×

NMB BANK
NIC ASIA

सफल उद्योगीको कथा

डाइपर उद्योगमा एसपी ढकालको तरक्की: स्वदेशमा प्रभुत्व जमाउँदै, भारतदेखि युरोपसम्म निर्यात

बुटवल | कात्तिक ११, २०८०

NTC
Premier Steels

काठमाडौं महानगरपालिका–१५ पुरानो बानेश्वरका उद्योगी शत्रुधनप्रसाद ढकाल बजारमा ‘एसपी ढकाल’का नामले परिचित छन् । दुई दशकको ‘ट्रेडिङ बिजनेस’को अनुभवपछि ढकालले पश्चिम नवलपरासीमा डाइपर उद्योग सञ्चालनमा ल्याएका छन् । रामग्राम नगरपालिका–१५ शुक्रौलीमा सञ्चालित ब्रजेश्वरी इन्डष्ट्रिज प्रालिले विशेषत शिशुले प्रयोग गर्ने डाइपर र वेट वाइप्स उत्पादन गर्दै आइरहेको छ ।

Muktinath Bank

एक अर्ब रुपैयाँको एकल लागतमा सञ्चालित उद्योग डेढ वर्षको अवधिमै ५० प्रतिशत उत्पादन निर्यात गर्न सफल भएको छ ।  नेपालमा उत्पादन हुने कूल डाइपरको प्रमुख हिस्सा पनि न्यानो र टेन्डर टचले ओगटेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

बजार केलाउन सक्ने क्षमता, जोखिम लिनसक्ने गुण र कडा मेहनती ढकालको उद्योगबाट उत्पादित न्यानो र टेन्डर चट नामक डाइपर अहिले स्वदेशमा आफ्नो प्रभुत्व जमाउँदै भारत, बंगलादेश हुँदै युरोपसम्म पुगिसकेको छ । उनले छोटो समयमा उद्योगलाई सफलता दिलाउनका साथै प्रसिद्धितर्फ पनि अघि बढाएका छन् । उद्योग र व्यापारलाई ‘भगवान्’ मानेर पूजा गर्ने ढकालको डिलर हुँदै सफल उद्योगसम्मको यात्रा रोचक छ ।

Vianet communication

सिन्धुलीबाट काठमाडौं उक्लिएका ढकालको परिवार कृषि पेशासँगै राजनीतिमा पनि आबद्ध थिए । तर, उनी भने व्यवसायतिर मोडिए । शुरूमा उनले विभिन्न मल्टिनेसनल कम्पनीमा काम गरे । यसरी उनले एक दशक बिताए । त्यसपछि उनलाई आफूले नै केही गरौं भन्ने सोच आयो र टेडिङ बिजनेस शुरू गरे ।

काठमाडौंमा उद्योगका लागि जग्गाको खाँचो छ । भनेजस्तो प्लट मिलेको नपाइने समस्या भएको ढकालको भनाइ छ । जग्गा खोज्ने सिलसिलामा उनी चितवनको नारायणगढसम्म पुगे । त्यहाँ धेरै जग्गा महँगो भयो ।

‘नवलपरासीमा जग्गा सस्तोमा पाइने रहेछ । अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँगको सीमा पनि नजिकै। साथै देशकै मध्यविन्दु पनि भएकोले मैले उद्योगका लागि नवलपरासी रोजेको हुँ,’ उनले भने ।

उनी अनि बने उद्योगी

सन् २००५ तिर ढकालले अर्बपति विनोद चौधरीको वाइवाइ चाउचाउ विदेश गएको सुन्दै आइरहेका थिए । लोकल डिष्ट्रिब्युसन गर्दा उनमा कताकता सपना बोके आफ्नै देशमा किन डलर नभित्र्याउने ? उनको ‘टार्गेट’ नै गुणस्तरीय पोडक्टहरू दिनुपर्छ भन्ने सोच बन्यो ।

