मंसिर १४, २०८०
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
नेपाली लोकदोहोरी क्षेत्रमा दुई प्रकाशका प्रायः गीतले स्रोता दर्शकको माया पाउँदै आएका छन् ।
उनीहरूले जुन गीत ल्याउँछन् त्यही हिट हुन्छ भन्ने छाप स्रोता–दर्शकमा परिसकेको छ । गायक प्रकाश सपूत र प्रकाश दूतराजले आफ्ना सिर्जनामार्फत दर्शकमाझ उक्त छाप छाड्न सफल भएका हुन् । प्रायः अरूका गीत नगाउने र गीत ल्याउने हतार नगर्ने यी दुवै गायकका प्रायः सिर्जनाले स्रोता–दर्शकको निकै माया पाउँदै आएका छन् ।
प्रकाश सपूत
बागलुङमा जन्मिएका प्रकाश सपूत ‘बोल माया’ बोलको गीतबाट मास स्रोता दर्शकमाझ चिनिएका थिए । त्यसयता उनले ल्याएका सिर्जनाहरू निकै चर्चित बनिरहेका छन् । उनका धेरै गीत स्रोता दर्शकको जिब्रोमा झुन्डिएका छन् ।
‘गलबन्दी’, ‘बदला बरिलै’, ‘कुरा बुझ्न पर्च होस’, ‘पीर’, ‘सकम्बरी’, ‘जाले रुमाल फाट्यो’ जस्ता उनका गीतहरूले निकै लोभलाग्दो माया पाएका छन् । उनी अरूका गीतमा मोडलिङ समेत गर्दै आएका छन् । यद्यपि, ति गीतहरू केही चलेपनि धेरैको चर्चा खास्सै हुने गरेको पाइँदैन ।
यद्यपि, प्रकाशले आफ्नै अफिसियल युट्युबबाट ल्याउने सिर्जनाहरूले भने चर्चासँगै लोभलाग्दो भ्युज पाइरहेका हुन्छन् । अहिले पनि उनका गीत आउनेवित्तिकै छु्टटै खालको चर्चा हुने गरेको छ । छोटो समयमा करोड भ्युज पाउने गीतको रेकर्ड समेत प्रकाशले राखेका छन् । उनको ‘सकम्बरी’ बोलको गीतले सात दिनमै युट्युबमा करोड भ्युज पाएको थियो । विगतका गीतबाट जितेको विश्वासकै कारण स्रोता दर्शकहरू उनका गीतको व्यग्र प्रतीक्षामा हुने गरेका छन् ।
प्रकाशले आफूले ल्याउने गीतको भिडियोलाई कथानक शैलीको बनाउँछन्, जसका कारण पनि उनका गीत थप विशेष बन्छन् । आफ्ना सिर्जनाका कारण सञ्चारमाध्यममा राम्रै छाउने प्रकाश बेलाबेलामा विवादमा समेत आउने गरेका छन् । गीत लेख्ने, संगीत भर्ने, अभिनयदेखि निर्देशन गर्नेसम्मको काम गर्ने बहुमुखी प्रतिभाका धनी प्रकाशलाई दर्शकले चलचित्रको पर्दामा समेत हेरिसकेका छन् । उनको अभिनय रहेको पहिलो चलचित्र ‘परदेशी २’ हिट भइसकेको छ । यतिबेला प्रकाश आफै पनि चलचित्र निर्माणको तयारीमा छन् ।
प्रकाश दूतराज
पछिल्लो समय लोकदोहोरी क्षेत्रमा प्रकाश दूतराज पनि स्रोता दर्शकको प्रिय बनिरहेका छन् । उनले ल्याउने सिर्जनाहरूले पनि लोभलाग्दो माया पाउने गरेका छन् ।
म्याग्दीमा जन्मिएका प्रकाश दूतराज प्रायः ग्रामीण परिवेशमा रहेर सिर्जनाहरू ल्याउँदै आएका छन् ।
यतिबेला उनको गीत निकै चलिरहेको छ –
देउरालीमा धजा रिमै....,
मन उतै नजा, भनेकै मान्दैन्...
प्रकाशको यो गीत यति रुचाइयो कि ३ सातामै यसले युट्युबमा करोड भ्युज पार गर्यो । सञ्चारमाध्यममा कमै छाउने अन्तर्मुखी स्वभावका प्रकाशका यसअघिका गीतहरू पनि निकै रुचाइएका छन् । ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’, ‘मन भुल्छ’, ‘चोली मैलै भो, ‘देउरालीमा’, ‘जुन माया’ जस्ता उनका गीत चर्चितमध्येमा पर्छन् ।
एकपछि अर्को गीतबाट विश्वास जितेकै कारण प्रकाश दूतराजका गीतलाई लिएर पनि स्रोता–दर्शकमा अपेक्षा धेरै हुने गरेको छ । उनका गीतहरू भने विस्तारै हिट हुने गरेका छन् । प्रकाश दूतराज पनि गीत लेख्ने, संगीत भर्नेदेखि भिडियोमा अभिनय समेत गर्दै आएका छन् ।
उनी पनि आफ्ना गीतमा आफैले अभिनय गर्दै आएका छन् ।
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...