मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
काठमाडाैं | पुस २२, २०८०
देशको राजधानी काठमाडौं उपत्यका जोड्ने ‘लाइफलाइन’ राजमार्गको अवस्था नरकजस्तो बनेको छ ।
धादिङको नौबिसेदेखि काठमाडौंको नागढुंगासम्मको सडक यात्रु र स्थानीयका लागि नरकजस्तो बनेको छ ।
नागढुंगा–मुग्लिन सडक खण्ड विस्तारका क्रममा खनिएको माटोका कारण सडक धुलाम्मे बनेको हो । मर्मतको काममा भएको ढिलाइले यो सडक खण्डमा यात्रा गर्नेहरू धुलोले निस्सासिने गरेको भुक्तभोगीहरू बताउँछन् ।
खासगरी मोटरसाइकलमा यात्रा गर्नेहरूले सास्ती व्यहोर्नुपरेको छ । ‘यहाँबाट काठमाडौं पुग्दा आफैंलालाई चिन्न नसक्ने गरी धुलाम्मे हुन्छ, धूलोले धेरै समस्या दिएको छ,’ नौबिसेमा भेटिएका एक मोटरसाइकल चालकले भने ।
धूलोका कारण राजमार्ग आसपासका क्षेत्रमा सर्वसाधारणले पनि सास्ती खेपेका छन् ।
नागढुंगा पात्लेवनकी एक स्थानीय महिलाले घरका कुना–कुना र ओछ्यानसम्म धूलो पुगेका कारण बिरामी पर्ने गरेको बताइन् ।
नागढुंगा–नौबिसेखण्डको १२ दशमलव २६ किमी विस्तारका लागि एम/एस जियाङ्सु–सगुन जेभीले जिम्मा पाएको छ ।
तीन वर्षभित्र सम्पन्न गर्ने गरी २०७९ पुसमा ठेक्का सम्झौता भएको आयोजनाको कार्य प्रगति निराशाजनक छ ।
२०८२ पुसमा सम्पन्न गर्नुपर्ने सडकको प्रगति निराशाजनक रहेको सरकारी अधिकारीहरू बताउँछन् ।
सडक निर्माणमा भइरहेको ढिलाइले राजधानी काठमाडौं छिर्ने देशभरका सर्वसाधारणले कष्ट र हैरानी व्योहोरिरहेका छन् ।
हेर्नुहोस्, भिडियो :
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...