‘त्यो बेला मैले हुलास बिस्कुट, चौधरी ग्रुपको वाइवाइ चाउचाउलगायत कम्पनीको लोकल डिष्ट्रिब्युसन गरेँ,’ विगत सम्झँदै उनी भन्छन्, ट्रेडिङ बिजेनसबाट आफूलाई व्यापारमा निखार ल्याएँ । देशभर आफ्नो सञ्जाल विस्तार गरेँ ।’

null

व्यवसायमा क्षमता देखेर उनलाई नजिकका आफ्ना/साथीभाइले उद्योग सञ्चालन गर्न सुझाए । ढकालको पारिवारिक हैसियत पनि बलियो नै थियो । बिजनेसबाट पनि राम्रो हुँदै गएको थियो । अध्ययन गर्न विदेश गएका २ छोरासँग पनि उनले यसबारे सल्लाह गरे ।

यसपछि ढकालले आफैँलाई प्रश्न गरे– कति आफ्नो देशबाट पैसा विदेश पठाउने ? अनि उत्तर पनि दिए– म मेरै देशमा विदेशी पैसा ल्याउन सक्छु । त्यसपछि उनी अगाडि बढे ।

ढकालसँग बहुर्राष्ट्रिय कम्पनीमा काम गरेको अनुभव भएको हुनाले उनमा क्वालिटी कन्सेप्ट थियो । ‘यसैकारण चीनबाट एसोसिएट प्याक र भारतबाट ल्याएर माल बनाउनुभन्दा यसको ओरिजिन जहाँ छ त्यहीबाट मगाउने सोच बनाएँ । अमेरिका, जापान र सिंगापुरबाट आयाम र कच्चा पदार्थ ल्याएर नेपालीमै गुणस्तरीय उत्पादन पस्किऔं भन्ने लाग्यो,’ उनी भन्छन् ।

ढकाल विश्वका केही देशको भ्रमणमा गए । त्यहाँ उनले नेपालका उत्पादनहरू वाइवाइ चाउचाउ र गाल्ड स्टार जुत्ता देखे । यसबाट पनि प्रभावित भएर आफूले आफ्ना सामान पनि विदेश पठाउने सोच बनाएको उनी बताउँछन् । ‘नेपालको उद्योग सानो देश भएता पनि आज विश्वका जहाँ पनि वाइवाइ र गोल्ड स्टार जुत्ता भेट्छौं,’ उनी थप्छन्, ‘मेरा हाइजिन प्रोडक्स डाइपर पनि विश्वलाई किन नबेच्ने भन्ने उद्देश्यले म अघि बढेको हुँ ।’

कूल निर्यातको ६० प्रतिशत ब्रजेश्वरीको डाइपर

उद्योग सञ्चालनमा ल्याएको पहिलो वर्षमा नै ब्रजेश्वरी इन्डष्ट्रिजको न्यायो र टेन्डर चट डाइपर अपेक्षाभन्दा धेरै विदेशबाट माग भइरहेको ढकाल बताउँछन् । नेपालबाट निर्यात हुने डाइपरमध्ये ६० प्रतिशत ब्रजेश्वरीबाट उत्पादन डाइपर रहेको छ । यो उद्योगका लागि ठूलो सफलता भएको उनी बताउँछन् । उनको उद्योगले ‘अफ सिजन’मा पनि ८ घण्टा चलेको छ । अहिले देशको परिस्थितिले गर्दा कतिपय उद्योग बन्द रहेको अवस्थामा छन् । यस्तो अवस्थामा पनि ढकालले विभिन्न जोहो गरेर ३६५ दिन नै उद्योग निरन्तर चलाइराखेका छन् । ‘अहिले राम्रो सिजन छ । अहिले उद्योग २४ सै घण्टा चलेको छ,’ आर्थिक मन्दीको प्रवाह नगरेको संकेत गर्दै उनी भन्छन् । उद्योगमा १२५ मजदुर कार्यरत छन् । केही भारतीय र केही काठमाडौंका कर्मचारीबाहेक ११० जना स्थानीयले प्रत्यक्ष रोजगार दिएका छन् । सबै सामग्री स्वचालित मेसिनबाट उत्पादन भइरहेको ढकालले बताए । २ विगाहा जग्गामा स्थापना भएको उद्योग शुरू गरेको १८ महिना मात्र भएको छ ।

