव्यमा पुर्‍याएर कनेक्टिभिटी बढाउन लागिपरेका अधिकारीले आफ्नो अर्को परिचय बनाएका छन्, गीतकारको रूपमा । 

दीप श्रेष्ठ, रामकृष्ण ढकाल, स्वरूपराज आचार्य र राजेशपायल राईजस्ता हस्तीले युवराज अधिकारीका गीतमा स्वर दिएका छन् । ‘देउरालीको फूल’ नामको एल्बममा रामकृष्ण ढकालले ‘आकाशको माथि माथि’ भन्ने गीत गाएका छन् ।

यस्तै स्वरूपराज आचार्यले ‘आँसु आफैँ पिउनुपर्छ,’ गाएका छन् । ‘देउरालीको फूल’ शीर्ष गीत भने दीप श्रेष्ठले गाएका छन् । यस्तै राजेश पायल राई र मीना निरौलाले पनि युवराज अधिकारीले लेखेका गीतमा स्वर दिएका छन् । 

रञ्जित गजमेरको संगीतमा दीप श्रेष्ठले अरू दुईवटा गीतमा स्वर दिएका छन् । ‘अहिलेसम्म १७/१८ वटा गीत लेखेको छु, केही रेकर्ड भएका छन्, केही रेकर्डिङको क्रममा छन्,’ अधिकारीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x