×

NMB BANK
NIC ASIA

सहमतिमै टुंगिन्छन् घरेलु हिंसाका अधिकांश मुद्दा

काठमाडाैं | मंसिर २३, २०८०

NTC
Premier Steels

चन्द्रकला भण्डारी, झापा–घरेलु हिंसाबाट पीडित महिला न्यायका लागि प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश मुद्दा सहमतिमै टुङ्गिने गरेका छन् । झापामा विगत तीन वर्षमा घरेलु हिंसाका ६२२ उजुरी प्रहरी कार्यालयमा दर्ता भएकामा ५०० उजुरीको निरुपण सहमतिबाटै भएको पाइएको छ ।

Muktinath Bank

अधिवक्ता मणि पराजुलीका अनुसार घरेलु हिंसा (कसुर तथा सजाय) ऐन, २०६६ बमोजिम जुनसुकै व्यक्तिले घरेलु हिंसा भइरहेको र भएको विषयमा प्रहरीमा उजुरी दिनसक्ने कानूनी व्यवस्था छ । त्यस्तो उजुरी अदालत, स्थानीय तह र राष्ट्रिय महिला आयोगमा पनि दर्ता गर्न पाइने उनले बताए । अभियुक्त चाँडो पक्राउ पर्ने र सुरक्षा पाउने आशमा पीडित उजुरी लिएर प्रहरीकहाँ जाने गरेका अधिवक्ता पराजुली बताउँछन् । अरु निकायमा उजुरी दिँदा आरोपितलाई पक्राउ गर्न प्रहरी नै परिचालन हुने हुँदा उजुरी दिन पीडित प्रहरीकहाँ नै धाउने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक वर्ष २०७७-७८ मा झापामा २२० घरेलु हिंसासम्बन्धी उजुरी प्रहरीमा दर्ता भएकामा ७८ प्रतिशत अर्थात् १७२ उजुरीमा बादी र प्रतिबादीबीच सहमति भएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी बताउँछन् । सो अवधिमा प्रहरीमा दर्ता भएका १४ उजुरीमात्र अदालतसम्म पुगेका थिए । उजुरीकर्ता र आरोपितबीच सहमति भएपछि मुद्दा टुङ्गिने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

आव २०७८-७९ मा २४७ तथा आव २०७९-८० मा १५५ घरेलु हिंसाका घटनाबारे उजुरी प्रहरीकहाँ दर्ता भएका थिए । आव २०७७-७८ मा ८३ प्रतिशत अर्थात् २०४ उजुरी सहमतिमा टुङ्गिएका थिए । सो अवधिमा प्रहरीकहाँ दर्ता भएका १२ उजुरीमात्र अदालतसम्म पुगेका थिए । आव २०७९-८० मा ८० प्रतिशत अर्थात् १२४  उजुरी सहमतिबाटै निरुपण भएको र चार उजुरीमात्र अदालतसम्म पुगेको प्रहरी उपरीक्षक रेग्मी बताउँछन् ।

Vianet communication

चालु आव २०८०-८१ को कात्तिक मसान्तसम्म घरेलु हिंसाका ६९ उजुरी दर्ता भएकामा ५४ वटामा सहमति भइसकेको छ । यो सहमति कुल उजुरी सङ्ख्याका आधारमा ७८ प्रतिशत हो । उजुरी परेपछि प्रहरीले आरोपितलाई अनुसन्धानका लागि तत्कालै बोलाएर सोधपुछ गर्दै आएको छ । कतिपय उजुरीकर्ता नै आरोपित पक्षसँग कागजी सहमति गरेर मेलमिलापमा जान इच्छुक हुने भएकाले सहमति हुने गरेको प्रहरी उपरीक्षक रेग्मी बताउँछन् ।

‘घरेलु हिंसाका उजुरी आउनासाथ आरोपितलाई छलफलका लागि प्रहरी कार्यालयमा बोलाउने गरिएको छ,’ प्रहरी उपरीक्षक रेग्मी भन्छन्, ‘दुवै पक्षबीच छलफल हुँदा मुद्दामा सहमति भयो भने हामी उहाँहरूलाई कागज गराएर घर पठाइदिन्छौँ ।’ उजुरी परेका सबै घटना आरोप लगाउन मिल्ने किसिमका नहुने उनको भनाइ छ । ‘असमझदारी र आवेशमा हुने साना घटनामा पीडित छलफलपछि स्वतः मेलमिलापको चरणमा पुग्ने गरेका छन् । घरेलु हिंसाका घटनाको उजुरी लिखितरूपमै ल्याउनुपर्छ भन्ने हुँदैन । कोही पीडित घरेलु हिंसामा परेँ भनेर प्रहरीकहाँ मौखिक उजुरी लिएर आउनुभयो भने प्रहरीले उजुरीको प्रक्रियाका लागि निवेदन लेखिदिने काम  गरिदिन्छन्,’ प्रहरी उपरीक्षक रेग्मी भन्छन् । 