तर, उद्योगका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ११० वटा डिलर रहेका छन् । नेपालका प्रमुख शहर उद्योगले ‘कभर’ गरेको ढकालको दाबी छ । न्यानो र टेन्डर चट डाइपर ब्रजेश्वरीका ब्राण्ड हुन् । न्यानो र टेन्डर चट भारतको कलकत्तामा अथोराइज डिलर स्थापना भइसकेको छ । कानपुर दिल्लीमा डिलर राखेर बिजनेसलाई विस्तार गर्ने तयारीमा ढकाल छन् । बंगलादेशको ढाका, अष्ट्रेलिया र अमेरिकासम्म पनि डाइपर पुगेको छ । अफ्रिकी देशमा पनि पठाउने तयारी छ । उद्योगले आईएसओको प्रमाणपत्र पनि पाइसकेको छ ।

उद्योगले प्रत्येक दिन ६ लाख पिस डाइपर उत्पादन गर्न सक्छ । तर, अहिले उद्योगले ४ लाख ५० हजार पिस उत्पादन गरिररहेको छ । हाइस्पीड गरिएको ६ लाख पिस प्रत्येक दिन उत्पादन गर्न सकिने ढकालले बताए । उद्योगबाट उत्पादन डाइपर अहिले आगामी मार्च महिनासम्म फूल प्याक भइसकेको छ । ‘क्यालिटीको कारणले गर्दा बजार माग चाहिँ एकदम राम्रो छ,’ उनी भन्छन्, ‘मार्च महिनासम्म अरु कुनै थर्ड पार्टीले मागे पनि दिन सकिने अवस्था छैन ।’ सञ्चालनमा आएको पहिलो वर्षमा १५ करोडको डाइपर निर्यात गर्न उद्योग सफल भएको छ ।

मुलुकैपिच्छे फरक–फरक उत्पादन

ओएम सप्लाईमार्फत् हरेक मुलुकका लागि फरक–फरक उत्पादन उद्योगले गर्छ । ओएस सप्लाई अर्डरअनुसार बनाएर पठाउने हो । त्यसमा पनि ग्रेड हुन्छ । कुन किसिमका क्यालिटी मन पराइन्छ सोहीअनुरूप डाइपर उत्पादन हुने ढकाल बताउँछन् । नेपालका लागि नितान्त एउटै क्यालिटीका डाइपर छन् । विदेशको लागि भने फर्मुलेसनअनुसार पठाउनुपर्ने ढकालको भनाइ छ । उनका अनुसार उद्योगका कच्चा पद्धार्थ अमेरिका, जापान र सिंगापुरबाट आउँछन् ।

उद्योगका डाइपरले डेढ लिटरसम्म पानी (पिसाब) राख्न सक्ने क्षमता राख्छन् । त्यसले धेरै पानी ‘अब्जर्ब’ गर्ने हुनाले डाइपरको नामलै धेरै पिसाबलाई पनि राख्न सक्ने क्षमता भएर न्यानो नाम जुनेको उनको भनाइ छ । ‘ब्राण्डलाई स्थापित भइसकेको छ । मेरो प्राथामिकता भनेकै एक्सपर्ट हो,’ उनले भने, ‘नेपालबाट विदेश निर्यात हुने डाइपरमध्ये ६० प्रतिशत हाम्रो उद्योगले ओगटेको छ । दुई वर्षभित्र ८० करोडका डाइपर निर्यात गर्ने उद्योगको लक्ष्य छ ।’

आफूहरूले गुणस्तरमा ध्यान दिएकाले उत्पादनबारे राम्रो प्रतिक्रिया आएको ढकालको भनाइ छ ।