पीडित पक्षले उजुरी फिर्ता लिँदा र छलफलपछि दुवै पक्ष मेलमिलापमा जाँदा प्रहरी कार्यालयबाटै सहमतिमा मुद्दा टुङ्गिने अधिवक्ता पराजुली बताउँछन् । उनी भन्छन्, ‘कतिपय घटनामा चाहिँ आरोपित पक्षको धम्की, आर्थिक प्रलोभन र पारिवारिक प्रोत्साहनको अभावका कारण पनि पीडित उजुरी फिर्ता लिएर बाध्यताले सहमतिमा गएका हुन सक्छन् ।’

 घरेलु हिंसाका घटनाको उजुरी अदालतमा दर्ता भएमा आरोपितलाई पक्राउ गर्न अदालतले पक्राउ पूर्जी जारी गर्न सक्ने, प्रहरीमा उजुरी दर्ता भए प्रहरीबाटै २४ घण्टाभित्र हाजिर हुन आउने पत्र पठाउने र पालिकामा दर्ता भएका उजुरीमा समेत हाजिर हुन आउने पत्र पठाउन सक्ने कानुनी व्यवस्था रहेको अधिवक्ता पराजुलीले जानकारी दिए ।

घरेलु हिंसाको मुख्य कारण ‘मापसे’

विगत तीन वर्षमा झापा प्रहरी कार्यालयमा परेका घरेलु हिंसाका घटना तथ्याङ्क हेर्दा हिंसाको मुख्य कारण मादक पदार्थ सेवन (मापसे) नै देखिएको छ । ‘मापसे’ गरेर श्रीमतीमाथि हिंसा गर्ने बढी पाइएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार विगत तीन वर्षमा घरेलु हिंसाका ६२२ उजुरी दर्ता भएकामा २१५ उजुरी मापसेका कारण भएका छन् । आव २०७७-७८ मा २२० उजुरीमध्ये ७१  मापसेसँग सम्बन्धित छन् । आव २०७८-७९ मा २४७ उजुरीमध्ये ७६ तथा आव २०७९-८० मा १५५ उजुरीमध्ये ६८ मापसेका कारण भएका सूचना अधिकारी रिजालले बताए ।

कुटपिट, झैझगडा, गरिबी र फोनका कारण पनि घरेलु हिंसाका घटना भएको भन्दै प्रहरीकहाँ उजुरी पर्ने गरेको छ । तीन वर्षयता झैझगडाका २११, गरिबीका ११० र फोनका ८१ उजुरी प्रहरीकहाँ दर्ता भएको तथ्याङ्क छ । यस्ता घरेलु हिंसाका उजुरी प्रायः सहमतिमा टुङ्गिने गरेका छन् । कुटपिट र झैझगडाका उजुरी छलफलपछि पनि नमिल्दा अदालतसम्म पुग्ने गरेको पाइएको छ ।

–रासस–
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १६, २०८०

मुस्लिम समुदायलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबूकमा लेखिएको ‘स्टाटस’ले बाँकेको नेपालगञ्जमा सम्भावित धार्मिक द्वन्द्वलाई लिएर चिन्ता बढेको छ । मुस्लिम समुदायलाई गाली गरेर सामाजिक सञ्जालमा लेखिएको उक्...

पुस १४, २०८०

मोरङको बेलबारी नगरपालिका– १० की शान्ता निरौलाले खेती किसानी गर्छिन् । किसानले गाईबस्तु नपाल्ने कुरै भएन । अहिले उनलाई गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ । वर्षभरि गाईबस्तुलाई खुवाउने भनेर र...

भदौ ९, २०८०

दोधारा चाँदनी– सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौंको टुडिखेलदेखि पश्च...

भदौ ९, २०८०

धरानको भानु चौकमा धेरै चहलपहल हुने गर्छ । कोशी प्रदेशका पहाडी जिल्लामा आउने–जाने सवारीसाधन यही चोकमा भेला हुने गर्छन् । चोकमा एउटा बरको रुखमा चौतारो पनि छ । दिन कटाउनका लागि बूढापाकादेखि युवासम्म य...

मंसिर २०, २०८०

बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन्। बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा ला...

असोज २६, २०८०

डम्मर बुढामगर पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेका छन् । आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भर बन्दा स्थानीय सीप ओझेलमा पर्न था...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x