‘मूल्यका हिसाबले हामी महँगो छौं । यसको कारण गुणस्तर भएर हो,’ ग्राहकलाई टेन्ट गरेर देखाउछौं । त्यसले गर्दा जापानबाट आइरहने मोनी पोको प्यान, प्याम्पसमा भन्दा हाम्रो क्यालिटीमा केही कमी छैन,’ उनले भने, 'त्यो कुरा नेपालीहरूले पत्याइसकेका छन् । धेरै राम्रो प्रतिक्रिया आएका छन् । क्यालिटीमा हामी एकदमै कन्फिडेन्ट छौं ।’

विदेश पढेर आएका छोरा पनि उद्योगमा

नेपालमा पछिल्लो समय युवा पुस्ता पढ्नका लागि विदेश गएर नफर्कने समस्या छ । तर, ढकालका जेठो छोरा सनिमराज ढकालले भने अष्ट्रेलियाको सिड्नी युनिभर्सिटीबाट एमबीए सकेर आएपछि उद्योग शुरू गरेका हुन् । कान्छो छोरा स्वणिमराज ढकाल पनि अहिले बेलायतको लण्डनमा आइटी गर्दैछन् । डाटा एनलाइसिस र आर्टिफिसियल इन्डष्ट्रिज विषयमा । अब उद्योगको प्राविधिक पक्ष कान्छो छोराले सम्हाल्ने विश्वास ढकालको छ ।

सरकारले स्वदेशी उद्योगलाई प्राथमिकता दिएन’

नेपाली उद्योगहरू प्याड डाइपरका लागि सक्षम रहेको ढकालको दाबी छ । तर सरकारको प्राथमिकतामा नेपाली उद्योग नभएको उनको गुनासो छ । सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने भन्ने ‘नारा’ त्यसमै सीमित भएको ढकालको भनाइ छ । ‘राज्यको नीतिमा सुधार आएन । नेपाली उद्योगलाई प्राथमिकता दिएन,’ उनले भने ।

सरकारले भारी तरिकाले भन्सार बढाएकोमा पनि ढकाल सन्तुष्ट छैनन् । ‘ब्रजेश्वरीले मात्रै नेपालको आवश्यकताको ५० प्रतिशत डाइपरको हिस्सा ओगट्न सक्छ,’ ढकाल प्रश्न गर्छन्, ‘हामीले बाहिरको मार्केट खोज्नुपरेको छ । गत वर्षसम्म कच्चा पदार्थ लिएर आउँदा १ प्रतिशत भन्सार दरमा आउने गर्दथ्यो । अहिले ५.७५ प्रतिशत लगाएर पठाएको छ । कुनै जानकारी नदिइ एकैपटक ५.७५ प्रतिशतसम्म भन्सार दर बढाइयो । यसले गर्दा प्रत्येक ट्रकपिच्छे डेढ/२ लाख थप पैसा गएको छ । स्वदेशी उत्पादनलाई यही हो त राज्यले प्राथमिकता दिएको ?’

यसले उद्योगीहरू ठूलो मर्कामा परेको ढकालको गुनासो छ । ‘विभाग वा मन्त्रालय जाँदा हाम्रो मर्का बुझेको आश्वासन आउँछ । समस्या समाधान गरिँदैन,’ उनी थप्छन्, ‘उद्योगीहरूको देशप्रति भूमिका भएको मध्यनजर गर्दै सरकारले पनि हामीले गरेका कुरामा ध्यान पुर्‍याउन सक्नुपर्छ ।’

परासी क्षेत्र उद्योगको हब भए पनि स्थानीय सरकारले खानेपानीको व्यवस्थासमेत गर्न नसकेको ढकालको गुनासो छ । ‘थ्री फेज लाइन पनि आफैँ तानेर ल्याउनुपर्ने बिडम्बना छ । सरकारबाट कुनै सपोर्ट भएको छैन,’ उनी भन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x